Trending
Prev Story
Next Story

आम्दानीअनुसार खर्च गर्न र नियमित बचत गर्न राष्ट्र बैंकको सुझाव, ऋण लिँदा क्षमता हेर्न आग्रह

Bizshala •
November 24, 2026 • 08:05 AM
15
15 reads 0 reactions

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले व्यक्तिगत तथा पारिवारिक आर्थिक सुरक्षाका लागि व्यवस्थित वित्तीय योजना बनाएर...

आम्दानीअनुसार खर्च गर्न र नियमित बचत गर्न राष्ट्र बैंकको सुझाव, ऋण लिँदा क्षमता हेर्न आग्रह

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले व्यक्तिगत तथा पारिवारिक आर्थिक सुरक्षाका लागि व्यवस्थित वित्तीय योजना बनाएर त्यसलाई व्यवहारमा लागू गर्न सर्वसाधारणलाई सुझाव दिएको छ।

केन्द्रीय बैंकले मंगलबार वित्तीय चेतनासम्बन्धी सन्देश सार्वजनिक गर्दै आम्दानी, खर्च, बचत, लगानी र ऋणको उचित व्यवस्थापनबाट मात्रै आर्थिक स्थायित्व हासिल गर्न सकिने जनाएको हो।

राष्ट्र बैंकका अनुसार वित्तीय योजना बनाउँदा सबैभन्दा पहिले आफ्नो आम्दानी र खर्चको स्पष्ट हिसाब राख्नुपर्छ। आम्दानीअनुसार खर्च गर्ने, अनावश्यक खर्च कटौती गर्ने र नियमित बचत गर्ने बानी विकास गर्नुपर्नेमा बैंकले जोड दिएको छ।

त्यस्तै, आकस्मिक रूपमा आइपर्ने आर्थिक समस्यासँग जुध्न आपत्कालीन कोषको व्यवस्था गर्न पनि सुझाव दिइएको छ। भविष्यका आवश्यकता पूरा गर्न उपयुक्त बचत तथा लगानीका साधन छनोट गर्नुपर्ने राष्ट्र बैंकको भनाइ छ।

ऋण लिँदा तिर्न सक्ने क्षमता हेर्न सुझाव

राष्ट्र बैंकले ऋण लिँदा आफ्नो आम्दानी र किस्ता तिर्न सक्ने क्षमताको मूल्यांकन गर्न विशेष आग्रह गरेको छ। आम्दानीको तुलनामा अत्यधिक ऋण लिँदा आर्थिक जोखिम बढ्न सक्ने भएकाले वित्तीय निर्णय सोचविचार गरेर लिनुपर्नेमा जोड दिइएको छ।

यस्तै, सम्भावित आर्थिक जोखिम न्यूनीकरण गर्न बीमासम्बन्धी जानकारी लिन र आवश्यकताअनुसार बीमाको व्यवस्था गर्न पनि सुझाव दिइएको छ।

केन्द्रीय बैंकले एकपटक वित्तीय योजना बनाएर मात्रै नहुने भन्दै समयसमयमा आफ्नो आम्दानी, खर्च, बचत तथा लगानीको समीक्षा गर्नुपर्ने जनाएको छ। आर्थिक अवस्था र आवश्यकतामा आउने परिवर्तनअनुसार वित्तीय योजना परिमार्जन गर्नुपर्ने बैंकको सुझाव छ।

राष्ट्र बैंकका अनुसार वित्तीय योजना भनेको आम्दानी र खर्चको हिसाब राख्ने प्रक्रिया मात्रै होइन। वर्तमान आवश्यकता पूरा गर्दै भविष्यका लागि उपलब्ध आर्थिक स्रोतको प्रभावकारी व्यवस्थापन गर्ने दीर्घकालीन प्रक्रिया पनि हो।

‘आजको सही वित्तीय योजना, भोलिको सुरक्षित र समृद्ध जीवनको आधार’ भन्ने नारासहित राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले उक्त सन्देश जारी गरेको हो।

यसैबीच, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सेवासम्बन्धी गुनासो अनलाइनमार्फत दर्ता गर्न सकिने जानकारी दिएको छ।

ग्राहकले राष्ट्र बैंकको गुनासो व्यवस्थापन पोर्टल मा आफ्नो गुनासो दर्ता गर्न सक्नेछन्। थप जानकारी तथा गुनासोका लागि वित्तीय ग्राहक संरक्षण एकाइको टेलिफोन नम्बर ०१–५७१९६०५ मा सम्पर्क गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
6d ago
बैंकहरूमा निक्षेप बढ्दा राष्ट्र बैंकको खर्च थपियो पौने २३ अर्ब

बैंकहरूमा निक्षेप बढ्दा राष्ट्र बैंकको खर्च थपियो पौने २३ अर्ब

२ मंसिर, काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कर्जाको माग सुस्त हुने र निक्षेप निरन्तर थपिँदा राष्ट्र बैंकको खर्च २३ अर्ब थपिएको छ । वित्तीय प्रणालीको अधिक तरलता खिच्दा ब्याज दिनु परेकाले केन्द्रीय बैंकको खर्च बढेको हो …

#खर्च #वित्तीय #राष्ट्र-बैंक
Compare →
Hamro Patro News
3d ago
जुम्लामा पहिलो चौमासिकमा  पुँजीगत खर्च  ४ दशमलव ६७ प्रतिशत मात्रै

जुम्लामा पहिलो चौमासिकमा पुँजीगत खर्च ४ दशमलव ६७ प्रतिशत मात्रै

जुम्लामा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा पुँजीगत खर्च करिब ४ दशमलव ६७ प्रतिशत मात्रै भएको छ । जिल्लामा चालु आवका लागि कुल बजेट रु तीन अर्ब ३३ करोड १६ लाख १९ हजार बजेट विनियोजन भएकामा क...

#खर्च
Compare →
Nagarik News
5d ago
इरानसँगको युद्धमा अमेरिकाको ४८.३ अर्ब डलर खर्च

इरानसँगको युद्धमा अमेरिकाको ४८.३ अर्ब डलर खर्च

इरानसँग जारी युद्धमा अमेरिकाले हालसम्म ४८ अर्ब ३० करोड अमेरिकी डलर खर्च गरेको छ।

#खर्च
Compare →
Ekantipur
5d ago
काठमाडौंका ५६ सार्वजनिक शौचालय नियमित सञ्चालनमा छैनन्

काठमाडौंका ५६ सार्वजनिक शौचालय नियमित सञ्चालनमा छैनन्

महानगरभित्रका १६९ सार्वजनिक शौचालयमध्ये ११३ वटा मात्रै नियमित सञ्चालनमा छन् भने भएका संरचनाको सुधार र व्यवस्थापन पनि हुन सकिरहेको छैन ।

#नियमित
Compare →

Related Stories

Business & Economy
Build #2625