Trending
Prev Story
Next Story

इरानसँगको युद्धमा अमेरिकाको ४८.३ अर्ब डलर खर्च

Nagarik News •
November 20, 2026 • 11:55 AM
3
3 reads 0 reactions

इरानसँग जारी युद्धमा अमेरिकाले हालसम्म ४८ अर्ब ३० करोड अमेरिकी डलर खर्च गरेको छ।

इरानसँगको युद्धमा अमेरिकाको ४८.३ अर्ब डलर खर्च

इरानसँग जारी युद्धमा अमेरिकाले हालसम्म ४८ अर्ब ३० करोड अमेरिकी डलर खर्च गरेको छ।

अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) का अधिकारीले बिहीबार अमेरिकी संसद्का सदस्यहरूलाई उक्त जानकारी दिएका हुन्।

नोभेम्बर १३ सम्मको खर्च विवरण प्रस्तुत गर्दै पेन्टागनका बजेट अधिकारी आर्थर मिलरले युद्धमा भएको खर्चमा मध्यपूर्वका विभिन्न क्षेत्रमा इरानी आक्रमणबाट क्षति पुगेका अमेरिकी सैन्य संरचनाको मर्मत खर्च भने समावेश नगरिएको बताए।

अमेरिकी सिनेटको सशस्त्र सेवा समितिको सुनुवाइका क्रममा उनले उक्त तथ्याङ्क सार्वजनिक गरेका हुन्।

यो खर्च अगस्ट १ सम्मका लागि अमेरिकी कंग्रेसको बजेट कार्यालयले अनुमान गरेको ३८ अर्ब डलरभन्दा करिब २७ प्रतिशत बढी हो।

मिलरका अनुसार उक्त रकम हतियार तथा गोलाबारुद, सैन्य उपकरण प्रतिस्थापन र सैन्य कारबाहीमा खर्च भएको हो।

तर, क्षतिग्रस्त सैन्य संरचनाको मर्मतसम्भारमा लाग्ने थप खर्चबारे आफूलाई यकिन जानकारी नभएको उनले बताए।

सिनेटको सशस्त्र सेवा समितिका अध्यक्ष तथा रिपब्लिकन सांसद रोजर विकरले मर्मतसम्भार खर्चको विवरण यथाशीघ्र उपलब्ध गराउन आग्रह गरेका छन्।

यसअघि वाल स्ट्रिट जर्नलले पेन्टागनका स्रोतलाई उद्धृत गर्दै मध्यपूर्वमा अमेरिकी सैन्य संरचनामा भएको क्षति मर्मत गर्न पाँचदेखि १५ अर्ब डलरसम्म खर्च लाग्न सक्ने जनाएको थियो।

प्रकाशित: ४ मंसिर २०८३ १७:४० शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
4h ago
अमेरिकालाई इरानको चेतावनी : सर्त नमाने युद्धको सामना गर

अमेरिकालाई इरानको चेतावनी : सर्त नमाने युद्धको सामना गर

४ मङ्सिर, तेहरान (रासस/एएनआई)। इरानले अमेरिकालाई आफ्नो सर्त स्वीकार गर्न वा पुनः युद्धको सामना गर्न चेतावनी दिएको छ । इरानले युद्ध र शान्तिबीचको अनिश्चित अवस्था स्वीकार नगर्ने स्पष्ट पार्दै कुनै पनि नयाँ आक्रमणको कडा प्रतिकार …

#युद्ध #अमेरिका
Compare →
Hamro Patro News
6h ago
अमेरिकालाई इरानको चेतावनी- सर्त मान, नत्र फेरि युद्ध हुन्छ

अमेरिकालाई इरानको चेतावनी- सर्त मान, नत्र फेरि युद्ध हुन्छ

एजेन्सी– इरानले अमेरिकालाई आफ्नो सर्त स्वीकार गर्न वा पुनः युद्धको सामना गर्न चेतावनी दिएको छ । इरानले युद्ध र शान्तिबीचको अनिश्चित अवस्था स्वीकार नगर्ने स्पष्ट पार्दै कुनै पनि नयाँ आक्रमणको कडा प्...

#युद्ध #अमेरिका
Compare →
Bizshala
7h ago
सेयर बजारमा एन्थ्रोपिकको ऐतिहासिक प्रवेश, मूल्याङ्कन १.७६ ट्रिलियन डलर

सेयर बजारमा एन्थ्रोपिकको ऐतिहासिक प्रवेश, मूल्याङ्कन १.७६ ट्रिलियन डलर

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) कम्पनी एन्थ्रोपिक अमेरिकी सेयर बजार नास्डाकमा सूचीकृत भएसँगै विश्वकै मूल्यवान्...

#अमेरिकी #डलर
Compare →
Ekantipur
6h ago
सर्त नमाने युद्धको सामना गर्न अमेरिकालाई इरानको चेतावनी

सर्त नमाने युद्धको सामना गर्न अमेरिकालाई इरानको चेतावनी

इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजीसी) का प्रवक्ता ब्रिगेडियर जनरल हुसेन मोहेबीले बिहीबार इरान सबै सम्भावित सैन्य परिस्थितिको सामना गर्न पूर्ण रूपमा तयार रहेको बताएका छन् । उनले पछिल्लो द्वन्द्वपछि इरानको सैन्य क्षमता विस्तार भएको र अमेरिकी सेनाका गतिविधिमाथि निरन्तर निगरानी भइरहेको दाबी गरे ।

#युद्ध #अमेरिका
Compare →
Arthasansar
3d ago
पहिलो चौमासिक : सरकारको राजस्व संकलन २३.३९ र खर्च २३.३७ प्रतिशत

पहिलो चौमासिक : सरकारको राजस्व संकलन २३.३९ र खर्च २३.३७ प्रतिशत

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिकमा सरकारको आम्दानी वार्षिक लक्ष्यको २३ दशमलव ३९ र खर्च २३ दशमलव ३७ प्रतिशत...

#खर्च
Compare →

Related Stories

World News
Build #2612