Trending
Prev Story
Next Story

रोज राणा बने कांग्रेस देउवा समूहको लुम्बिनी प्रदेश सभापति

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
4
4 reads 0 reactions

८ मंसिर, देउखुरी । नेपाली कांग्रेस देउवा समूहको लुम्बिनी प्रदेश सभापतिमा पूर्वमन्त्री तथा युवा नेता सरोज थापा (रोज राणा) सर्वसम्मत चयन भएका छन् । दाङ देउखुरीको पाखापानीमा सोमबार राति सम्पन्न लुम्बिनी प्रदेशको दोस्रोअधिवेशनले थापालाई सभापतिमा सर्वसम्मत …

रोज राणा बने कांग्रेस देउवा समूहको लुम्बिनी प्रदेश सभापति

८ मंसिर, देउखुरी । नेपाली कांग्रेस देउवा समूहको लुम्बिनी प्रदेश सभापतिमा पूर्वमन्त्री तथा युवा नेता सरोज थापा (रोज राणा) सर्वसम्मत चयन भएका छन् ।

दाङ देउखुरीको पाखापानीमा सोमबार राति सम्पन्न लुम्बिनी प्रदेशको दोस्रोअधिवेशनले थापालाई सभापतिमा सर्वसम्मत चयन गरेको देउवा समूहका लुम्बिनी प्रदेश संयोजक गेहेन्द्र गिरीले जानकारी दिए ।

थापा प्यूठानबाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । उनी लुम्बिनी प्रदेश सरकारमा दुई पटक मन्त्री बनेका छन् । पहिलो पटक यातायात मन्त्री र दोस्रो पटक शहरी विकास मन्त्रीको जिम्मेवारी सम्हालेका थापा यसअघि दुई कार्यकाल नेपाली कांग्रेस प्यूठानको क्षेत्रीय सभापति पनि भइसकेका छन् ।

उनको नेतृत्वमा प्रदेशस्तरमा देउवा पक्षले आफ्नो संगठन थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ।

अधिवेशनबाट अन्य पदाधिकारी तथा सदस्य चयनका लागि पनि सर्वसम्मत सहमति जुटाउने प्रयास भइरहेको निर्वाचन समितिले जनाएको छ ।

अधिवेशन उदघाटन समारोहमा नेताहरु शेरबहादुर देउवा, शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, उमाकान्त चौधरी, मोहनबहादुर बस्नेत, एनपी साउद, डा. प्रकाशशरण महत, रामजनम चौधरी, जीतजंग बस्नेत, रंगमती शाही, लक्ष्मी खतिवडा, भुपेन्द्र राई, केदार कार्की, जीतबहादुर शेरचन, मेखलाल श्रेष्ठलगायतका नेताहरु सहभागी थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
6h ago
लुम्बिनी प्रदेश कांग्रेस देउवा समूहको सभापतिमा राणा सर्वसम्मत

लुम्बिनी प्रदेश कांग्रेस देउवा समूहको सभापतिमा राणा सर्वसम्मत

। नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षबाट लुम्बिनी प्रदेश सभापतिमा सरोज थापा (रोज राणा) सर्वसम्मत निर्वाचित हुनुभएको छ । सोमबार सम्पन्न प्रदेश अधिवेशनको बन्दसत्रबाट उहाँ सर्वसम्मत रूपमा सभापतिमा...

#लुम्बिनी #राणा #कांग्रेस
Compare →
Ekantipur
1d ago
कांग्रेस देउवा समूह गोरखाको सभापतिमा ओम गुरुङ निर्वाचित

कांग्रेस देउवा समूह गोरखाको सभापतिमा ओम गुरुङ निर्वाचित

कांग्रेस देउवा समूह गोरखाको जिल्ला अधिवेशन शुक्रबार सुरु भएको थियो । सभापतिमा दावेदारी दिने धेरै भएपछि अधिवेशन लम्बिएको थियो ।

#कांग्रेस #देउवा
Compare →
Nagarik News
1d ago
देउवासँगको तस्बिर सेयर गर्दै सूर्यले भने : रुख चिह्न नै मुख्य हो भन्नेमा उहाँ दृढ हुनुहुन्छ

देउवासँगको तस्बिर सेयर गर्दै सूर्यले भने : रुख चिह्न नै मुख्य हो भन्नेमा उहाँ दृढ हुनुहुन्छ

नेकपा एमालेका नेता सूर्य थापाले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग महत्वपूर्ण भेटवार्ता र भलाकुसारी भएको बताउँदै तस्बिर सेयर गरेका छन्।

#थापा #कांग्रेस #देउवा
Compare →
Bizshala
16h ago
सिटिजन्स बैंकले लुम्बिनी प्रदेशमा सम्पन्न गर्‍यो कर्जा विस्तार तथा असुली कार्यक्रम

सिटिजन्स बैंकले लुम्बिनी प्रदेशमा सम्पन्न गर्‍यो कर्जा विस्तार तथा असुली कार्यक्रम

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लुम्बिनी प्रदेशमा रणनीतिक कर्जा विस्तार तथा कर्जा असुलीसम्बन्धी...

#लुम्बिनी
Compare →
Arthasansar
2d ago
एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि सुदुरपश्चिम रोएल्सले जितेको हो । शनिबार भएको खेलमा साविक विजेता लुम्बिनी लायन्सलाई...

#लुम्बिनी
Compare →

Related Stories

Politics & Governance
Build #2621