Trending
Prev Story
Next Story

नारायणगढ–बुटवल सडकखण्डको डिभाइडरमा रोप्न थालियो दुबो

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

८ मंसिर, नवलपुर । चार लेनमा विस्तार सम्पन्न नारायणगढ–बुटवल सडकको बीचमा रहेको डिभाइडरमा दुबो रोप्न थालिएको छ । ११३ किलोमिटर लामो सडकको बीचमा रहेको तीन मिटर चौडा डिभाइडरमा दुबो रोप्ने काम तीव्र गतिमा भइरहेको छ …

नारायणगढ–बुटवल सडकखण्डको डिभाइडरमा रोप्न थालियो दुबो

८ मंसिर, नवलपुर । चार लेनमा विस्तार सम्पन्न नारायणगढ–बुटवल सडकको बीचमा रहेको डिभाइडरमा दुबो रोप्न थालिएको छ । ११३ किलोमिटर लामो सडकको बीचमा रहेको तीन मिटर चौडा डिभाइडरमा दुबो रोप्ने काम तीव्र गतिमा भइरहेको छ ।

नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार गैँडाकोट, देवचुली, कावासोतीलगायत विभिन्न स्थानमा डिभाइडरमा दुबो रोप्ने काम भइरहेको छ ।

सडक विस्तारअन्तर्गत कालोपत्र गर्ने काम लगभग सकिएको छ । अहिले सडक किनारका सर्भिस लेन, डिभाइडरमा रङरोगन, बीचको डिभाइडरमा दुबो रोप्ने तथा सडकलाई सुन्दर देखाउने बिरुवा रोप्ने काम भइरहेको खनालले बताए ।

विसं २०१८ मा तत्कालीन राजा महेन्द्र शाहले नवलपुरको गैँडाकोटमा शिलान्यास गरेको पूर्वपश्चिम राजमार्ग नारायणगढ–बुटवल खण्ड करिब ६५ वर्षपछि चार लेनमा विस्तार भएको हो । सडक विस्तारका लागि २०७५ माघमा ठेक्का सम्झौता भएको थियो । सोही वर्ष चैतमा शिलान्यास भएपछि निर्माण सुरु भएको सडक ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

तर, विभिन्न समयमा चार पटक म्याद थप गर्दै करिब आठ वर्ष लगाएर गत साउनमा सडक विस्तारको काम पूरा भएको खनालले बताए ।

‘सडकको लगभग काम सकिएपछि हामीले साउनमा टेकओभर गरिसकेका छौँ । सडक टेकओभर मात्र भएको हो, हस्तान्तरण भने भएको छैन । सडक टेकओभरपछि पाँच वर्षसम्म निर्माण कम्पनीले त्रुटि सच्याउने काम गर्छ । त्यसपछि मात्रै हस्तान्तरण हुन्छ,’ खनालले भने ।

सडक निर्माणका क्रममा देखिन सक्ने त्रुटि सच्याउन निर्माण कम्पनीले पाँच वर्षसम्म मर्मत गर्नुपर्ने व्यवस्था रहेको उनले बताए ।

कालोपत्र तथा ढलानको मुख्य काम सकिएपछि अहिले त्रुटि सच्याउने, पैदलयात्रीका लागि पेटी तयार पार्ने, सडक किनारमा रेलिङ राख्ने तथा ढलान गर्ने काम भइरहेको छ ।

गैँडाकोटदेखि दाउन्नेसम्म ६५ किलोमिटर पूर्वी खण्ड र दाउन्नेदेखि बुटवलसम्म ४८ किलोमिटर पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेर सडक विस्तारको ठेक्का लगाइएको थियो । दुवै खण्डको ठेक्का ग्लोबल टेन्डरमार्फत चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाएको थियो । सडक विस्तारमा करिब १७ अर्ब रुपैयाँ खर्च भएको छ ।

कुल बजेटको ८५ प्रतिशत रकम एसियाली विकास बैंक (एडीबी)ले १.५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराएको हो ।

११३ किलोमिटर सडक विस्तारअन्तर्गत ७० किलोमिटर चार लेन, २९ किलोमिटर छ लेन र दाउन्नेको १४ किलोमिटर क्षेत्रमा तीन लेन सडक निर्माण गरिएको छ । बजार क्षेत्र, समथर भूभाग र पहाडी क्षेत्रको भौगोलिक अवस्था तथा यातायात आवश्यकताअनुसार सडकको डिजाइन फरक बनाइएको आयोजनाले जनाएको छ ।

ग्रामीण तथा वन क्षेत्रमा चार लेन, सहरी क्षेत्रमा छ लेन र दाउन्नेको भौगोलिक कठिनाइ भएका क्षेत्रमा तीन लेन सडक निर्माण गरिएको हो । सडकमा लेन मार्किङ, ट्राफिक सङ्केत, गति सीमा सङ्केत तथा गति निगरानीका लागि स्पिड गन प्रयोग गर्ने व्यवस्था पनि गरिएको छ ।

सडक विस्तारपछि सवारीसाधनको गति बढ्ने भएकाले दुर्घटना न्यूनीकरण गर्न गति सीमा निर्धारण गरिएको खनालले बताए । उनका अनुसार सिधा तथा खुला सडकमा अधिकतम ८० किलोमिटर प्रतिघण्टा, बजार क्षेत्र तथा क्रसिङमा करिब ६० किलोमिटर प्रतिघण्टा र जङ्गली क्षेत्र तथा दाउन्नेको पहाडी क्षेत्रमा अधिकतम ४० किलोमिटर प्रतिघण्टा गति सीमा तोकिएको छ ।

दाउन्ने क्षेत्रमा पटकपटक कालोपत्र गर्दा सडक बिग्रने र भासिने समस्या देखिएपछि करिब ११ किलोमिटर सडक सिमेन्ट कङ्क्रिटबाट निर्माण गरिएको छ । सडक विस्तारका क्रममा गैँडाकोटदेखि बुटवलसम्म ४९ हजार ८३० वटा रुख काटिएका थिए ।

सडक विस्तारसँगै यस खण्डमा २१ वटा ठूला पुल, ४३ वटा साना पुल र पानी निकासका लागि ४६ वटा कल्भर्ट निर्माण गरिएको छ । साना पुल तथा कल्भर्ट चार लेनमा निर्माण गरिएको भए पनि ठूला पुल पुराना पुलको दक्षिणतर्फ दुई लेनमा बनाइएको छ । पुराना पुलको अवस्था र प्राविधिक आवश्यकताअनुसार स्तरोन्नति तथा प्रतिस्थापन गरिएको खनालले बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1h ago
नारायणघाट–बुटवल सडकखण्डमा दुबो रोपिँदै

नारायणघाट–बुटवल सडकखण्डमा दुबो रोपिँदै

चार लेनमा विस्तार सम्पन्न भएको नारायणघाट–बुटवल सडकको बीचमा रहेको डिभाइडरमा दुबो रोप्न सुरु गरिएको छ।

#डिभाइडर #दुबो #बुटवल
Compare →
Ekantipur
2d ago
न्यू बुटवल–न्यू दमौली ४०० केभी प्रसारण लाइन निर्माण सुरु

न्यू बुटवल–न्यू दमौली ४०० केभी प्रसारण लाइन निर्माण सुरु

एमसीए–नेपालले न्यू बुटवल सबस्टेशनदेखि न्यू दमौली सबस्टेशनसम्मको ४०० केभी क्षमताको दोहोरो सर्किट प्रसारण लाइन निर्माण सुरु गरेको छ ।

#बुटवल
Compare →
Hamro Patro News
3d ago
खैरहनीमा मेसिनबाट आलु रोप्ने क्रमलाई निरन्तरता

खैरहनीमा मेसिनबाट आलु रोप्ने क्रमलाई निरन्तरता

चितवनको खैरहनीमा गत वर्षदेखि सुरु गरिएको मेसिनबाट आलु रोप्ने कार्यलाई यस वर्ष पनि निरन्तरता दिइएको छ । खैरहनी नगरपालिका–१० स्थित कृषक जागरण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमार्फत मेसिन प्रयोग गर...

#रोप्ने #रोप्न
Compare →
Setopati
1w ago
कांग्रेसले खुलामञ्चमा रोप्यो दुबो (तस्बिरहरू)

कांग्रेसले खुलामञ्चमा रोप्यो दुबो (तस्बिरहरू)

क्षति पुगेका केही स्थानमा नयाँ दुबो रोप्ने तथा त्यसको संरक्षण र हुर्काउने व्यवस्था समेत कांग्रेसले गर्नेछ।

#दुबो
Compare →

Related Stories

World News
Build #2621