Trending
Prev Story
Next Story

न्यू बुटवल–न्यू दमौली ४०० केभी प्रसारण लाइन निर्माण सुरु

Ekantipur •
November 21, 2026 • 04:32 AM
2
2 reads 0 reactions

एमसीए–नेपालले न्यू बुटवल सबस्टेशनदेखि न्यू दमौली सबस्टेशनसम्मको ४०० केभी क्षमताको दोहोरो सर्किट प्रसारण लाइन निर्माण सुरु गरेको छ ।

न्यू बुटवल–न्यू दमौली ४०० केभी प्रसारण लाइन निर्माण सुरु

एमसीए–नेपालले न्यू बुटवल सबस्टेशनदेखि न्यू दमौली सबस्टेशनसम्मको ४०० केभी क्षमताको दोहोरो सर्किट प्रसारण लाइन निर्माण सुरु गरेको छ ।

काठमाडौँ — एमसीए–नेपालले न्यू बुटवल सबस्टेशनदेखि न्यू दमौली सबस्टेशनसम्मको ४०० केभी क्षमताको दोहोरो सर्किट प्रसारण लाइन निर्माण सुरु गरेको छ । एमसीए–नेपालले मंसिर ४ गतेदेखि तनहुँ र पाल्पा जिल्लाबाट प्रसारण लाइन निर्माणको काम प्रारम्भ गरेको हो ।

एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण हुने ३१५ किलोमिटर लामो विद्युत् प्रसारण लाइनमध्ये न्यू बुटवल–न्यू दमौली खण्ड ९० किलोमिटरको हुनेछ । यस खण्डअन्तर्गत तनहुँ, पाल्पा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा २५० वटा प्रसारण टावर निर्माण गरिने एमसीए–नेपालले जनाएको छ ।

यो प्रसारण लाइन निर्माणले नेपालको विद्युत् प्रसारण सञ्जाल विस्तार तथा ऊर्जा सुरक्षामा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । साथै, जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण ग्रिडमा जोड्न र विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउन सहयोग पुग्नेछ ।

एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माणाधीन प्रसारण सञ्जालले देशको विद्युत् प्रसारण क्षमता विस्तार गर्नुका साथै भविष्यमा उत्पादन हुने विद्युत्को आन्तरिक खपत तथा अन्तरदेशीय विद्युत् व्यापारका लागि समेत पूर्वाधार उपलब्ध गराउने लक्ष्य राखेको छ ।

नेपाल नेपाल न्यूज बैंक न्युज एजेन्सी हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
न्यू बुटवल–न्यू दमौली ४०० केभी प्रसारण लाइन निर्माण सुरु

न्यू बुटवल–न्यू दमौली ४०० केभी प्रसारण लाइन निर्माण सुरु

न्यू बुटवल–न्यू दमौली ४०० केभी प्रसारण लाइन निर्माण सुरु एमसीए–नेपालले न्यू बुटवल सबस्टेशनदेखि न्यू दमौली सबस्टेशनसम्मको ४०० केभी क्षमताको दोहोरो सर्किट प्रसारण लाइन निर्माण सुरु गरेको छ । मंसिर ...

#न्यू #बुटवल #दमौली
Compare →
Onlinekhabar
17h ago
एमसीएले सुरु गर्‍यो न्यू बुटवल-न्यू दमौली प्रसारण लाइन निर्माण

एमसीएले सुरु गर्‍यो न्यू बुटवल-न्यू दमौली प्रसारण लाइन निर्माण

५ मंसिर, काठमाडौं । एमसीसी अन्तर्गत एमसीए-नेपालले न्यू बुटवल सबस्टेशनदेखि न्यू दमौली सबस्टेशनसम्मको ४०० केभि दोहोरो सर्किटयुक्त प्रसारण लाइनको निर्माण सुरु गरेको छ । तनहुँ र पाल्पा जिल्लाबाट निर्माण प्रारम्भ गरिएको हो । एमसीसी नेपाल कम्प्याक्टको …

#न्यू #प्रसारण #बुटवल
Compare →
Nagarik News
4h ago
सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष नियुक्तिका लागि दरखास्त आह्वान

सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष नियुक्तिका लागि दरखास्त आह्वान

सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिका लागि सरकारले दरखास्त आह्वान गरेको छ।

#प्रसारण
Compare →
Bizshala
3d ago
विद्युत् निर्यातको सीमा बढाउन भारतसँग छलफल, प्रसारणलाइन विस्तार र सौर्य ऊर्जामा सहकार्यको प्रस्ताव

विद्युत् निर्यातको सीमा बढाउन भारतसँग छलफल, प्रसारणलाइन विस्तार र सौर्य ऊर्जामा सहकार्यको प्रस्ताव

काठमाण्डौ । नेपालबाट भारततर्फ हुने विद्युत् निर्यातको सीमा बढाउने तथा अन्तरदेशीय प्रसारणलाइन विस्तार गर्ने विषयमा...

#प्रसारण #लाइन
Compare →

Related Stories

Building & Construction
Build #2612