Trending
Prev Story
Next Story

अभिनेताका लागि आवाज सबैभन्दा शक्तिशाली माध्यम : ज्याकी श्राफ

Ekantipur •
November 21, 2026 • 04:32 AM
2
2 reads 0 reactions

फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया (एफटीआईआई) मा ‘भ्वाइस मोड्युलेसन’ का पूर्व अध्यापक तथा अभिनेता डेनी डेन्जोङ्पाले छोरा टाइगरको स्वरको प्रशंसा गर्दा भएका थिए खुशी ।

अभिनेताका लागि आवाज सबैभन्दा शक्तिशाली माध्यम : ज्याकी श्राफ

फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया (एफटीआईआई) मा ‘भ्वाइस मोड्युलेसन’ का पूर्व अध्यापक तथा अभिनेता डेनी डेन्जोङ्पाले छोरा टाइगरको स्वरको प्रशंसा गर्दा भएका थिए खुशी ।

काठमाडौँ — भारतीय कलाकार ज्याकी श्राफ अभिनयका लागि जति चिनिन्छन्, त्यो भन्दा बढि उनको ‘बोल्ड भ्वाइस’ का कारण चर्चित छन् । गह्रुंगो स्वरलाई आफ्नै शैलीमा ढालेर संवाद बोल्ने भएकैले कतिपय उनका फिल्मी चरित्र दर्शकमाझ हिट छन् ।

आफ्नो नयाँ फिल्म ‘काली खेती’ को प्रचारप्रसारका क्रममा मुम्बईको अन्धेरी वेस्टमा आयोजना गरिएको एक कार्यक्रममा ज्याकीले भारतीय समाचार संस्था ‘आईएएनएस’ सँग कुराकानी गर्दै अभिनयमा स्वरको उतारचढाव किन आवश्यक छ भन्ने बारेमा आफ्ना धारणा राखेका थिए । कार्यक्रममा स्वरको प्राविधिक पक्ष र दर्शकलाई बाँधिराख्न आवाजमा ल्याउनुपर्ने विविधताबारे गम्भीर छलफल भएको थियो ।

स्वर अभिनयबारे आफ्नो अनुभव सुनाउँदै ज्याकीले कुनै पनि अभिनेता आफ्नो आवाजको ‘बेस’ मा मात्रै निर्भर हुन नहुने बताए । यदि स्वरमा एउटै खालको लय (मोनोटोनस) मात्र भयो भने अभिनय दोहोरिएजस्तो सुनिने उनको भनाइ थियो ।

‘केवल बेस (मोटो स्वर) भएर मात्र पुग्दैन,’ आवाजको महत्वबारे ज्याकीले भने, ‘यदि कसैले एउटै फ्रिक्वेन्सीको आवाज लगातार सुनिरहृयो भने उसलाई निद्रा लाग्छ । कलाकारको आवाजमा आरोहअवरोह हुनु उत्तिकै महत्वपूर्ण हुन्छ ।’

डेनीको त्यो भनाइ, जसले ज्याकीलाई दियो आत्मविश्वास

यसै प्रसंगमा ज्याकीले फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया (एफटीआईआई) मा ‘भ्वाइस मोड्युलेसन’ अध्यापन गराइसकेका पाका अभिनेता डेनी डेन्जोङ्पासँगको एउटा पुरानो भेट सम्झिए । डेनीले त्यसबेला उनलाई स्वरको विविधता र छोरा टाइगर श्राफको आवाजका विषयमा महत्वपूर्ण सल्लाह दिएका थिए ।

‘त्यसैले स्वरमा मोड्युलेसन (उतारचढाव) हुनैपर्छ, भिन्नता ल्याउनुपर्छ र त्यसका लागि अन्य तत्वहरूले पनि काम गर्नुपर्छ,’ त्यस क्षणलाई सम्झिँदै ज्याकीले भने, ‘डेनीलाई जब म आफ्नो छोराको तस्बिर देखाउन लगेको थिएँ, उनले मलाई टाइगरको आवाजका विषयमा पहिलो कुरा यही भनेका थिए ।’

डेनीले टाइगरको आवाजको तारिफ गरिदिएपछि आफू ढुक्क भएको ज्याकीले बताए । उनले थपे, ‘उनले टाइगरको आवाज राम्रो छ भने । मेरो लागि त्यति नै काफी थियो । सबै कुरा आवाजमै हुन्छ । नभए मूक (साइलेन्ट) फिल्महरू पनि त छन् । आवाज आवश्यक छ । मानिसहरूले केही सुन्न पाउनुपर्छ र त्यसमा ध्वनि हुनैपर्छ ।’

फिल्ममा संवादविना पनि कथा भन्न सकिने भए तापनि एउटा कुशल अभिनेताका लागि आवाज सबैभन्दा शक्तिशाली माध्यम भएको ज्याकीको ठहर छ ।

ज्याकी यतिबेला भर्खरै प्रदर्शनमा आएको आफ्नो फिल्म ‘काली खेती’ का कारण चर्चामा छन् । ग्रामीण परिवेश र लोककथामा आधारित यो हरर–मिस्ट्री थ्रिलर फिल्ममार्फत ज्याकीले पहिलोपटक पूर्ण रूपमा हरर विधाको फिल्ममा काम गरेका हुन् ।

हरिस इम्तियाज खानको लेखन तथा निर्देशनमा बनेको ‘काली खेती’ गत १९ नोभेम्बर २०२६ मा रिलिज भएको हो । यसअघि ज्याकी दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको बहुप्रतिक्षित चलचित्र ‘जेलर २’ मा देखिएका थिए ।

नोट : यो सामग्री विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका समाचारमा आधारित भई तयार पारिएको हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1w ago
शाहरुखको ‘पठान’ लाई पछि पार्दै ‘रामायण’

शाहरुखको ‘पठान’ लाई पछि पार्दै ‘रामायण’

काठमाडौं- अभिनेता रणवीर कपूर स्टारर फिल्म ‘रामायण: पार्ट १’ ले बक्स अफिसमा ऐतिहासिक सफलता हासिल गरेको छ । प्रदर्शनमा आएको ८ दिनमै फिल्मले विश्वभरबाट १ हजार ३३ करोड ५५ लाख भारतिय रुपैँया ग्रस कलेक्स...

#अभिनेता #फिल्म
Compare →
Onlinekhabar
1w ago
दयनीय हालतमा बलिउड अभिनेता, प्रशंसकले भने- ‘सलमान, उनलाई सहयोग गर्नुहोस्’

दयनीय हालतमा बलिउड अभिनेता, प्रशंसकले भने- ‘सलमान, उनलाई सहयोग गर्नुहोस्’

चर्चित अभिनेता शरद कपूरको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त भिडियोमा अभिनेता निकै अस्तव्यस्त सेतो सर्ट र दाग लागेको जिन्स लगाएको अवस्थामा देखिएका छन् भने उनको खुट्टामा जुत्ता-चप्पलसमेत छैन ।  अभिनेताको यस्तो अवस्था …

#अभिनेता
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612