Trending
Prev Story
Next Story

नेपाल र भारतका फिल्मकर्मीको सहकार्यमा फिल्म ‘मोनालिसा ब्लडी लभ’बन्दै

Ekantipur •
November 20, 2026 • 11:32 AM
3
3 reads 0 reactions

किङ योगीको लेखन तथा निर्देशनमा बन्ने फिल्मको प्रि–प्रोडक्सन हैदराबाद र बैंगलोरमा भइरहेको छ भने छायांकन २०८४ असारदेखि सुरु हुनेछ ।

नेपाल र भारतका फिल्मकर्मीको सहकार्यमा फिल्म ‘मोनालिसा ब्लडी लभ’बन्दै

किङ योगीको लेखन तथा निर्देशनमा बन्ने फिल्मको प्रि–प्रोडक्सन हैदराबाद र बैंगलोरमा भइरहेको छ भने छायांकन २०८४ असारदेखि सुरु हुनेछ ।

काठमाडौँ — नेपाल र भारतका फिल्मकर्मीहरूको सहकार्यमा फिल्म ‘मोनालिसा ब्लडी लभ ’ बन्ने भएको छ ।

फिल्मको फर्स्ट लुक पनि निर्माण टिमले केही दिनअघि सार्वजनिक गरेको थियो । किङ योगीको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्ममा सचित खड्का कार्यकारी निर्माता छन् । पिजी स्टुडियोको प्रस्तुति रहने फिल्मलाई प्रशान्त गिरीले निर्माण गर्नेछन् ।

कार्यकारी निर्माता खड्काका अनुसार फिल्ममा भारतका विभिन्न प्रतिष्ठित निर्माण संस्था, प्रोडक्सन हाउस र अनुभवी प्राविधिक टोलीहरूको सहकार्य रहनेछ ।

फिल्मको प्रि–प्रोडक्सन भारतको हैदराबाद र बैंगलोरमा भइरहेको छ। फिल्मको छायांकन ०८४ असारदेखि सुरु गर्ने तयारी रहेको खड्काले बताए ।

उनका अनुसार फिल्मको ३० प्रतिशत छायांकन नेपालमा र ७० प्रतिशत भारतमा हुनेछ ।  फिल्ममा नेपाल र भारत दुवै देशका कलाकारहरूको अभिनय रहनेछ।

‘भारतका केही चर्चित कलाकारसँगै नेपाली कलाकारको पनि सहभागिता रहनेछ । कलाकारहरूको नाम भने औपचारिक रूपमा सार्वजनिक गरिएको छैन,' उनले भने ।

फिल्मलाई नेपाली र हिन्दी भाषासहित पाँचवटा भाषामा प्रदर्शन गर्ने तयारी भइरहेको पनि उनले बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
7h ago
प्रधानमन्त्रीको भारत भ्रमण : ऊर्जा र पूर्वाधार सहकार्य प्राथमिकतामा

प्रधानमन्त्रीको भारत भ्रमण : ऊर्जा र पूर्वाधार सहकार्य प्राथमिकतामा

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणका क्रममा नेपाल र भारतबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित विभिन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत तय भएको छ । नेपालका लागि …

#भारत #सहकार्य
Compare →
Nagarik News
32m ago
एसिया कप राइजिङ स्टार्सः नेपाललाई भारतले दियो ३३३ रनको उच्च लक्ष्य, सन्दीप र ललितले लिए ३/३ विकेट

एसिया कप राइजिङ स्टार्सः नेपाललाई भारतले दियो ३३३ रनको उच्च लक्ष्य, सन्दीप र ललितले लिए ३/३ विकेट

दोहामा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ९ विकेट गुमाएर ३३२ रनको योगफल तयार पारेको हो।

#भारत
Compare →
Hamro Patro News
3h ago
नेपालविरुद्ध भारतका अभिषेक शर्मा ९ रनमै आउट

नेपालविरुद्ध भारतका अभिषेक शर्मा ९ रनमै आउट

काठमाडाैं । एसीसी एसिया कप राइजिङ स्टार्स अन्तर्गत समूह ‘बी’ को खेलमा नेपालविरुद्ध भारत ‘ए’ का ओपनर अभिषेक शर्मा ९ रन बनाएर आउट भएका छन्। दोहामा जारी खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर...

#भारत
Compare →
Bizshala
5h ago
प्रधानमन्त्री बालेनसँग भारत जाने ५२ उद्योगी व्यवसायीको सूची तयार, अञ्जनदेखि निर्वाण चौधरी र नितेश मालपानीसम्म

प्रधानमन्त्री बालेनसँग भारत जाने ५२ उद्योगी व्यवसायीको सूची तयार, अञ्जनदेखि निर्वाण चौधरी र नितेश मालपानीसम्म

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणमा निजी क्षेत्रका ५२ जना उद्योगी व्यवसायी सहभागी...

#भारत
Compare →
Arthasansar
7h ago
आइतबार दिउँसो भारत जाँदै प्रधानमन्त्री, यस्तो छ दुई दिने भ्रमण तालिका

आइतबार दिउँसो भारत जाँदै प्रधानमन्त्री, यस्तो छ दुई दिने भ्रमण तालिका

प्रधानमन्त्री बालेन शाह आइतबार दिउँसो १ः४५ बजे भारत प्रस्थान गर्ने भएका छन् । नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारत जाने...

#भारत
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612