। नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षबाट लुम्बिनी प्रदेश सभापतिमा सरोज थापा (रोज राणा) सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
सोमबार सम्पन्न प्रदेश अधिवेशनको बन्दसत्रबाट उहाँ सर्वसम्मत रूपमा सभापतिमा निर्वाचित हुनुभएको अधिवेशन समितिका संयोजक गेहेन्द्र गिरीले जानकारी दिनुभयो । लुम्बिनी प्रदेशका १२ जिल्लाबाट तीन हजारभन्दा बढी प्रतिनिधि तथा सहभागीको उपस्थिति रहेको अधिवेशनको उद्घाटन सत्रपछि बन्दसत्र सुरु भएको थियो । प्रदेश सभापतिका लागि तीन जनाले उम्मेदवारी दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )