बेलायतको म्यानचेस्टरस्थित को–अप लाइभ एरिनामा कन्सर्ट चलिरहेका बेला अज्ञात पदार्थ फैलिएको घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ । घटनापछि करिब १२ हजार दर्शकलाई बाहिर निकालिएको छ भने ८८ जनामा आँखा तथा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको छ ।
अमेरिकी र्यापर डन टोलिभरको कन्सर्ट आइतबार राति चलिरहेका बेला घटना भएको हो । दर्शकहरूले हलमा दुर्गन्ध फैलिएको, मानिसहरू चिच्याएको, खोकी लागेको र केहीले रगत खोकिरहेको बताएका छन् । घटनापछि कन्सर्ट रोकिएको थियो ।
Read full story at source ( barnanmedia.com )