प्रधानमन्त्री वालेन्द्र शाहको भारतको दुईदिने राजकीय भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ सम्भावना र सकारात्मक दिशातर्फ अघि बढाउने आधार तयार गरेको छ। लामो समयदेखि अपेक्षित उच्चस्तरीय राजनीतिक संवाद, आर्थिक सहकार्य र विकास साझेदारीका विषयमा भएका सहमतिले यस भ्रमणलाई उपलब्धिमूलक बनाएका छन्। भ्रमणका उपलब्धिहरूले नेपालको राष्ट्रिय हित, पूर्वाधार विकास, ऊर्जा व्यापार र क्षेत्रीय सम्पर्क सञ्जाल विस्तारका लागि नयाँ अवसर सिर्जना गरेका छन्।
सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शाहको दुई दिने राजकीय भ्रमणबारे ब्रिफिङ गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणलाई बहुआयामिक हिसाबले सफल र उपलब्धिमूलक भन्दै यसले नेपाल–भारत सम्बन्धलाई सम्भावनायुक्त सकारात्मक लयमा फर्काएको बताए । उनको भनाइले भ्रमणको राजनीतिक महत्त्व र कूटनीतिक सन्देश दुवैलाई प्रस्ट पार्छ।
Read full story at source ( barnanmedia.com )