Trending
Prev Story
Next Story

एनपिएललाई दर्शकको उत्साहपूर्ण साथ

Hamro Patro News •
November 22, 2026 • 02:19 AM
2
2 reads 0 reactions

शनिबार साँझ ५:३० बजिसक्दा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एनपिएलको फाइनल प्रतिस्पर्धाले माहोल तातिसकेको थियो । दर्शक आफूले समर्थन गरेको समूहको समर्थनमा हुटिङ गरिरहेका थिए तर अछामका शिवराज वि...

एनपिएललाई दर्शकको उत्साहपूर्ण साथ

शनिबार साँझ ५:३० बजिसक्दा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एनपिएलको फाइनल प्रतिस्पर्धाले माहोल तातिसकेको थियो । दर्शक आफूले समर्थन गरेको समूहको समर्थनमा हुटिङ गरिरहेका थिए तर अछामका शिवराज विष्ट भने त्यतिबेलासम्म टिकटको पर्खाइमै हुनुहुन्थ्यो । उहाँ कसैसँग टिकट छ कि भन्दै सोधिरहनुभएको थियो । “अनलाइनबाट टिकट एकैछिन सकियो भनेर बन्द गरियो तर बाहिर महँगोमा टिकट बिक्री भइरहेको छ, हामीले भने टिकट पाएनौँ ।” विष्टले गुनासो गर्नुभयो ।

यस्तै पाल्पाका सुरज पन्थले पनि एनपिएलको फाइनल खेल हेर्ने टिकट नपाएको गुनासो गर्नुभयो । नेपाल क्रिकेट सङ्घ (क्यान) ले उचित ध्यान दिन नसक्दा आफूहरू फाइनल हेर्नबाट वञ्चित भएको उहाँले गुनासो गर्नुभयो । यस्तै टिकट पाएका दर्शकले पनि मैदानभित्र प्रवेश गर्न झन्झटिलो प्रक्रिया अपनाइएको भन्दै गुनासो गर्नुभएको छ । “टिकट लिएर गेटमा आइसक्यौँ फेरि छाप लगाएर आउन भनेर फर्काइयो, क्यानको व्यवस्थापनले यसमा ध्यान दिन सकेन,” परिवारसहित एनपिएल हेर्न आउनुभएका दर्शक सर्वजित थापाले भन्नुभयो । एक महिना लामो नेपाली क्रिकेटको महाकुम्भमा फाइनल हेर्न चाहेका धेरै दर्शकले टिकट नै पाएनन् ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1d ago
दुई लाखको आँखा एनपिएल फाइनलमा, केही मिनेटमै सकियो टिकट

दुई लाखको आँखा एनपिएल फाइनलमा, केही मिनेटमै सकियो टिकट

शनिबार हुने एनपिएल फाइनलका लागि टिकट बिक्री खुला गरिएको केही मिनेटमै सबै टिकट बिक्री भएका हुन् । क्यानका सचिव पारस खड्काले शुक्रबार जानकारी दिँदै टिकट बिक्री खुला भएको समयमा करिब दुई लाख प्रयोगकर्ता एकैसाथ टिकट खरिद गर्ने प्रयासमा रहेको बताए ।

#टिकट #एनपिएल #फाइनल
Compare →
Arthasansar
23h ago
एनपीएल फाइनलको टिकट बिक्री विवादमा क्यानको स्पष्टीकरण, एकैपटक २ लाखले खोजेका थिए टिकट

एनपीएल फाइनलको टिकट बिक्री विवादमा क्यानको स्पष्टीकरण, एकैपटक २ लाखले खोजेका थिए टिकट

नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट बिक्रीलाई लिएर समर्थकबाट प्रश्न उठेपछि नेपाल क्रिकेट संघ (क्यान) ले स्पष्टीकरण दिएको...

#टिकट #फाइनल
Compare →
Bizshala
1d ago
एनपीएल फाइनलको टिकट केही मिनेटमै सकियो, एकैपटक दुई लाखले खोजे टिकट

एनपीएल फाइनलको टिकट केही मिनेटमै सकियो, एकैपटक दुई लाखले खोजे टिकट

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलका लागि टिकट खरिद गर्न खोज्ने दर्शकको अत्यधिक चाप...

#टिकट #फाइनल
Compare →
Onlinekhabar
1d ago
एनपीएल फाइनलको टिकट नपाएपछि कीर्तिपुरमा क्यानविरुद्ध प्रदर्शन र नाराबाजी (तस्वीरहरू)

एनपीएल फाइनलको टिकट नपाएपछि कीर्तिपुरमा क्यानविरुद्ध प्रदर्शन र नाराबाजी (तस्वीरहरू)

५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलको टिकट वितरण पारदर्शी नभएको भन्दै असन्तुष्ट दर्शकहरू प्रदर्शनमा उत्रिएका छन् । शुक्रबार दिउँसो १ बजे टिकट बिक्री सुरु नहुँदै ‘सोल्ड आउट’ देखिएपछि दर्शकहरू …

#टिकट #दर्शक
Compare →

Related Stories

Technology
Build #2612