Trending
Prev Story
Next Story

'अज्ञात पदार्थ' फैलिएपछि म्यानचेस्टरमा डन टोलिभरको कन्सर्टबाट १२ हजार दर्शक बाहिर निकालिए

Ekantipur •
November 23, 2026 • 05:32 PM
5
5 reads 0 reactions

म्यानचेस्टरको को-अप लाइभ एरिनामा 'अज्ञात पदार्थ' फैलिएपछि हजारौं दर्शकलाई बाहिर निकालिएको प्रहरीले जनाएको छ । घटनामा ८० भन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ भने एक जना अस्पताल भर्ना भएका छन् ।

'अज्ञात पदार्थ' फैलिएपछि म्यानचेस्टरमा डन टोलिभरको कन्सर्टबाट १२ हजार दर्शक बाहिर निकालिए

म्यानचेस्टरको को-अप लाइभ एरिनामा 'अज्ञात पदार्थ' फैलिएपछि हजारौं दर्शकलाई बाहिर निकालिएको प्रहरीले जनाएको छ । घटनामा ८० भन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ भने एक जना अस्पताल भर्ना भएका छन् ।

काठमाडौं — बेलायतको म्यानचेस्टरस्थित को-अप लाइभ एरिनामा अमेरिकी र्‍यापर डन टोलिभरको कन्सर्ट चलिरहेका बेला अज्ञात पदार्थ छरिएपछि करिब १२ हजार दर्शकलाई बाहिर निकालिएको छ ।

आज राति करिब १० बजे कन्सर्ट चलिरहेका बेला भीडमा अज्ञात पदार्थ फैलिएको प्रहरीले जनाएको छ । त्यसपछि दर्शकलाई आपत्कालीन उद्धारकर्मीले सुरक्षित रूपमा बाहिर निकालेका थिए ।

नर्थ वेस्ट एम्बुलेन्स सेवाले घटनालाई ठूलो आपत्कालीन अवस्था घोषणा गर्दै उक्त पदार्थ अश्रुग्यास हुन सक्ने प्रारम्भिक अनुमान गरेको थियो । पदार्थ कन्सर्टको अन्त्यतिर छरिएको बताइएको छ ।

एम्बुलेन्स सेवाका अनुसार घटनास्थलमा ८० भन्दा बढी व्यक्तिको स्वास्थ्य परीक्षण गरिएको थियो । केहीले आँखा पोल्ने र श्वासप्रश्वासमा समस्या भएको बताएका थिए । एक जनालाई अस्पताल भर्ना गरिएको छ भने सावधानीका लागि घटनास्थलमै उद्धारकर्मीले प्रभावित क्षेत्रमा निर्मलीकरणको काम गरेका थिए ।

ग्रेटर म्यानचेस्टर प्रहरीले सोमबार जारी गरेको वक्तव्यमा भीडमा रहेका मानिसहरू अज्ञात पदार्थको प्रभावमा परेको जनाएको छ । उक्त पदार्थ के थियो र घटना कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

कन्सर्टमा सहभागी जोए होवेले बीबीसी रेडियो म्यानचेस्टरसँग कुरा गर्दै कार्यक्रमस्थलमा दुर्गन्ध फैलिएको र मानिसहरू खोक्दै बाहिर निस्कन थालेको बताएका छन् । उनका अनुसार बत्ती बल्दा टोलिभरलाई मञ्चबाट हतारहतार बाहिर लगिएको थियो । केही दर्शकलाई ह्वीलचेयरमा बाहिर निकालिएको उनले बताए ।

अर्की दर्शक मेइसी स्कटले कन्सर्टका क्रममा रातो धुवाँ देखे पनि सुरुमा त्यसलाई कार्यक्रमकै हिस्सा ठानेको बताएकी छन् । केहीबेरपछि गायक मञ्चबाट बाहिरिए, आगलागीको साइरन बज्यो र बत्ती बल्यो । त्यसपछि आफूहरूले कार्यक्रमस्थल छाडेको उनले बताइन् ।

घटनापछि टोलिभरले सामाजिक सञ्जालमार्फत आफू अत्यन्त दुःखी भएको जनाउँदै सोमबार लन्डनमा हुने भनिएको कार्यक्रम स्थगित गरेका छन् । उक्त कार्यक्रम डिसेम्बर १५ मा गर्ने उनले बताएका छन् । घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले सबैको सुरक्षा आफ्नो प्राथमिकता भएको उल्लेख गरेका छन् ।

को-अप लाइभले पनि घटनाको कारण पत्ता लगाउन प्रहरीसँग सहकार्य भइरहेको जनाएको छ । सन् २०२४ मा खुलेको उक्त एरिनामा बिहीबार अमेरिकी गायिका फोबी ब्रिजर्सको कार्यक्रम तय छ ।

म्यानचेस्टरमा सन् २०१७ मा एरियाना ग्रान्डेको कन्सर्टपछि नजिकैको स्थानमा भएको बम विस्फोटमा २२ जनाको मृत्यु भएको थियो । पछिल्लो घटनाले पनि स्थानीयमा चिन्ता बढाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2w ago
इटहरीमा नेपथ्यको कन्सर्ट सम्पन्न, झुमे दर्शक

इटहरीमा नेपथ्यको कन्सर्ट सम्पन्न, झुमे दर्शक

इटहरी । नेपाली संगीत क्षेत्रको लोकप्रिय ब्यान्ड नेपथ्यले पहिलोपटक इटहरीमा भव्य सांगीतिक प्रस्तुति दिएको छ । इटहरी रंगशालामा आज (कात्तिक १८ गते) सम्पन्न ‘नेपथ्य इन कन्सर्ट २०२६’ मा १० हजारभन्दा बढी...

#दर्शक #कन्सर्ट
Compare →
Onlinekhabar
3d ago
खनिज पदार्थको उत्खनन गर्दा भावी पुस्ताको हित ख्याल गर्नुपर्ने प्रस्ताव

खनिज पदार्थको उत्खनन गर्दा भावी पुस्ताको हित ख्याल गर्नुपर्ने प्रस्ताव

७ मंसिर, काठमाडौं । सांसदहरूले खनिज पदार्थको उत्खनन गर्दा भावी पुस्ताको हित ख्याल गर्नुपर्ने गरी कानुनी प्रावधान राख्ने प्रस्ताव राखेका छन् । ‘खानी तथा खनिज पदार्थ विधेयक २०८३’ मा संशोधन प्रस्ताव राख्दै सांसदहरूले भावी पुस्ताको …

#पदार्थ
Compare →
Nagarik News
4d ago
जङ्क फुड र गुलियो पेय पदार्थले बालबालिकाको बौद्धिक क्षमतामा असर

जङ्क फुड र गुलियो पेय पदार्थले बालबालिकाको बौद्धिक क्षमतामा असर

जंक फुड तथा चिनीको मात्रा बढी भएका पेय पदार्थको अत्यधिक सेवनले बालबालिका र किशोरकिशोरीको मानसिक स्वास्थ्य, बौद्धिक क्षमता तथा शैक्षिक उपलब्धिमा नकारात्मक असर पार्ने एक नयाँ अध्ययनले देखाएको छ।

#पदार्थ
Compare →

Related Stories

Entertainment & Cinema
Build #2621