युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले लिबियाको बेनगाजीस्थित नौसैनिक अड्डामा रहेको रुसी युद्धपोतमा समुद्री ड्रोनबाट आक्रमण गरेको पुष्टि गर्नुभएको छ । उहाँका अनुसार आइतबार भएको उक्त कारबाहीमा युक्रेनी सेनाले सातवटा स्वदेशमै निर्मित ड्रोन प्रयोग गरेको थियो ।
सोमबार सामाजिक सञ्जाल एक्समार्फत उहाँले आक्रमणमा रुसी कर्भेट युद्धपोत डुबेको दाबी गर्नुभयो । उक्त जहाज सन् २०२३ मा सेवामा प्रवेश गरेको रुसको पछिल्लो युद्धपोत रहेको उहाँले बताउनुभयो । आक्रमणमा रुसी मालवाहक जहाज एमभी अङ्गरालाई समेत निशाना बनाइएको र केए–२७ सैन्य हेलिकप्टर नष्ट भएको उहाँको भनाइ छ । उक्त जहाज मस्कोले हतियार ढुवानीमा प्रयोग गर्दै आएको उहाँले दाबी गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )