Trending
Prev Story
Next Story

लिबियामा रुसी युद्धपोतमा आक्रमण गरेको युक्रेनको पुष्टि

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

७ मङ्सिर, किएभ (रासस/एपी) । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले लिबियाको बेनगाजीस्थित नौसैनिक अड्डामा रहेको रुसी युद्धपोतमा समुद्री ड्रोनबाट आक्रमण गरेको पुष्टि गरेका छन् । उनका अनुसार आइतबार भएको उक्त कारबाहीमा युक्रेनी सेनाले सातवटा स्वदेशमै निर्मित …

लिबियामा रुसी युद्धपोतमा आक्रमण गरेको युक्रेनको पुष्टि

७ मङ्सिर, किएभ (रासस/एपी) । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले लिबियाको बेनगाजीस्थित नौसैनिक अड्डामा रहेको रुसी युद्धपोतमा समुद्री ड्रोनबाट आक्रमण गरेको पुष्टि गरेका छन् । उनका अनुसार आइतबार भएको उक्त कारबाहीमा युक्रेनी सेनाले सातवटा स्वदेशमै निर्मित ड्रोन प्रयोग गरेको थियो ।

सोमबार सामाजिक सञ्जाल एक्समार्फत उहाँले आक्रमणमा रुसी कर्भेट युद्धपोत डुबेको दाबी गरे । उक्त जहाज सन् २०२३ मा सेवामा प्रवेश गरेको रुसको पछिल्लो युद्धपोत रहेको उनले बताए। आक्रमणमा रुसी मालवाहक जहाज एमभी अङ्गरालाई समेत निशाना बनाइएको र केए–२७ सैन्य हेलिकप्टर नष्ट भएको उनको भनाइ छ । उक्त जहाज मस्कोले हतियार ढुवानीमा प्रयोग गर्दै आएको उनले दाबी गरे ।

जेलेन्स्कीले युक्रेनको सुरक्षा सेवा (एसबीयू) र अन्य रक्षा बललाई धन्यवाद दिँदै निर्धारित लक्ष्य हासिल भएको बताए। रुसको आक्रमणको जवाफमा युक्रेनले आफ्नो सैन्य कारबाही र हतियार विकास जारी राख्ने उनले उल्लेख गरे।

यसअघि पूर्वी लिबियाका दुई अधिकारीले समुद्री ड्रोन आक्रमणबाट बेनगाजीस्थित रुसी नौसेनाको कर्भेटमा गम्भीर क्षति पुगेको बताएका थिए । स्थानीय बासिन्दाले आइतबार बिहान विस्फोटको आवाज सुनेका र नौसैनिक अड्डामा आगो लागेको देखेका थिए । अधिकारीहरूका अनुसार नागरिक सुरक्षा टोलीले घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको थियो ।

लिबियाली अधिकारीहरूको विज्ञप्तिअनुसार उक्त युद्धपोत इन्धन भर्न र आपूर्ति लिन अड्डामा रोकिएको थियो । यसको उपस्थिति रुस तथा पूर्वी लिबियास्थित सरकारबीचको सहयोग सम्झौतासँग सम्बन्धित रहेको बताइएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
4h ago
किएभ क्षेत्रमा रुसी आक्रमणमा १४ जनाको मृत्यु

किएभ क्षेत्रमा रुसी आक्रमणमा १४ जनाको मृत्यु

युक्रेनको किएभ क्षेत्रमा रुसी हवाई आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने १५ जनाभन्दा बढी घाइते भएका छन् ।

#रुसी #आक्रमण
Compare →
Hamro Patro News
8h ago
रुसी आक्रमण तीव्र भएपछि प्याट्रियट क्षेप्यास्त्र दिन अमेरिकासँग जेलेन्स्कीको आग्रह

रुसी आक्रमण तीव्र भएपछि प्याट्रियट क्षेप्यास्त्र दिन अमेरिकासँग जेलेन्स्कीको आग्रह

किएभ । देशका २० वटा क्षेत्रमा एक सातासम्म निरन्तर रुसी आक्रमण भएपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘प्याट्रियट’ प्रतिरक्षा क्षेप्यास्त्र आपूर्ति स्वीकृत गर्न अमेरिकासँग आग्रह गरेका छन्।...

#रुसी #आक्रमण
Compare →
Nagarik News
3d ago
रुसको भीषण क्षेप्यास्त्र आक्रमणः किएभका तीन पुलमा क्षति, आठ जनाको मृ'त्यु

रुसको भीषण क्षेप्यास्त्र आक्रमणः किएभका तीन पुलमा क्षति, आठ जनाको मृ'त्यु

रुसले युक्रेनका विभिन्न सहरलाई लक्षित गरी रातभर गरेको भीषण क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको छ।

#आक्रमण
Compare →
Bizshala
5d ago
ट्याङ्करमाथि आक्रमण र अमेरिकी भण्डार घट्ने अनुमानले बढ्यो तेलको मूल्य

ट्याङ्करमाथि आक्रमण र अमेरिकी भण्डार घट्ने अनुमानले बढ्यो तेलको मूल्य

काठमाडौँ । मध्यपूर्वमा तेल ट्याङ्करमाथि आक्रमण जारी रहनु र अमेरिकी कच्चा तेलको भण्डार घट्ने अपेक्षाले मंगलबार...

#आक्रमण
Compare →

Related Stories

World News
Build #2612