Trending
Prev Story
Next Story

ड्रोन आक्रमणले रुसी कार्गो जहाजमा आगजनी

Ekantipur •
November 22, 2026 • 05:32 AM
2
2 reads 0 reactions

फिनल्यान्डको रक्षा बलका अनुसार रुसको गोगल्यान्ड टापुको पश्चिममा रहेको अन्तर्राष्ट्रिय जलक्षेत्रमा जहाजमाथि आक्रमण भएको हो

ड्रोन आक्रमणले रुसी कार्गो जहाजमा आगजनी

फिनल्यान्डको रक्षा बलका अनुसार रुसको गोगल्यान्ड टापुको पश्चिममा रहेको अन्तर्राष्ट्रिय जलक्षेत्रमा जहाजमाथि आक्रमण भएको हो

काठमाडौँ — बाल्टिक सागरमा शनिबार रुसी सेनाको एक कार्गो जहाजमा ड्रोन आक्रमण हुँदा आगलागी भएको छ । उक्त आक्रमण युक्रेनले गरेको हुनसक्ने फिनल्यान्डको आशंका  छ । आक्रमणपछि 'स्पार्टा–२' नामक उक्त जहाज बग्दै फिनल्यान्डको जलक्षेत्रमा प्रवेश गरेको थियो ।

जहाजमा सवार १६ जना चालक दलका सदस्यहरू लाइफबोटमार्फत नजिकैको अर्को रुसी जहाजमा सरेर सुरक्षित रूपमा रुस फर्किरहेका छन् । रुसको उत्तरपश्चिमी लेनिनग्राद क्षेत्रमा युक्रेनले ड्रोन आक्रमण तीव्र पारेसँगै नेटो राष्ट्रहरूको सीमामा समेत युद्धको त्रास बढेको छ ।

फिनल्यान्डको रक्षा बलका अनुसार रुसको गोगल्यान्ड टापुको पश्चिममा रहेको अन्तर्राष्ट्रिय जलक्षेत्रमा उक्त जहाजमाथि आक्रमण भएको हो । आगो निभाउने कार्य जारी रहेकाले फिनल्यान्डले उद्धार कार्यको नेतृत्व गरिरहेको छ । यसैक्रममा एक रुसी हेलिकप्टरले फिनल्यान्डको हवाई क्षेत्र उल्लंघन गरेको आशंका समेत गरिएको छ ।

घटनापछि पूर्वी गल्फ अफ फिनल्यान्डमा अस्थायी हवाई तथा सामुद्रिक प्रतिबन्ध लगाइएको छ । नेटोको सुरक्षाका लागि स्विडेनका लडाकु विमानहरू परिचालन गरिएका छन् भने इस्टोनियाले उद्धार तथा प्रदूषण नियन्त्रणका लागि जलसेनाको जहाज पठाएको छ । यसबारे युक्रेनले तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1d ago
रुसद्वारा युक्रेनको किभमा मिसाइल र ड्रोन आक्रमण, कम्तीमा ९ जनाको मृत्यु

रुसद्वारा युक्रेनको किभमा मिसाइल र ड्रोन आक्रमण, कम्तीमा ९ जनाको मृत्यु

रुसले युक्रेनको राजधानी किभमा पुल र रेलवे स्टेसनलाई निशाना बनाउँदै रातभर ठूलो स्तरमा आक्रमण गरेको छ । आक्रमणमा ब्यालिस्टिक क्षेप्यास्त्रसमेत प्रयोग गरिएको थियो । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसलाई युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो आक्रमणमध्ये एक …

#आक्रमण #रुस #ड्रोन
Compare →
Hamro Patro News
1d ago
रुसी आक्रमणमा किएभका तीन पुलमा क्षति, युक्रेनमा आठ जनाको मृत्यु

रुसी आक्रमणमा किएभका तीन पुलमा क्षति, युक्रेनमा आठ जनाको मृत्यु

रुसले युक्रेनका विभिन्न सहरमा रातभर गरेको ठूलो क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको छ। आक्रमणका क्रममा राजधानी किएभका नीपर नदीमाथिका तीनवटा महत्त्वपूर्ण पुलमा क्षति पुगेको ...

#आक्रमण #रुस #रुसी
Compare →
Nagarik News
4d ago
कुवेतमा ड्रोन आक्रमण, अमेरिकाले गर्‍यो इरानको क्षेप्यास्त्र केन्द्रमा हमला

कुवेतमा ड्रोन आक्रमण, अमेरिकाले गर्‍यो इरानको क्षेप्यास्त्र केन्द्रमा हमला

यसैबिच, बहराइनले इरानमाथि 'आपराधिक आक्रमण' गरेको आरोप लगाउँदै नागरिकलाई शान्त रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।

#आक्रमण #ड्रोन
Compare →
Bizshala
4d ago
ट्याङ्करमाथि आक्रमण र अमेरिकी भण्डार घट्ने अनुमानले बढ्यो तेलको मूल्य

ट्याङ्करमाथि आक्रमण र अमेरिकी भण्डार घट्ने अनुमानले बढ्यो तेलको मूल्य

काठमाडौँ । मध्यपूर्वमा तेल ट्याङ्करमाथि आक्रमण जारी रहनु र अमेरिकी कच्चा तेलको भण्डार घट्ने अपेक्षाले मंगलबार...

#आक्रमण
Compare →

Related Stories

World News
Build #2612