Trending
Prev Story
Next Story

दिल्लीको होटलमा ४५ दिनदेखि बन्धक तीन नेपालीको उद्धार

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

७ मंसिर, काठमाडौं ।  वैदेशिक रोजगारीको सपना देखाएर सर्बिया पठाउने प्रलोभनमा ४५ दिनदेखि दिल्लीको होटलमा बन्धक तीन नेपालीको उद्धार भएको छ। सगरमाथा आरोही कल्पना महर्जनका अनुसार सर्बिया पठाइदिने प्रलोभन देखाएर भारतको राजधानी नयाँ दिल्लीस्थित एक होटलको …

दिल्लीको होटलमा ४५ दिनदेखि बन्धक तीन नेपालीको उद्धार

७ मंसिर, काठमाडौं ।  वैदेशिक रोजगारीको सपना देखाएर सर्बिया पठाउने प्रलोभनमा ४५ दिनदेखि दिल्लीको होटलमा बन्धक तीन नेपालीको उद्धार भएको छ।

सगरमाथा आरोही कल्पना महर्जनका अनुसार सर्बिया पठाइदिने प्रलोभन देखाएर भारतको राजधानी नयाँ दिल्लीस्थित एक होटलको कोठामा बन्धक बनाएर राखिएका उनीहरूलाई सामाजिक संस्था किन इण्डियासहित सम्बन्धित निकायको संयुक्त पहलमा शनिबार सकुशल उद्धार गरिएको हो।

आरोही महर्जनले भने, ‘घटनाबारे जानकारी प्राप्त भएपछि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो, नेपाली राजदूतावास, नयाँदिल्ली, दिल्ली प्रहरी तथा किन इण्डिया संस्थाले तत्काल सक्रियता देखाएका थिए, सम्बन्धित निकायबीचको समन्वय र संयुक्त प्रयासपछि तीनै जना नेपाली नागरिकलाई बन्धक अवस्थाबाट सकुशल उद्धार गर्न सफल भयौँ।’

सामाजिक संस्था किन इन्डियाका निर्देशक नवीन जोशीका अनुसार वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने आश्वासन दिएर अवैध मानव ओसारपसार समूहले उनीहरूलाई दिल्ली पुर्‍याएको थियो। जोशीले घटनाबारे जानकारी प्राप्त भएपछि सम्बन्धित निकायसँग तत्काल समन्वय गरी उद्धारका लागि पहल गरिएको बताए।

उनका अनुसार, रोजगारीको प्रलोभनमा पारेर नेपाली नागरिकलाई शोषण तथा बेचबिखनको जोखिममा पार्ने यस्ता घटनाप्रति राज्यका निकाय थप सचेत र जिम्मेवार बन्न आवश्यक देखिएको छ। यस उद्धार अभियानमा मानव बेचबिखन अनुसन्धान ब्यूरो, नेपाली राजदूतावास, नयाँदिल्ली तथा दिल्ली प्रहरी र सामाजिक संस्था किन इण्डियाको सहकार्य रहेको जानकारी दिइएको छ। रासस

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1h ago
दिल्लीमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

दिल्लीमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

वैदेशिक रोजगारीको सुन्दर सपना देखाएर सर्बिया पठाउने प्रलोभनमा ४५ दिनदेखि दिल्लीको होटलमा बन्धक तीन नेपालीको उद्धार भएको छ।

#दिल्ली #बन्धक #उद्धार
Compare →
Hamro Patro News
1d ago
यस्तो छ प्रधानमन्त्री बालेन बस्ने ताज होटल

यस्तो छ प्रधानमन्त्री बालेन बस्ने ताज होटल

दिल्ली । प्रधानमन्त्री वालेन्द्र शाह बालेन आज आइतबार अपराह्न दुई दिने भ्रमणका लागि नयाँ दिल्ली आइपुग्दैछन् । उनको बसाइ ताज होटलमा हुने तय भएको छ । उनी विमानस्थलबाट सिधै होटल पुग्ने बताइएको छ। प्र...

#होटल #दिल्ली
Compare →
Ekantipur
1d ago
दिल्लीमा प्रधानमन्त्री शाहलाई भारतीय राज्यमन्त्रीले गरे स्वागत

दिल्लीमा प्रधानमन्त्री शाहलाई भारतीय राज्यमन्त्रीले गरे स्वागत

इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले प्रधानमन्त्री शाहलाई स्वागत गरे ।

#दिल्ली
Compare →
Arthasansar
1d ago
प्रधानमन्त्री बालेनको स्वागतमा सजियो नयाँदिल्ली,नेपाली भाषामा पनि स्वागत सन्देश

प्रधानमन्त्री बालेनको स्वागतमा सजियो नयाँदिल्ली,नेपाली भाषामा पनि स्वागत सन्देश

दुईदिने राजकीय भ्रमणका लागि आज भारत प्रस्थान गर्न लागेका प्रधानमन्त्री वालेन्द्र शाहको स्वागतमा भारतको राजधानी नयाँ दिल्लीलाई सजाइएको छ ।...

#दिल्ली
Compare →

Related Stories

National (Nepal)
Build #2612