Trending
Prev Story
Next Story

दिल्लीमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

Nagarik News •
November 23, 2026 • 12:31 PM
4
4 reads 0 reactions

वैदेशिक रोजगारीको सुन्दर सपना देखाएर सर्बिया पठाउने प्रलोभनमा ४५ दिनदेखि दिल्लीको होटलमा बन्धक तीन नेपालीको उद्धार भएको छ।

दिल्लीमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

वैदेशिक रोजगारीको सुन्दर सपना देखाएर सर्बिया पठाउने प्रलोभनमा ४५ दिनदेखि दिल्लीको होटलमा बन्धक तीन नेपालीको उद्धार भएको छ।

सगरमाथा आरोही कल्पना महर्जनका अनुसार सर्बिया पठाइदिने प्रलोभन देखाएर भारतको राजधानी नयाँ दिल्लीस्थित एक होटलको कोठामा बन्धक बनाएर राखिएका उनीहरूलाई सामाजिक संस्था किन इण्डियासहित सम्बन्धित निकायको संयुक्त पहलमा शनिबार सकुशल उद्धार गरिएको हो।

आरोही महर्जनले भनिन्, ‘घटनाबारे जानकारी प्राप्त भएपछि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो, नेपाली राजदूतावास, नयाँदिल्ली, दिल्ली प्रहरी तथा किन इण्डिया संस्थाले तत्काल सक्रियता देखाएका थिए, सम्बन्धित निकायबीचको समन्वय र संयुक्त प्रयासपछि तीनै जना नेपाली नागरिकलाई बन्धक अवस्थाबाट सकुशल उद्धार गर्न सफल भयौँ।’

सामाजिक संस्था किन इन्डियाका निर्देशक नवीन जोशीका अनुसार वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने आश्वासन दिएर अवैध मानव ओसारपसार समूहले उनीहरूलाई दिल्ली पुर्‍याएको थियो।

जोशीले घटनाबारे जानकारी प्राप्त भएपछि सम्बन्धित निकायसँग तत्काल समन्वय गरी उद्धारका लागि पहल गरिएको बताइन्।

उनका अनुसार रोजगारीको प्रलोभनमा पारेर नेपाली नागरिकलाई शोषण तथा बेचबिखनको जोखिममा पार्ने यस्ता घटनाप्रति राज्यका निकाय थप सचेत र जिम्मेवार बन्न आवश्यक देखिएको छ।

यस उद्धार अभियानमा मानव बेचबिखन अनुसन्धान ब्यूरो, नेपाली राजदूतावास, नयाँदिल्ली तथा दिल्ली प्रहरी र सामाजिक संस्था किन इण्डियाको सहकार्य रहेको जानकारी दिइएको छ।

प्रकाशित: ७ मंसिर २०८३ १८:१६ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
3d ago
दिल्लीको होटलमा ४५ दिनदेखि बन्धक तीन नेपालीको उद्धार

दिल्लीको होटलमा ४५ दिनदेखि बन्धक तीन नेपालीको उद्धार

७ मंसिर, काठमाडौं ।  वैदेशिक रोजगारीको सपना देखाएर सर्बिया पठाउने प्रलोभनमा ४५ दिनदेखि दिल्लीको होटलमा बन्धक तीन नेपालीको उद्धार भएको छ। सगरमाथा आरोही कल्पना महर्जनका अनुसार सर्बिया पठाइदिने प्रलोभन देखाएर भारतको राजधानी नयाँ दिल्लीस्थित एक होटलको …

#दिल्ली #बन्धक #उद्धार
Compare →
Ekantipur
3d ago
सर्लाहीमा अपहरण गरी बन्धक बनाइएका युवकको सकुशल उद्धार, चार जना पक्राउ

सर्लाहीमा अपहरण गरी बन्धक बनाइएका युवकको सकुशल उद्धार, चार जना पक्राउ

गत कात्तिक २७ गते राति करिब १० बजे गोडैता नगरपालिका–९ निवासी ३७ वर्षीय सुनील कुमार रायलाई कौडेना गाउँपालिका–२, फूलपरासीस्थित स्थानबाट अपहरण गरिएको थियो ।

#बन्धक #बनाइए #उद्धार
Compare →
Hamro Patro News
6h ago
नयाँ दिल्लीमा बालेनको कूटनीतिक परीक्षा : मोदीसँग हैदरावाद हाउसमा निर्णायक वार्ता

नयाँ दिल्लीमा बालेनको कूटनीतिक परीक्षा : मोदीसँग हैदरावाद हाउसमा निर्णायक वार्ता

काठमाडौँ । औपचारिक भ्रमणका क्रममा आइतबार नयाँ दिल्ली उत्रिएका नेपालका प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले सोमबार बिहानैबाट उच्चस्तरीय कूटनीतिक भेटवार्तालाई तीव्रता दिएका छन्। भ्रमणको दोस्रो दिन ...

#दिल्ली
Compare →
Arthasansar
1d ago
प्रधानमन्त्री बालेनको स्वागतमा सजियो नयाँदिल्ली,नेपाली भाषामा पनि स्वागत सन्देश

प्रधानमन्त्री बालेनको स्वागतमा सजियो नयाँदिल्ली,नेपाली भाषामा पनि स्वागत सन्देश

दुईदिने राजकीय भ्रमणका लागि आज भारत प्रस्थान गर्न लागेका प्रधानमन्त्री वालेन्द्र शाहको स्वागतमा भारतको राजधानी नयाँ दिल्लीलाई सजाइएको छ ।...

#दिल्ली
Compare →

Related Stories

National (Nepal)
Build #2612