Trending
Prev Story
Next Story

इन्डोनेसियाको मिठाई कारखानामा आगलागी हुँदा तीन जनाको मृत्यु, ३६ जना बेपत्ता

Ekantipur •
November 22, 2026 • 07:33 AM
2
2 reads 0 reactions

स्थानीय उद्धार अधिकारीका अनुसार शनिबार दिउँसो सेराङ जिल्लास्थित फोनुसा अगुङ मुलिया कारखानामा आगलागी भएको हो

इन्डोनेसियाको मिठाई कारखानामा आगलागी हुँदा तीन जनाको मृत्यु, ३६ जना बेपत्ता

स्थानीय उद्धार अधिकारीका अनुसार शनिबार दिउँसो सेराङ जिल्लास्थित फोनुसा अगुङ मुलिया कारखानामा आगलागी भएको हो

काठमाडौँ — इन्डोनेसियाको राजधानी जकार्ताको पश्चिममा रहेको एक मिठाई उत्पादन गर्ने कारखानामा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता भएका छन् ।

स्थानीय उद्धार अधिकारीका अनुसार शनिबार दिउँसो सेराङ जिल्लास्थित फोनुसा अगुङ मुलिया कारखानामा आगलागी भएको हो। उक्त स्थान राजधानी जकार्ताबाट करिब ५० किलोमिटर पश्चिममा पर्दछ ।

आगलागीमा परी चार जना घाइते भएका छन् । उनीहरूलाई नजिकैको अस्पताल तथा स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको उद्धार अधिकारी रिज्की द्वियान्तोले जानकारी दिए ।

उनका अनुसार बेपत्ताहरूको खोजीका लागि उद्धार टोली परिचालन गरिएको छ । उद्धार कार्यमा संलग्न कर्मचारीको सुरक्षालाई प्राथमिकता दिँदै खोजी तीव्र पारिएको उनले बताए । आगलागीबाट कारखानाको ठूलो भाग ध्वस्त भएको छ ।

भवनको छाना केही स्थानमा भत्किएको छ भने घटनास्थलबाट अझै धुवाँ निस्किरहेको दृश्य सार्वजनिक भएका छन् ।स्थानीय अग्नि नियन्त्रण अधिकारी टुबागुस मचफुज्दका अनुसार शनिबार अपराह्न ४:३० बजे आगलागीको सूचना प्राप्त भएको थियो ।

दमकल घटनास्थल पुग्दा भवनको ठूलो भाग आगोको चपेटामा परिसकेको थियो । बान्तेन प्रान्तका गभर्नर आन्द्रा सोनीले आगलागी हुँदा कारखानाभित्र करिब ६० जना रहेको अनुमान गरिएको बताएका छन् ।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको स्थानीय विपद् व्यवस्थापन निकायले जनाएको छ। इन्डोनेसियामा औद्योगिक तथा भवनमा हुने आगलागीका घटना यसअघि पनि भएका छन्।

गत वर्ष डिसेम्बरमा जकार्ताको साततले भवनमा आगलागी हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको थियो। सन् २०२३ मा निकेल प्रशोधन कारखानामा भएको विस्फोटमा १३ जनाको ज्यान गएको थियो।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
47m ago
इन्डोनेसियाको मिठाई कारखानामा आगलागी हुँदा तीन जनाको मृत्यु, ३६ जना बेपत्ता

इन्डोनेसियाको मिठाई कारखानामा आगलागी हुँदा तीन जनाको मृत्यु, ३६ जना बेपत्ता

इन्डोनेसियाको मिठाई कारखानामा आगलागी हुँदा तीन जनाको मृत्यु, ३६ जना बेपत्ता स्थानीय उद्धार अधिकारीका अनुसार शनिबार दिउँसो सेराङ जिल्लास्थित फोनुसा अगुङ मुलिया कारखानामा आगलागी भएको हो मंसिर ६, २०...

#आगलागी #कारखाना #इन्डोनेसिया
Compare →
Nagarik News
53m ago
इन्डोनेसियाको मिठाई कारखानामा आ’गलागी हुँदा तीन जनाको मृ’त्यु, ३६ बेपत्ता

इन्डोनेसियाको मिठाई कारखानामा आ’गलागी हुँदा तीन जनाको मृ’त्यु, ३६ बेपत्ता

इन्डोनेसियाको राजधानी जकार्ताको पश्चिममा रहेको एक मिठाई उत्पादन गर्ने कारखानामा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता भएका छन्।

#आगलागी #कारखाना #उद्धार
Compare →
Onlinekhabar
1d ago
इराकको विद्युत् केन्द्रमा विस्फोट हुँदा चार जनाको मृत्यु, ३० घाइते

इराकको विद्युत् केन्द्रमा विस्फोट हुँदा चार जनाको मृत्यु, ३० घाइते

इराकको दक्षिणी सहर बस्रास्थित एक विद्युत् उत्पादन केन्द्रमा विस्फोटपछि आगलागी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरेका छन् । इराकी सुरक्षा अधिकारीहरूका …

#अधिकारी #जनाको #मृत्यु
Compare →
Bizshala
1d ago
बंगलादेशमा राजनीतिक हिंसा चर्कियो, चार जनाको मृत्यु र देशभर आगजनी : हसिनाको पार्टीमाथि सरकारको गम्भीर आरोप

बंगलादेशमा राजनीतिक हिंसा चर्कियो, चार जनाको मृत्यु र देशभर आगजनी : हसिनाको पार्टीमाथि सरकारको गम्भीर आरोप

काठमाण्डौ । बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिना नेतृत्वको अवामी लिगले आह्वान गरेको देशव्यापी बन्दका क्रममा...

#जनाको #मृत्यु
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612