Trending
Prev Story
Next Story

खाद्य सुरक्षाका लागि स्थानीय उत्पादनमा जोड दिनुपर्छ: होगन

Ekantipur •
November 23, 2026 • 11:32 AM
4
4 reads 0 reactions

किसानका आवश्यकता र स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै कृषि कार्यक्रमका लागि पर्याप्त बजेट व्यवस्था गर्नुपर्ने उनको धारणा छ

खाद्य सुरक्षाका लागि स्थानीय उत्पादनमा जोड दिनुपर्छ: होगन

किसानका आवश्यकता र स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै कृषि कार्यक्रमका लागि पर्याप्त बजेट व्यवस्था गर्नुपर्ने उनको धारणा छ

नयाँ दिल्ली — द्वन्द्व, आपूर्ति शृङ्खलामा अवरोध र कृषि सामग्रीको बढ्दो मूल्यले खाद्य सुरक्षामा चुनौती थपिरहेका बेला स्थानीय उत्पादन र कृषि क्षेत्रको उत्थानशीलता बलियो बनाउनुपर्ने संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) का महानिर्देशक पदका उम्मेदवार फिल होगनले बताएका छन् ।

एएनआईसँग कुरा गर्दै उनले हर्मुज जलघाँटी र कृष्ण सागर क्षेत्रका द्वन्द्वले मल तथा ऊर्जाको मूल्य बढाउँदा विश्वभरका किसान प्रभावित भएको बताए । स्थानीय उत्पादन सुरक्षित भए विश्वव्यापी खाद्य सुरक्षा पनि बलियो हुने उनको भनाइ छ ।

होगनले एफएओको मुख्यालयमा मात्र निर्णय केन्द्रित नगरी क्षेत्रीय तथा देशगत कार्यालयलाई सुदृढ बनाउनुपर्ने बताए ।

किसानका आवश्यकता र स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै कृषि कार्यक्रमका लागि पर्याप्त बजेट व्यवस्था गर्नुपर्ने उनको धारणा छ ।

उनले खाद्य सुरक्षालाई विश्वव्यापी राजनीतिक तथा सुरक्षा छलफलको केन्द्रमा राख्न, जलवायु परिवर्तनसँग जुध्न तथा डिजिटल कृषि र कृत्रिम बौद्धिकता (एआई) को प्रयोग विस्तार गर्नुपर्नेमा जोड दिए ।

प्रविधिको लाभ साना किसानसम्म पुर्‍याउनुपर्ने र कृषि क्षेत्रबाट विशेषगरी अफ्रिका तथा भारतमा रोजगारी सिर्जना गर्नुपर्ने उनले बताए ।

भारतसँग डिजिटल कृषि, चक्रीय तथा जैविक अर्थतन्त्रमा पर्याप्त विशेषज्ञता रहेको उल्लेख गर्दै होगनले विकासशील देशको लाभका लागि दक्षिण–दक्षिण सहकार्य विस्तार गर्न नयाँदिल्लीसँग काम गर्ने इच्छा व्यक्त गरे ।

महानिर्देशक पदको उम्मेदवारीका लागि समर्थन जुटाउन भारत पुग्नुभएका होगनले त्यहाँका कृषि तथा विदेश मामिला मन्त्रालयका अधिकारीसँग भेट गरी एफएओका कार्यक्रम र कार्यान्वयन प्रणाली सुधारबारे छलफल गरिरहेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
21h ago
अफगानिस्तानमा कोइला खानीको सुरक्षा र उत्पादनमा सुधार

अफगानिस्तानमा कोइला खानीको सुरक्षा र उत्पादनमा सुधार

अफगानिस्तानका कोइला खानीमा आधुनिक उपकरण र सुरक्षा मापदण्ड लागू गरिएपछि मजदुरको जोखिम घट्नुका साथै उत्पादन र राजस्व बढ्न थालेको छ । सरकारी प्रयासले खानी सञ्चालनलाई व्यवस्थित बनाउँदै काम गर्ने वातावर...

#उत्पादन #सुरक्षा
Compare →
Bizshala
3d ago
कृषिमा ४ खर्ब ४१ अर्बको आयात घटाउन यान्त्रिकीकरणमा जोड, स्वदेशमै उपकरण उत्पादन गर्न मन्त्रीको आग्रह

कृषिमा ४ खर्ब ४१ अर्बको आयात घटाउन यान्त्रिकीकरणमा जोड, स्वदेशमै उपकरण उत्पादन गर्न मन्त्रीको आग्रह

काठमाण्डौ । कृषि उत्पादन र उत्पादकत्व बढाउँदै आयातमाथिको निर्भरता घटाउन आधुनिक कृषि प्रविधि तथा यान्त्रिकीकरणको...

#उत्पादन #कृषि #जोड
Compare →
Onlinekhabar
3d ago
हुथी विद्रोहीले अन्तर्राष्ट्रिय सुरक्षामै खतरा निम्त्याएको यमन सरकारको आरोप

हुथी विद्रोहीले अन्तर्राष्ट्रिय सुरक्षामै खतरा निम्त्याएको यमन सरकारको आरोप

यमनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारले हुथी विद्रोही समूहले अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षामै खतरा निम्त्याएको आरोप लगाएको छ। सरकारले हुथी समूहबाट उत्पन्न खतरा अब यमन र क्षेत्रीय सीमामा मात्र सीमित नरहेको भन्दै अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षाका लागि प्रत्यक्ष …

#सुरक्षा
Compare →
Nagarik News
3d ago
स्वास्थ्य प्रवर्द्धनलाई राष्ट्रिय स्वास्थ्य प्रणालीको प्राथमिकतामा राख्नुपर्नेमा मन्त्री मेहताको जोड

स्वास्थ्य प्रवर्द्धनलाई राष्ट्रिय स्वास्थ्य प्रणालीको प्राथमिकतामा राख्नुपर्नेमा मन्त्री मेहताको जोड

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य प्रवर्द्धनलाई राष्ट्रिय स्वास्थ्य प्रणालीको महत्वपूर्ण प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताएकी छन्।

#खाद्य #जोड
Compare →

Related Stories

World News
Build #2612