Trending
Prev Story
Next Story

स्वास्थ्य प्रवर्द्धनलाई राष्ट्रिय स्वास्थ्य प्रणालीको प्राथमिकतामा राख्नुपर्नेमा मन्त्री मेहताको जोड

Nagarik News •
November 20, 2026 • 05:41 AM
4
4 reads 0 reactions

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य प्रवर्द्धनलाई राष्ट्रिय स्वास्थ्य प्रणालीको महत्वपूर्ण प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताएकी छन्।

स्वास्थ्य प्रवर्द्धनलाई राष्ट्रिय स्वास्थ्य प्रणालीको प्राथमिकतामा राख्नुपर्नेमा मन्त्री मेहताको जोड

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य प्रवर्द्धनलाई राष्ट्रिय स्वास्थ्य प्रणालीको महत्वपूर्ण प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताएकी छन्।

प्रथम राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन सम्मेलन, २०२६ लाई सम्बोधन गर्दै मन्त्री मेहताले स्वास्थ्यलाई अस्पताल, उपचार र औषधिमा मात्र सीमित राख्न नहुने बताइन्। उनले रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिने स्वस्थ र अनुकूल वातावरण निर्माण गर्नु प्रभावकारी र दिगो हुने उल्लेख गर्नुभयो। मानिसको स्वास्थ्य उसको सामाजिक,  आर्थिक तथा वातावरणीय अवस्थासँग समेत जोडिने भएकाले ती पक्षलाई सम्बोधन गर्नु स्वास्थ्य प्रवर्द्धनको मुख्य उद्देश्य हुनुपर्ने उनको भनाइ थियो।

मन्त्री मेहताले उच्च रक्तचाप, मधुमेह, मुटु तथा श्वासप्रश्वाससम्बन्धी दीर्घरोग, मानसिक स्वास्थ्य समस्या, सडक दुर्घटना, वायु प्रदूषण तथा जलवायु परिवर्तनबाट सिर्जित स्वास्थ्य जोखिम न्यूनीकरणका लागि स्वास्थ्य क्षेत्रको एकल प्रयास पर्याप्त नहुने बताइन्। यसका लागि शिक्षा, कृषि, खानेपानी, शहरी विकास, स्थानीय सरकार,  सञ्चारमाध्यम र निजी क्षेत्रबीच समन्वय र सहकार्य आवश्यक रहेको उनले उल्लेख गरिन्।

सबै नीतिमा स्वास्थ्यको अवधारणालाई व्यवहारमा कार्यान्वयन गर्दै स्वास्थ्यलाई सबै क्षेत्रका नीति, योजना तथा कार्यक्रमको अभिन्न हिस्सा बनाउनुपर्नेमा उनले जोड दिइन्।

संघीय संरचनामा स्वास्थ्य प्रवर्द्धनको जिम्मेवारी तीनै तहका सरकारमा रहेको उल्लेख गर्दै मन्त्री मेहताले स्थानीय आवश्यकता, भाषा, संस्कृति र परिवेशअनुसार कार्यक्रम सञ्चालन गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताइन्। यसका लागि तीनै तहका सरकारबीच समन्वय, स्रोतसाधनको सुनिश्चितता तथा संस्थागत र प्राविधिक क्षमता विकासमा जोड दिनुपर्ने उनको भनाइ थियो।

स्वास्थ्य प्रवर्द्धनलाई स्थापित पेसागत तथा शैक्षिक विधाका रूपमा विकास गर्न दक्ष जनशक्ति उत्पादन, अनुसन्धानको विस्तार र प्रमाणमा आधारित अभ्यासलाई प्रोत्साहन गर्नुपर्ने उनले बताइन्। सम्मेलनले सन् २०३० सम्मका लागि नेपालको स्वास्थ्य प्रवर्द्धनका प्राथमिकता निर्धारण, स्वास्थ्य प्रवर्द्धन प्रणालीको सुदृढीकरण, दिगो लगानी, स्वास्थ्य सेवामा समान पहुँच तथा जवाफदेहितालगायत विषयमा छलफल गरेको छ।

प्रकाशित: ४ मंसिर २०८३ ११:२६ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
2d ago
एन्टिबायोटिक औषधिको प्रभाव घट्दै जाँदा सामान्य संक्रमणको उपचार जटिल बन्न सक्ने - स्वास्थ्य मन्त्री निशा मेहता

एन्टिबायोटिक औषधिको प्रभाव घट्दै जाँदा सामान्य संक्रमणको उपचार जटिल बन्न सक्ने - स्वास्थ्य मन्त्री निशा मेहता

काठमाण्डौ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रतिजैविक औषधिप्रतिको प्रतिरोध क्षमता बढ्दै जानु...

#मेहता #खाद्य
Compare →
Onlinekhabar
6h ago
विपद्को पूर्वसूचना दिने ‘सेल ब्रोडकास्टिङ’ प्रणाली परीक्षण गरिँदै, सिमकार्ड र इन्टरनेटविना पनि काम गर्ने

विपद्को पूर्वसूचना दिने ‘सेल ब्रोडकास्टिङ’ प्रणाली परीक्षण गरिँदै, सिमकार्ड र इन्टरनेटविना पनि काम गर्ने

४ मंसिर, काठमाडौं । सिमकार्ड र इन्टरनेट जडान नगरिएका मोबाइलमा पनि विपद्‍को सन्देश प्राप्त हुने ‘सेल ब्रोडकास्टिङ’ प्रणालीको आज काठमाडौंमा परीक्षण गरिँदैछ । विपद्को समयमा नागरिकलाई मोबाइल फोनमार्फत तत्काल पूर्वसूचना उपलब्ध गराउने उद्देश्यले ‘सेल ब्रोडकास्टिङ प्रणाली’ …

#प्रणाली
Compare →
Ekantipur
22h ago
धनकुटा बजारमा दुई खानेपानी प्रशोधन प्रणाली सञ्चालनको तयारी

धनकुटा बजारमा दुई खानेपानी प्रशोधन प्रणाली सञ्चालनको तयारी

एक करोड २० लाख रुपैयाँ लागतका प्रणाली सञ्चालनमा आएपछि धनकुटा नगरपालिकाका-३, ४ र ६ का ११ सय परिवार लाभान्वित हुनेछन्।

#प्रणाली
Compare →
Hamro Patro News
2d ago
मन्त्री मेहताद्वारा स्वास्थ्य संस्थाको अनुगमन

मन्त्री मेहताद्वारा स्वास्थ्य संस्थाको अनुगमन

जनकपुर – मधेस प्रदेशमा स्वास्थ्य सेवालाई प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रदेश सरकारअन्तर्गत सञ्चालित विभिन्न स्वास्थ्य संस्थाको अनुगमन ...

#मेहता
Compare →

Related Stories

Health & Wellness
Build #2612