Trending
Prev Story
Next Story

पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कामलाई तिव्रता दिने सहमति

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
5
5 reads 0 reactions

७ मंसिर, काठमाडौं । नेपाल र भारतबीच पञ्चेश्वर तथा सप्तकोसी र सुनकोसी बहुउद्देश्यीय आयोजनालगायत निर्माणाधीन र प्रस्तावित जलविद्युत् तथा बहुउद्देश्यीय आयोजनाहरूको कार्यान्वयनलाई तिव्रता दिने सहमति भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा जारी गरिएको …

पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कामलाई तिव्रता दिने सहमति

७ मंसिर, काठमाडौं । नेपाल र भारतबीच पञ्चेश्वर तथा सप्तकोसी र सुनकोसी बहुउद्देश्यीय आयोजनालगायत निर्माणाधीन र प्रस्तावित जलविद्युत् तथा बहुउद्देश्यीय आयोजनाहरूको कार्यान्वयनलाई तिव्रता दिने सहमति भएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा जारी गरिएको ‘विकसित भारत र समुन्नत नेपाल : साझेदारीको पुनर्कल्पना’ विषयक संयुक्त दस्तावेजमा पारस्परिक लाभका लागि जलस्रोतको उपयोग गर्न र बाढीका कारण उत्पन्न हुने प्रतिकूल प्रभाव न्यूनीकरण गर्न यस्ता आयोजनाहरूलाई गति दिने उल्लेख छ।

सहमतिमा ऊर्जा, जलस्रोत तथा जलवायु उत्थानशीलता शीर्षकमा ऊर्जा, जलस्रोत र जलवायु उत्थानशीलताका क्षेत्रमा संस्थागत सहकार्य सुदृढ गर्ने, पारस्परिक लाभकारी साझेदारी प्रवर्द्धन गर्ने तथा दिगो, उत्थानशील र समावेशी विकासतर्फ सहकार्य अघि बढाउने सहमति भएको उल्लेख छ।

विद्युत् क्षेत्र सहकार्यसम्बन्धी भारत–नेपाल संयुक्त भिजन डकुमेन्टअनुरूप भारतले नेपालको जलविद्युत् तथा प्रसारण पूर्वाधारमा थप लगानीलाई प्रोत्साहन गर्नेछ भने नेपालले त्यस्तो लगानीका लागि सक्षम र पारस्परिक लाभकारी ढाँचासहित उपयुक्त सहकार्य र सहजीकरण प्रदान गर्नेछ।

साथै, पारस्परिक लाभ र बजार मागका आधारमा दुई देशबीचको विद्युत् व्यापारलाई थप अभिवृद्धि गर्ने सम्भावनाको खोजी गरिने दस्ताबेजमा जनाइएको छ।

परम्परागत जलविद्युत्का अतिरिक्त सौर्य ऊर्जादेखि भूमिगत ऊर्जासम्मका अतिरिक्त ऊर्जा स्रोतहरूको विकासमा सहकार्य गर्ने सहमति पनि दुई देशबीच भएको छ। यसअन्तर्गत नेपालमा ग्रिन हाइड्रोजनसम्बन्धी पाइलट परियोजनासमेत सञ्चालन गरिनेछ।

विपद् व्यवस्थापन र जलवायु उत्थानशीलताका क्षेत्रमा जीवन, जीविकोपार्जन र पूर्वाधारको रक्षा गर्न विपद् जोखिम न्यूनीकरण, पूर्वसूचना तथा विपद्‌पछिको पुनर्लाभमा सक्रिय साझेदारी गरिने सहमतिमा उल्लेख छ।

यसका लागि जल तथा मौसम विज्ञानसम्बन्धी तथ्याङ्क, हिमताल अनुगमन र पूर्वसूचनाको रियल–टाइम दोहोरो आदानप्रदानलाई संस्थागत गर्ने सहमति भएको छ। दुवै देशका सम्बन्धित निकायहरूबीच संयुक्त मानवीय सहायता तथा विपद् प्रतिकार्य अभ्यास, क्षमता अभिवृद्धि, तालिम र मानवीय सहयोगमार्फत सहकार्य बढाइने सहमतिमा उल्लेख छ ।

यसैगरी, भारतले नीति निर्माण, नियमन, मापदण्ड, वन विज्ञान, जोखिम नक्साङ्कन र जलवायु अनुकूल कृषिजस्ता वातावरणसम्बन्धी क्षेत्रहरूमा नेपाली युवा पेसाकर्मी, अधिकारी र विज्ञहरूको तालिममा सहजीकरण गर्नेछ। भारतले जलाशयहरूको पुनरुत्थान र भूमिगत जल प्रदूषण नियन्त्रण गर्ने विषयमा समेत विशेषज्ञता आदानप्रदान गर्ने सहमति भएको छ।

बहुपक्षीय मञ्चहरूमा सहकार्य विस्तार गर्दै अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए), विपद् उत्थानशील पूर्वाधारका लागि गठबन्धन (सीडीआरआई), इसिमोड र इन्टरनेसनल बिग क्याट एलायन्स (आईबीसीए) भित्र सहकार्य अझ सुदृढ पार्ने प्रतिबद्धता दुवै देशले जनाएका छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
4h ago
६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको बालेन र मोदीले गरे शिलन्यास

६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको बालेन र मोदीले गरे शिलन्यास

प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त रूपमा शिलान्यास गरेका छन्...

#जलविद्युत् #बालेन-शाह #आयोजना
Compare →
Bizshala
4h ago
बालेन–मोदीले गरे ९३ अर्बको तल्लो अरुण जलविद्युत् आयोजना शिलान्यास, नेपालले २१ प्रतिशत बिजुली निःशुल्क पाउने

बालेन–मोदीले गरे ९३ अर्बको तल्लो अरुण जलविद्युत् आयोजना शिलान्यास, नेपालले २१ प्रतिशत बिजुली निःशुल्क पाउने

काठमाण्डौ । नेपाल र भारतबीच ऊर्जा सहकार्यको अर्को महत्वपूर्ण परियोजना औपचारिक निर्माण चरणमा प्रवेश गरेको छ।...

#जलविद्युत् #बालेन-शाह #आयोजना
Compare →
Nagarik News
5h ago
प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको आज संयुक्त रूपमा शिलान्यास गरेका छन्।

#जलविद्युत् #बालेन-शाह #आयोजना
Compare →
Ekantipur
2h ago
तल्लो अरुण जलविद्युत आयोजनानयाँदिल्लीबाट भर्चुअल शिलान्यास, पुखुवामा जनप्रतिनिधिको उपस्थितिमा शिलालेख अनावरण

तल्लो अरुण जलविद्युत आयोजनानयाँदिल्लीबाट भर्चुअल शिलान्यास, पुखुवामा जनप्रतिनिधिको उपस्थितिमा शिलालेख अनावरण

प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीबाट आयोजनाको भर्चुअल रूपमा शिलान्यास गरेपछि पुखुवामा शिलालेख अनावरण गरिएको हो।

#जलविद्युत् #आयोजना
Compare →
Hamro Patro News
22h ago
प्रधानमन्त्री बालेनको भ्रमणले दुई देशको सम्बन्धलाई नयाँ दिशा दिने भारतीय कुटनीतिज्ञको तर्क

प्रधानमन्त्री बालेनको भ्रमणले दुई देशको सम्बन्धलाई नयाँ दिशा दिने भारतीय कुटनीतिज्ञको तर्क

काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाह बालेनको पहिलो भारत भ्रमणले नेपाल–भारत सम्बन्धको आगामी दिशा तय गर्ने भारतीय पूर्वकूटनीतिज्ञ महेश सचदेवले बताएका छन् । नेपालको नयाँ सरकारले भारतसँगको परम्परागत ...

#बालेन-शाह #दिने
Compare →

Related Stories

Politics & Governance
Build #2612