Trending
Prev Story
Next Story

भैरहवाबाट हवाई रुट दिन भारत सहमत, नेपालको दशक लामो प्रयासमा ब्रेक थ्रु

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
4
4 reads 0 reactions

७ मंसिर, नयाँदिल्ली । प्रधानमन्त्री बालेन्द्र शाहको दुई दिने भारत भ्रमणका क्रममा नेपाल र भारतबीच अन्तर्राष्ट्रिय उडानका लागि थप हवाई प्रवेशमार्ग उपलब्ध गराउने विषयमा सहमति भएको छ । सहमतिअनुसार भारतले नेपाललाई भैरहवा रुट उपलब्ध गराउने छ …

भैरहवाबाट हवाई रुट दिन भारत सहमत, नेपालको दशक लामो प्रयासमा ब्रेक थ्रु

७ मंसिर, नयाँदिल्ली । प्रधानमन्त्री बालेन्द्र शाहको दुई दिने भारत भ्रमणका क्रममा नेपाल र भारतबीच अन्तर्राष्ट्रिय उडानका लागि थप हवाई प्रवेशमार्ग उपलब्ध गराउने विषयमा सहमति भएको छ ।

सहमतिअनुसार भारतले नेपाललाई भैरहवा रुट उपलब्ध गराउने छ । संयुक्त विज्ञप्तिको बुँदा नम्बर ८ मा भनिएको छ, ‘हाल एकतर्फी रहेको ‘बी३४५’ काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउन दुवै पक्ष सहमत भएका छन्। यस सम्बन्धमा मोडालिटीलाई अन्तिम रूप दिन तथा हाल छलफलमा रहेका दुवै पक्षका अन्य नागरिक उड्डयनसम्बन्धी प्रस्तावहरूलाई सम्बोधन गर्न प्राविधिक परामर्श गरिनेछ।‘

आज दुई देशबीचका प्रधानमन्त्रीको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा हवाई रुटबारे उल्लेख नगरिए पनि केहीबेरअघि जारी संयुक्त वक्तव्यमा भारतले नेपाललाई भैरहवा रुट उपलब्ध गराउने उल्लेख छ ।

नेपाललाई भैरहवा रुटको अनुमति दिएबापत भारतले पनि नेपालसँग बागडोग्रा एयरपोर्टका लागि हवाई रुट मागेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोमबार भएको द्विपक्षीय वार्तामा नेपालको लामो समयदेखिको हवाई रुटसम्बन्धी माग सम्बोधन गर्ने सहमति जुटेको हो ।

यससँगै नेपालको अन्तर्राष्ट्रिय हवाई उड्डयन क्षेत्रको एउटा महत्त्वपूर्ण कूटनीतिक अवरोध हट्ने अपेक्षा गरिएको छ ।

नेपालले एक दशकभन्दा लामो समयदेखि भारतसँग थप हवाई प्रवेशमार्ग उपलब्ध गराउन माग गर्दै आएको थियो । विशेषगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्न भारतीय आकाश हुँदै नेपाल प्रवेश गर्ने थप रुट आवश्यक रहेको नेपालको तर्क रहँदै आएको थियो ।

हाल अन्तर्राष्ट्रिय उडानका लागि सीमित प्रवेशमार्गमा निर्भर रहनुपर्दा नेपालको हवाई उड्डयन क्षेत्र प्रभावित हुँदै आएको छ ।

नयाँ प्रवेशमार्ग उपलब्ध भएपछि अन्तर्राष्ट्रिय विमान कम्पनीलाई नेपालका क्षेत्रीय विमानस्थलसम्म उडान सञ्चालन गर्न सहज हुने र उड्डयन क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता बढ्ने अपेक्षा छ ।

यसअघि पनि नेपालका प्रधानमन्त्रीहरूको भारत भ्रमणमा हवाई रुटको विषय प्राथमिकताका साथ उठ्ने गरे पनि ठोस सहमति हुन सकेको थिएन ।

प्राविधिक विषयहरू, सुरक्षा तथा हवाई क्षेत्रको व्यवस्थापनसम्बन्धी विषयमा दुई देशबीच मतभिन्नता रहँदै आएको थियो ।

बालेन शाहको भारत भ्रमणमा यो विषयलाई प्राथमिकतामा राखिएको थियो । भ्रमणअघि नै दुवै देशका अधिकारीबीच यसबारे छलफल भइरहेको थियो ।

हवाई रुटमा सहमति जुट्नु नेपालको हवाई पूर्वाधारमा भएको ठूलो लगानीको प्रतिफल प्राप्त गर्ने दिशामा पनि महत्त्वपूर्ण सुरुवात हुनेछ । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरे पनि पर्याप्त अन्तर्राष्ट्रिय उडान रुटको अभावमा अपेक्षित व्यावसायिक गतिविधि हुन नसकेको अवस्थामा यसले नयाँ सम्भावना खोल्न सक्छ ।

खनाल अनलाइनखबरका समाचार सम्पादक हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
36m ago
हवाई रुटदेखि बन्दरगाहसम्म पहुँच विस्तार, प्रधानमन्त्री शाहको भारत भ्रमणमा केके भए सहमति ?

हवाई रुटदेखि बन्दरगाहसम्म पहुँच विस्तार, प्रधानमन्त्री शाहको भारत भ्रमणमा केके भए सहमति ?

भारतबाट नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ विकास सहायता, हवाई रुट दुवैतर्फी बनाउनेदेखि बन्दरगाह, रेलमार्ग, ऊर्जा र पूर्वाधार विकासमा सहकार्य गर्ने लगायतका विषयमा सहमति भएको छ ।

#भारत #हवाई #रुट
Compare →
Nagarik News
1h ago
काठमाडौं-भैरहवा-लखनउ हवाई मार्ग दुवैतर्फ सञ्चालन गर्न नेपाल-भारत सहमत

काठमाडौं-भैरहवा-लखनउ हवाई मार्ग दुवैतर्फ सञ्चालन गर्न नेपाल-भारत सहमत

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको वार्तापछि जारी संयुक्त वक्तव्यमा हवाई सम्पर्क विस्तार गर्ने सहमति भएको उल्लेख छ।

#भारत #हवाई #भैरहवा
Compare →
Arthasansar
32m ago
पारस्परिक सम्मान र अटल विश्वास नेपाल–भारत सम्बन्धका अविच्छिन्न अङ्ग हुन् - प्रधानमन्त्री शाह

पारस्परिक सम्मान र अटल विश्वास नेपाल–भारत सम्बन्धका अविच्छिन्न अङ्ग हुन् - प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भाव नेपाल–भारत सम्बन्धका महत्त्वपूर्ण आधार भएको बताएका छन्। दुई दिने...

#बालेन-शाह #भारत
Compare →
Bizshala
2h ago
नयाँदिल्लीमा बालेन–मोदी नेतृत्वको उच्चस्तरीय वार्ता सम्पन्न, नेपाल–भारत सहकार्यका विषयमा छलफल

नयाँदिल्लीमा बालेन–मोदी नेतृत्वको उच्चस्तरीय वार्ता सम्पन्न, नेपाल–भारत सहकार्यका विषयमा छलफल

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीको नेतृत्वमा नेपाल र भारतबीच उच्चस्तरीय...

#बालेन-शाह #भारत
Compare →
Hamro Patro News
4h ago
नेपाल–भारत बैठकपछि एमओयू र सम्झौतामा हस्ताक्षर हुने, त्यसपछि बालेन र मोदीले संयुक्त मिडिया ब्रिफिङ गर्ने

नेपाल–भारत बैठकपछि एमओयू र सम्झौतामा हस्ताक्षर हुने, त्यसपछि बालेन र मोदीले संयुक्त मिडिया ब्रिफिङ गर्ने

काठमाडौं । नेपाल र भारतबीच प्रतिनिधिमण्डलस्तरीय बैठक सकिएलगत्तै दुई देशबीच समझदारीपत्र (एमओयू) तथा सम्झौतामा हस्ताक्षर हुने भएको छ । सम्झौतामा हस्ताक्षर सम्पन्न भएपछि प्रधानमन्त्री वालेन्द्र शाह (...

#बालेन-शाह #भारत
Compare →

Related Stories

World News
Build #2612