Trending
Prev Story
Next Story

बक्स अफिस : ‘पाँच पाण्डव’ डुब्दा कुन फिल्मले कति कमाइ गर्‍यो ?

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

निकै तडकभडकका साथ प्रदर्शनमा आएका नेपाली फिल्महरूको ओठतालु सुकेको छ । अधिकांश फिल्मको कमाइ औसतभन्दा कम छ । प्रचलित गणितअनुसार कमाइको बाँडफाँट गर्दा धेरै निर्माता ऋणात्मक हुने देखिएको छ । ११ दिनअघि प्रदर्शनमा आएको फिल्म ‘बाटुलो …

बक्स अफिस : ‘पाँच पाण्डव’ डुब्दा कुन फिल्मले कति कमाइ गर्‍यो ?

निकै तडकभडकका साथ प्रदर्शनमा आएका नेपाली फिल्महरूको ओठतालु सुकेको छ । अधिकांश फिल्मको कमाइ औसतभन्दा कम छ । प्रचलित गणितअनुसार कमाइको बाँडफाँट गर्दा धेरै निर्माता ऋणात्मक हुने देखिएको छ ।

११ दिनअघि प्रदर्शनमा आएको फिल्म ‘बाटुलो जून’ ले सुरुवातमा हललाई हराभरा बनाएर राम्रो सङ्केत देखाएको थियो । तर, पछि फिल्मको हल्लाखल्ला मत्थर हुँदै जाँदा हलका सिटहरू पनि खाली हुँदै गए । पछिल्ला दिनमा कमजोर रिभ्युका कारण ‘बाटुलो जून’ को कमाइमा ग्रहण लाग्दै गएको छ । मेगास्टार अनमोल केसीको यस फिल्मले ११ दिनमा ८ करोड ३५ लाख ३७ हजार ९ सय १७ रुपैयाँ कमाइ गरेको छ ।

‘बाटुलो जून’ जस्तै अधोगतिमा लाग्ने फिल्महरूमा क्रमशः ‘आमा’ र ‘बा’ पनि छन् । ‘आ बाट आमा–२’ को आजसम्मको कमाइ ७ करोड १८ हजार रुपैयाँ छ । यस्तै, ‘बा एक योद्धा’ ले ३ करोड ५७ लाख ६९ हजार ४ सय ४१ रुपैयाँ कमाइ गरेको छ ।

फिल्म ‘पाँच पाण्डव’ कमाइको यो सूचीमा सबैभन्दा पछाडि छ । यसले अहिलेसम्म ४५ लाख २२ हजार रुपैयाँ मात्र कमाइ गरेको छ ।

‘पेन्सन पट्टा’ र ‘कबड्डी’ यो पङ्क्तिको शीर्ष स्थानमा छन् । तर, यिनीहरूको पछिल्लो कमाइको गति निकै सुस्त छ । ‘पेन्सन पट्टा’ ले अहिलेसम्म १० करोड ३६ लाख ८३ हजार रुपैयाँ कमाइ गरेको छ । यस्तै, ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ ले अहिलेसम्म १३ करोड २६ हजार रुपैयाँ कमाएको छ ।

‘१२ गाउँ–२’ र ‘छ माया छपक्कै–२’ ले भने आफ्नो खाता बन्द गरिसकेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1h ago
‘बाटुलो जून’को कमाइ आठ करोड पार, अनमोलको आफ्नै रेकर्ड तोड्ने दौडमा !

‘बाटुलो जून’को कमाइ आठ करोड पार, अनमोलको आफ्नै रेकर्ड तोड्ने दौडमा !

काठमाडौं– नेपाली फिल्म ‘बाटुलो जून’ले बक्स अफिसमा आफ्नो बलियो उपस्थिति देखाइरहेको छ । प्रदर्शनको ११ दिनमै आठ करोड रुपैयाँभन्दा बढी कमाइ गरेको फिल्म अहिले अभिनेता अनमोल केसीको करिअरकै सर्वाधिक कमाउन...

#फिल्म #कमाइ #बाटुलो
Compare →
Nagarik News
1h ago
डेब्यु अभिनेत्री प्रिन्सी र इभामध्ये बक्स अफिसमा को भारी ?

डेब्यु अभिनेत्री प्रिन्सी र इभामध्ये बक्स अफिसमा को भारी ?

सोमबार चलचित्र विकास बोर्डले प्रदर्शनमा रहेको नयाँ नेपाली चलचित्रहरुको बक्स अफिस कलेक्सन सार्वजनिक गरेको छ।

#प्रदर्शन #बक्स #अफिस
Compare →
Ekantipur
6h ago
घरेलु बक्स अफिसमा ‘द हंगर गेम्स’को ऐतिहासिक पुनरागमन

घरेलु बक्स अफिसमा ‘द हंगर गेम्स’को ऐतिहासिक पुनरागमन

१५ करोड डलरको बजेटमा निर्माण भएको यस फिल्मले ओपनिङ विकेन्डमै २२ करोड ५० लाख डलर संकलन गरिसकेको रिपोर्ट छ ।

#फिल्म #बक्स #अफिस
Compare →
Bizshala
3h ago
महुली लघुवित्तले गर्‍यो १० प्रतिशत लाभांश घोषणा, बोनस शेयर कति ?

महुली लघुवित्तले गर्‍यो १० प्रतिशत लाभांश घोषणा, बोनस शेयर कति ?

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको...

#कति #गर्
Compare →
Arthasansar
3d ago
पहिलो चौमासिकमा साढे १९ अर्ब बराबरको एफडीआई प्रतिबद्धता, कुन क्षेत्रमा कति ?

पहिलो चौमासिकमा साढे १९ अर्ब बराबरको एफडीआई प्रतिबद्धता, कुन क्षेत्रमा कति ?

चालु आर्थिक वर्ष २०८३/८४ पहिलो चौमासिकममा साढे १९ अर्ब भन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्यांक...

#कुन #कति
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612