Trending
Prev Story
Next Story

डेब्यु अभिनेत्री प्रिन्सी र इभामध्ये बक्स अफिसमा को भारी ?

Nagarik News •
November 23, 2026 • 06:53 AM
2
2 reads 0 reactions

सोमबार चलचित्र विकास बोर्डले प्रदर्शनमा रहेको नयाँ नेपाली चलचित्रहरुको बक्स अफिस कलेक्सन सार्वजनिक गरेको छ।

डेब्यु अभिनेत्री प्रिन्सी र इभामध्ये बक्स अफिसमा को भारी ?

सोमबार चलचित्र विकास बोर्डले प्रदर्शनरत नयाँ नेपाली चलचित्रहरूको बक्स अफिस कलेक्सन सार्वजनिक गरेको छ। कात्तिक २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘बाटुलो जून’ मार्फत प्रिन्सी खतिवडाले नेपाली चलचित्र क्षेत्रमा पाइला टेकेकी छन्। उनीसँगै ‘पाँच पाण्डव’ मार्फत इभा गिरीले पनि डेब्यु गरेकी हुन्। रोचक कुरा के छ भने यी दुवै टिकटक पृष्ठभूमिबाट आएका हुन्।

‘बाटुलो जून’ ले आठ करोड रुपैयाँभन्दा बढीको व्यापार गर्न सफल भएको छ। प्रदर्शनको ११ दिनमा अर्थात् आइतबारसम्म यसले आठ करोड ३५ लाख रुपैयाँको व्यापार गरेको छ भने दुई लाख ६८ हजार पाँच सय ४४ जनाले चलचित्र हेरेका छन्।

अभिनेता भुवन केसीको निर्देशन रहेको यस चलचित्रमा अनमोल केसी र प्रिन्सी खतिवडासँगै भुवन केसी, नेन्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर शिवाकोटीलगायतको अभिनय छ। सनराइज पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता जिया केसी र भविष्य खड्का हुन्।

‘पाँच पाण्डव’ को व्यापार भने निकै कमजोर देखिएको छ। कात्तिक २० गतेदेखि प्रदर्शनमा आएको यस चलचित्रको व्यापार निराशाजनक रहेको छ। प्रदर्शनमा आएको २० दिनभन्दा बढी भइसक्दा पनि यसको कलेक्सनमा उल्लेख्य वृद्धि हुन सकेको छैन।

आइतबारसम्म यसले ४५ लाख २२ हजार रुपैयाँको व्यापार गरेको छ। जुन चलचित्रको लागतको २५ प्रतिशत पनि होइन। यस चलचित्रलाई १२ हजार आठ सय ९० जनाले हेरेका छन्।

यसमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला, दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी र सीता न्यौपानेसहितका कलाकारको अभिनय छ। काली रानी फिल्म्सको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई वसन्त निरौलाले निर्देशन गरेका हुन्।

प्रकाशित: ७ मंसिर २०८३ १२:३८ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1w ago
बक्स अफिसको ६ महिना : केही फिल्म मात्रै फाइदामा, अधिकांश निर्माता निराश

बक्स अफिसको ६ महिना : केही फिल्म मात्रै फाइदामा, अधिकांश निर्माता निराश

काठमाडौं । २०८३ वैशाखदेखि असोजसम्मको ६ महिनालाई फर्केर हेर्दा नेपाली चलचित्रको बक्स अफिसमा आशा र निराशाको मिश्रित दृश्य देखिन्छ । केही फिल्मले करोडौं रुपैयाँको व्यापार गर्दै निर्मातालाई राहत दिएका छन् भने अधिकांश फिल्मले लगानीअनुसारको प्रतिफल …

#चलचित्र #बक्स #अफिस
Compare →
Hamro Patro News
6h ago
घरेलु बक्स अफिसमा ‘द हंगर गेम्स’को ऐतिहासिक पुनरागमन

घरेलु बक्स अफिसमा ‘द हंगर गेम्स’को ऐतिहासिक पुनरागमन

घरेलु बक्स अफिसमा ‘द हंगर गेम्स’को ऐतिहासिक पुनरागमन १५ करोड डलरको बजेटमा निर्माण भएको यस फिल्मले ओपनिङ विकेन्डमै २२ करोड ५० लाख डलर संकलन गरिसकेको रिपोर्ट छ । मंसिर ७, २०८३ एपी काठमाडौँ — १४ व...

#बक्स #अफिस
Compare →
Ekantipur
1w ago
दयाहाङ अभिनित दुई फिल्म बक्स अफिसमा अगाडि

दयाहाङ अभिनित दुई फिल्म बक्स अफिसमा अगाडि

अन्य सिक्वेलहरूको व्यापार कमजोर देखिएको समयमा दयाहाङका दुवै फिल्मले राम्रो कमाइ गर्दै २०८३ साललाई उनका लागि सुखद बनाएका छन्।

#बक्स #अफिस
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612