Trending
Prev Story
Next Story

ऐश्वर्यालाई छोएपछि निर्देशकको गाली खाएका थिए सलमानले

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

सलमान खान र ऐश्वर्या रायबीचको प्रेमकथा बलिउडका सदाबहार किस्सा बनेको छ । यो किस्सा चाहिँ ‘हम दिल दे चुके सनम’को छायाङ्कनको हो । फिल्ममा सलमान र ऐश्वर्या रायले स्क्रिन सेयर गरेका थिए । त्यसबेला दुवैको …

ऐश्वर्यालाई छोएपछि निर्देशकको गाली खाएका थिए सलमानले

सलमान खान र ऐश्वर्या रायबीचको प्रेमकथा बलिउडका सदाबहार किस्सा बनेको छ । यो किस्सा चाहिँ ‘हम दिल दे चुके सनम’को छायाङ्कनको हो । फिल्ममा सलमान र ऐश्वर्या रायले स्क्रिन सेयर गरेका थिए । त्यसबेला दुवैको अनस्क्रिन केमेस्ट्री पनि दर्शकले औधी रुचाउँथे । यसले फिल्ममेकरलाई फाइदै हुन्थ्यो ।

त्यसदिन ‘हम दिल दे चुके सनम’को एउटा गीतको छायाङ्कन भइरहेको थियो ।

फिल्मको ‘आँखों की गुस्ताखियाँ’ गीतको छायाङ्कन भइरहेका बेला सलमान खानले ऐश्वर्या राय बच्चनको हात छोएका थिए । त्यसपछि निर्देशक भन्सालीले सलमानलाई गाली गरेका थिए । यो किस्सा हालै अभिनेत्री स्मिता जयकरले सुनाएकी हुन् । उनले फिल्ममा ऐश्वर्याको आमाको भूमिका निर्वाह गरेकी थिइन् । उनले छायाङ्कनका क्रममा सलमान र ऐश्वर्याबीच कसरी प्रेम सम्बन्ध विकसित हुँदै गएको थियो भन्ने कुरा पनि बताएकी छन् ।

‘हम दिल दे चुके सनम’मा काम गर्ने क्रममा सलमान र ऐश्वर्या एकअर्काको प्रेममा परेको बताइन्छ । उनीहरूको वास्तविक प्रेम सम्बन्ध फिल्मको रोमान्टिक कथासँग पनि जोडिएको थियो । स्मिताका अनुसार, छायाङ्कनका क्रममा दुवै कलाकारबीचको प्रेम र आकर्षण प्रस्ट देखिन्थ्यो । त्यसले पर्दामा उनीहरूको केमेस्ट्रीलाई अझ सुन्दर बनाएको थियो ।

त्यसबेलाको सम्बन्ध सम्झिँदै स्मिताले सिद्धार्थ कन्ननसँगको कुराकानीमा भनेकी छन्, ‘त्यतिबेला उनीहरूको सम्बन्ध अगाडि बढिरहेको थियो । उनीहरू दुवै प्रेममा थिए र निकै राम्रा देखिन्थे । त्यसबेला ऐश्वर्या निकै सुन्दर देखिएकी थिइन् । यो फिल्मका लागि फाइदाजनक भयो । त्यो जादु पर्दामा पनि देखियो ।’

यद्यपि, उनीहरूको प्रेम सम्बन्धका कारण कहिलेकाहीँ छायाङ्कन टोलीका सदस्यहरूले दुवैलाई कुर्नुपर्ने अवस्था पनि आउँथ्यो । स्मिताका अनुसार, उनीहरू ढिलो आउँदा टोलीका सदस्यहरूले गुनासोसमेत गर्ने गर्थे ।

स्मिताले भनिन्, ‘छायाङ्कन टोलीका अरू सदस्यहरू गुनासो गर्थे, ‘यी मानिसहरू आउन किन यति ढिलो गर्छन्  ? हाम्रो काम बिहान ७ बजे सुरु हुन्छ । हामी १० बजेसम्म यहाँ कुरेर बसिरहेका हुन्छौँ, तर पनि उनीहरू आउँदैनन् ।’ तर मलाई सधैँ लाग्थ्यो, जब कोही प्रेममा हुन्छ, तब तपाईं के नै भन्न सक्नुहुन्छ र ?’

उनले थप भनिन्, ‘उनीहरू बिहान ११ बजे सँगै आउँथे । वरिपरिको संसार र पूरा छायाङ्कन टोली आफूहरूलाई कुरिरहेको कुरासमेत उनीहरूलाई थाहा हुँदैनथ्यो । तर जब तपाईं प्रेममा हुनुहुन्छ, यस्तै हुन्छ ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1w ago
जब भन्सालीले पुरानो घाउ कोट्याए, सलमान र ऐश्वर्याको प्रेमिल फोटोमा लफडा

जब भन्सालीले पुरानो घाउ कोट्याए, सलमान र ऐश्वर्याको प्रेमिल फोटोमा लफडा

फिल्ममेकर सञ्जय लीला भन्सालीको कम्पनी भन्साली प्रोडक्सन्सको पेजबाट पोस्ट गरिएको फोटो अहिले ट्रोल भएको छ । त्यहाँ तीनवटा तस्बिर छन् । र, ती रोमान्टिक तस्बिरमा छन् सलमान खान र ऐश्वर्या राय । थाहा भए...

#ऐश्वर्या #सलमान
Compare →
Nagarik News
1w ago
‘मातृभूमि’मा सलमानको युद्ध, अनूप विक्रमको बलियो उपस्थिति

‘मातृभूमि’मा सलमानको युद्ध, अनूप विक्रमको बलियो उपस्थिति

पटक–पटक प्रदर्शन मिति सर्दै आएको फिल्मको नयाँ मिति सलमानले शुक्रबार मुम्बईमा आयोजित प्रचारात्मक कार्यक्रममा घोषणा गरेका हुन्।

#सलमान #फिल्म
Compare →

Related Stories

Technology
Build #2611