Trending
Prev Story
Next Story

‘एलियन’ र ‘टप गन’का दिग्गजअभिनेता टम स्केरिटको निधन

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

हलिउडका दिग्गज अभिनेता टम स्केरिटको निधन भएको छ । उनी ९३ वर्षका थिए । ‘एलियन’ र ‘टप गन’ जस्ता चर्चित फिल्ममा निर्वाह गरेका सम्झनलायक भूमिकाका कारण उनी दर्शकमाझ लोकप्रिय थिए । एमी अवार्ड विजेता स्केरिट …

‘एलियन’ र ‘टप गन’का दिग्गजअभिनेता टम स्केरिटको निधन

हलिउडका दिग्गज अभिनेता टम स्केरिटको निधन भएको छ । उनी ९३ वर्षका थिए । ‘एलियन’ र ‘टप गन’ जस्ता चर्चित फिल्ममा निर्वाह गरेका सम्झनलायक भूमिकाका कारण उनी दर्शकमाझ लोकप्रिय थिए । एमी अवार्ड विजेता स्केरिट टेलिभिजन शृङ्खला ‘पिकेट फेन्सेस’मा अभिनय गरेपछि झनै चर्चित बनेका थिए ।

छ दशक लामो अभिनय यात्रामा स्केरिटले फिल्म र टेलिभिजन दुवै क्षेत्रमा आफ्नो सशक्त अभिनयबाट छुट्टै पहिचान बनाएका थिए ।

टम स्केरिटले सन् १९९३ मा एमी अवार्ड जितेका थिए । सन् १९९४ मा उनलाई ‘पिकेट फेन्सेस’मा जिम्मी ब्रोकको भूमिका निर्वाह गर्ने प्रस्ताव आएको थियो । ठूलो पर्दामा पनि उनले विभिन्न विधाका फिल्ममा उत्कृष्ट अभिनय गरेका थिए ।

निर्देशक रिड्ली स्कटको चर्चित साइन्स फिक्सन तथा हरर फिल्म ‘एलियन’ (१९७९) मा उनले अन्तरिक्षयान नोस्ट्रोमोका कप्तान डलासको भूमिका निर्वाह गरेका थिए ।

त्यसैगरी, सन् १९८६ मा प्रदर्शनमा आएको ब्लकबस्टर फिल्म ‘टप गन’मा उनले टोनी स्कटसँग काम गरेका थिए । उक्त फिल्ममा उनले नौसेनाको लडाकु विमान प्रशिक्षण विद्यालयका प्रमुख प्रशिक्षक कमान्डर माइक भाइपरको भूमिका निभाएका थिए ।

स्केरिटका चर्चित फिल्ममध्ये रोबर्ट अल्टम्यान निर्देशित ‘म्यास’ (१९७०) पनि एक हो । यसमा उनले शल्यचिकित्सक ड्युक फरेस्टको भूमिका निर्वाह गरेका थिए ।

त्यस्तै, रोबर्ट रेडफोर्ड निर्देशित ‘अ रिभर रनस थ्रु इट’ (१९९२) मा उनी पादरीको भूमिकामा देखिएका थिए । सन् २०१२ मा प्रदर्शनमा आएको सेठ म्याकफार्लेनको कमेडी फिल्म ‘टेड’मा पनि उनले अभिनय गरेका थिए ।

हलिउडमा छ दशकभन्दा लामो समय बिताएका स्केरिटले आफ्ना विविध भूमिकामार्फत फिल्म र टेलिभिजनको क्षेत्रमा अविस्मरणीय छाप छाडेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
2d ago
आफ्नो फिल्म हेर्न नपाई बिते प्रशान्त तामाङ, ट्रेलरमा देखिए यस्तो रूप

आफ्नो फिल्म हेर्न नपाई बिते प्रशान्त तामाङ, ट्रेलरमा देखिए यस्तो रूप

पछिल्लो समय प्रशान्त तामाङ बलिउडमा संघर्षरत थिए । उनी गायनभन्दा बढी अभिनयमा सक्रिय थि ए। त्यही क्रममा उनी फिल्म ‘ब्याटल अफ गलवान’मा अनुबन्धित भए । यो फिल्ममा अर्का नेपाली अभिनेता अनुपविक्रम शाही पन...

#उनी #फिल्म
Compare →

Related Stories

Entertainment & Cinema
Build #2611