Trending
Prev Story
Next Story

बाँदरको उप्रदोः हरियो मस्याङ काट्न बाध्य छन् किसान

Ekantipur •
November 23, 2026 • 06:32 AM
2
2 reads 0 reactions

धानबाली भित्र्याउने चटारोका बीच खेतको आलीमा लगाएको मस्याम बाँदरबाट जोगाउन नसकेपछि किसान समय अगावै बाली भित्र्याउन बाध्य भएका हुन् ।

बाँदरको उप्रदोः हरियो मस्याङ काट्न बाध्य छन् किसान

धानबाली भित्र्याउने चटारोका बीच खेतको आलीमा लगाएको मस्याम बाँदरबाट जोगाउन नसकेपछि किसान समय अगावै बाली भित्र्याउन बाध्य भएका हुन् ।

भोजपुर — बाँदरको बढ्दो उपद्रोका कारण भोजपुरका किसानले राम्रोसँग पाक्न नपाउँदै हरियो मस्याङ (दाल) काटेर थन्क्याउन थालेका छन् । धानबाली भित्र्याउने चटारोका बीच खेतको आलीमा लगाएको मस्याम बाँदरबाट जोगाउन नसकेपछि किसान समय अगावै बाली भित्र्याउन बाध्य भएका हुन् ।

रामप्रसाद राई गाउँपालिका–४ दलगाउँकी किसान गोमादेवी कार्कीले बाँदरका कारण खेतमा लगाएको मस्याङ जोगाउन समस्या भएको बताइन् । धानसँगै खेतको आलीमा मस्याम खेती गरेकी उनले धान भित्र्याइसकेपछि बाँदरबाट बाली जोगाउन झनै कठिन हुने भएकाले कोसा राम्ररी नपाक्दै काट्नुपर्ने अवस्था आएको गुनासो गरिन् ।

भोजपुर नगरपालिका–५ बोखिमकी किसान कमला थापाले बाँदरले मस्याङमा क्षति पुर्‍याएको बताइन् । धान थन्क्याउने काममा व्यस्त हुनुपर्दा बाँदरको निगरानी गर्न नसकिएको उनको भनाइ छ । उनले करिब १४ रोपनी खेतको आलीमा मस्याङ खेती गरेकी छन् । आलीमा लगाएको मस्याङ बाँदरले सखाप पारेपछि बाँकी रहेको बाली हरियो अवस्थामै काट्नुपरेको उनको भनाइ छ ।

यसवर्ष डेढ मुरी मस्याङ उत्पादन हुने अनुमान गरेकी थापाले समयअगावै काट्नुपर्दा उत्पादनमा केही कमी आउने बताइन् । उनका अनुसार मस्याम स्थानीय बजारमा प्रतिकिलो १८० देखि २ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । समयमै राम्रोसँग पाक्न पाए उत्पादनबाट राम्रो आम्दानी गर्न सकिने भए पनि बाँदरको समस्याले किसानको अपेक्षामा असर पुर्‍याएको उनको भनाइ छ ।

धानबालीसँगै खेतको आलीमा मस्याङ लगाएर अतिरिक्त आम्दानी गर्ने उद्देश्य राखेकी उनी बाँदरको त्रासले समयअगावै बाली भित्राउन बाध्य भएकी हुन् । सामान्यतया मस्याङका कोसा राम्रोसँग सुकेपछि मात्र काटेर भण्डारण गर्ने गरिन्छ । बाँदरबाट हुने क्षति रोक्न किसानले हरियो अवस्थामै काट्न थालेका छन् । यसरी अपरिपक्व अवस्थामा काट्दा दाना राम्रोसँग नपाक्ने, तौल घट्ने र उत्पादनको गुणस्तरमा असर पर्ने किसानको चिन्ता छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1w ago
बाँदरबाट जोगिने विकल्प बन्दै अदुवाखेती, किसानको आम्दानी बढ्ने आशा

बाँदरबाट जोगिने विकल्प बन्दै अदुवाखेती, किसानको आम्दानी बढ्ने आशा

२९ कात्तिक, भोजपुर । भोजपुरमा बाँदरको समस्याका कारण परम्परागत खाद्यबाली खेती गर्न कठिन भएपछि किसान अदुवाखेतीतर्फ आकर्षित हुन थालेका छन् । बाँदरले मकै, कोदोलगायतका बालीमा क्षति पुर्याउने समस्या बढ्दै गएपछि किसानले अदुवाखेतीलाई वैकल्पिक आयआर्जनको माध्यम …

#बाँदर #किसान
Compare →
Nagarik News
1w ago
बाँदरकाे हैरानीले अदुवाखेतीमा रमाए भोजपुरका किसान

बाँदरकाे हैरानीले अदुवाखेतीमा रमाए भोजपुरका किसान

भोजपुरमा बाँदरको समस्याका कारण परम्परागत खाद्यबाली खेती गर्न कठिन भएपछि किसान अदुवाखेतीतर्फ आकर्षित हुन थालेका छन्।

#बाँदर #किसान
Compare →
Hamro Patro News
1w ago
बाँदरको हैरानीले किसान अदुवाखेतीतर्फ आकर्षित

बाँदरको हैरानीले किसान अदुवाखेतीतर्फ आकर्षित

भोजपुरमा बाँदरको समस्याका कारण परम्परागत खाद्यबाली खेती गर्न कठिन भएपछि किसान अदुवाखेतीतर्फ आकर्षित हुन थालेका छन् । बाँदरले मकै, कोदोलगायतका बालीमा क्षति पुर्याउने समस्या बढ्दै गएपछि किसानले अदुवा...

#बाँदर #किसान
Compare →
Bizshala
4d ago
किसानको धान किन्न सरकारले छुट्यायो साढे ६७ करोड, डेढ लाख क्विन्टल खरिद गर्ने तयारी

किसानको धान किन्न सरकारले छुट्यायो साढे ६७ करोड, डेढ लाख क्विन्टल खरिद गर्ने तयारी

काठमाण्डौ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ मा किसानबाट १...

#किसान
Compare →

Related Stories

Business & Economy
Build #2612