Trending
Prev Story
Next Story

प्रधानमन्त्री शाहद्वारा राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जली

Nagarik News •
November 23, 2026 • 05:46 AM
6
6 reads 0 reactions

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले आज बिहान नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका छन्।

प्रधानमन्त्री शाहद्वारा राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जली

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले आज बिहान नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार नयाँदिल्ली आइपुगेका प्रधानमन्त्री शाहले भ्रमणको दोस्रो दिन गान्धीप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्।

सो अवसरमा नेपालका अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, प्रधानमन्त्रीका सूचना तथा सञ्चार प्रविधिविज्ञ विविक मिश्र, मुख्यसचिव गोविन्दबहादुर कार्की, भारतका लागि नेपाली राजदूत डा निश्चलनाथ पाण्डेसहित उच्च सरकारी अधिकारीको उपस्थिति थियो।

प्रधानमन्त्री शाहले आजै भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रकाशित: ७ मंसिर २०८३ ११:३१ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3h ago
दिल्लीमा प्रधानमन्त्री बालेन शाहको दोस्रो दिनको कार्यक्रम यस्तो छ

दिल्लीमा प्रधानमन्त्री बालेन शाहको दोस्रो दिनको कार्यक्रम यस्तो छ

आफ्नो परिचित कालो चस्मा र कालै रङ्गको कोट, दौरा सुरुवाल र भादगाउँले टोपी लगाएर राजकीय भ्रमणमा दिल्ली आएका नेपालका प्रधानमन्त्री बालेन शाहले हैदरावाद हाउसमा सोमवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी...

#बालेन-शाह #भ्रमण
Compare →
Bizshala
10h ago
बालेनको दिल्ली भ्रमणमा किन शीर्षक बन्यो २ अर्ब डलरको प्रस्ताव ?

बालेनको दिल्ली भ्रमणमा किन शीर्षक बन्यो २ अर्ब डलरको प्रस्ताव ?

काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहको पहिलो राजकीय भारत भ्रमणलाई प्रमुख भारतीय सञ्चारमाध्यमले आइतबार निरन्तर पछ्याए।...

#बालेन-शाह #भ्रमण
Compare →
Arthasansar
20h ago
दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । उनी केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका...

#बालेन-शाह #भ्रमण
Compare →

Related Stories

Politics & Governance
Build #2612