साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले दुःख व्यक्त गरेको छ।
‘साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल कम्युनिस्ट पार्टी (एमाले) गहिरो दुःख व्यक्त गर्दछ,’ एमालेका प्रचार प्रसार विभाग प्रमुख निरज आचार्यले भनेका छन्, 'दिवङ्गत नेपाली नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौं।’
Read full story at source ( setopati.com )