काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मकवानपुरको भीमफेदीमा भएको बस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
छठ पर्व मनाउन घर फर्किंदै गरेका नागरिकहरूले दुर्घटनामा ज्यान गुमाउनुपरेको घटनाले आफूलाई स्तब्ध बनाएको उल्लेख गर्दै उनले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका हुन्।
Read full story at source ( reportersnepal.com )