Trending
Prev Story
Next Story

हुथीको आधार इलाकामा साउदीको आक्रमण, महिला-बालबालिकासहित कम्तीमा ३३ जनाको मृत्यु

Ekantipur •
November 08, 2026 • 06:01 AM
1
1 reads 0 reactions

सानास्थित सेहातुना अस्पतालका निर्देशक अब्दुल-अजीज अल-दैलामीका अनुसार धेरै पीडितहरू अझै पनि भग्नावशेषमुनि थिचिएका छन्। उद्धारकर्मीहरू पुग्नासाथ थप आक्रमण भएकाले केही स्वास्थ्यकर्मीको समेत मृत्यु भएको छ

हुथीको आधार इलाकामा साउदीको आक्रमण, महिला-बालबालिकासहित कम्तीमा ३३ जनाको मृत्यु

सानास्थित सेहातुना अस्पतालका निर्देशक अब्दुल-अजीज अल-दैलामीका अनुसार धेरै पीडितहरू अझै पनि भग्नावशेषमुनि थिचिएका छन्। उद्धारकर्मीहरू पुग्नासाथ थप आक्रमण भएकाले केही स्वास्थ्यकर्मीको समेत मृत्यु भएको छ

साना — यमनको राजधानी सानानजिकैको एक गाउँमा साउदी अरेबियाले गरेको हवाई आक्रमणमा कम्तीमा ३३ जनाको मृत्यु हुनुका साथै ३९ जना घाइते भएका छन्।

हुथीद्वारा सञ्चालित साबा समाचार एजेन्सीका अनुसार शनिबार आक्रमण भएको थियो । यो आक्रमण गत जुलाईमा साउदी र इरान समर्थित हुथी समूहबीच पुनः लडाइँ सुरु भएयताकै सबैभन्दा घातक मानिएको छ।

साउदी अरेबियाको अन्तर्राष्ट्रिय सञ्चार केन्द्रले भने यस घटनाबारे छानबिन भइरहेको जनाएको छ। हुथी स्वास्थ्य मन्त्रालयका अनुसार सानाको पूर्वमा रहेको हुथीको पकड क्षेत्र बनी हुसैसका घरहरूमा हवाई आक्रमण भएको थियो, जहाँ ज्यान गुमाउनेमा धेरैजसो महिला र बालबालिका रहेका छन्।

सानास्थित सेहातुना अस्पतालका निर्देशक अब्दुल-अजीज अल-दैलामीका अनुसार धेरै पीडितहरू अझै पनि भग्नावशेषमुनि थिचिएका छन्। उद्धारकर्मीहरू पुग्नासाथ थप आक्रमण भएकाले केही स्वास्थ्यकर्मीको समेत मृत्यु भएको छ।

अमेरिका र इरानबीचको फराकिलो द्वन्द्वको असरका रूपमा फैलिएको यो लडाइँले यमनमा १२ वर्ष पुरानो जटिल युद्धलाई पुनः ब्युँताएको छ  । यस युद्धका कारण लामो समयदेखि यमन अस्थिर छ र ठूलो जनसंख्या बिस्थापित भइसकेको छ ।

यो नयाँ द्वन्द्वले सन् २०२२ मा संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको युद्धविरामलाई पूर्ण रूपमा तोडिदिएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
14h ago
गाजाको अस्पतालमा इजरायली हवाई आक्रमण, कम्तीमा ६ जनाको मृत्यु

गाजाको अस्पतालमा इजरायली हवाई आक्रमण, कम्तीमा ६ जनाको मृत्यु

गाजाको दक्षिणी क्षेत्र खान युनिसस्थित नासेर मेडिकल कम्प्लेक्सको शल्यक्रिया विभागमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा छ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन्। प्यालेस्टिनी सुरक्ष...

#आक्रमण #कम्ती #जनाको
Compare →
Onlinekhabar
5h ago
पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

२७ कात्तिक, काठमाडौं । पोखराको जिरो किलोमिटरमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा आज दिउँसो स्कुटरमा सवार दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीको मङ्गला गाउँपालिका दारुङ घर भएका २१ वर्षीय विवेक दर्जी र म्याग्दीकै …

#मृत्यु #जनाको
Compare →
Arthasansar
12h ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#आक्रमण
Compare →
Nagarik News
15h ago
धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृ’त्यु, पाँच घाइते

धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृ’त्यु, पाँच घाइते

मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्।

#मृत्यु #जनाको
Compare →

Related Stories

World News
Build #2611