Trending
Prev Story
Next Story

इरानद्वारा २४ घण्टामा सात जहाजमा क्षति

Arthasansar •
October 23, 2026 • 03:31 AM
1
1 reads 0 reactions

इरानको नौसेनाले २४ घण्टाभित्र सातवटा जहाजमा क्षति पुर्‍याएको दाबी गरेको छ । तीमध्ये तेल बोकेका चारवटा जहाज रहेको र तिनमा...

इरानद्वारा २४ घण्टामा सात जहाजमा क्षति

इरानको नौसेनाले २४ घण्टाभित्र सातवटा जहाजमा क्षति पुर्‍याएको दाबी गरेको छ । तीमध्ये तेल बोकेका चारवटा जहाज रहेको र तिनमा एकैसाथ आक्रमण हुँदा भीषण आगलागी भएको छ । यसैबीच, होर्मुज जलमार्गको पश्चिमी क्षेत्रमा तीनवटा जहाज समुद्रमा बिछ्याइएका बारूदी सुरुङसँग ठोक्किएको जनाइएको छ ।

इरानले चेतावनीको बेवास्ता गर्दै अनुमति नलिएको उक्त समुद्री मार्गबाट गुज्रिएका कारण जहाजमाथि कारबाही गरिएको दाबी गरेको छ । तर, आक्रमणमा परेका जहाजको नाम, स्वामित्व र क्षतिको विस्तृत विवरण सार्वजनिक गरेको छैन । ‘स्ट्र्याटजिक इनर्जी म्याप’ वेबसाइटका अनुसार अक्टोबर २० मा होर्मुज जलमार्ग पार गर्ने तेल ट्यांकरको संख्या सामान्य दिनको तुलनामा करिब ९९ प्रतिशतले घटेको थियो ।

इरानले अमेरिकाले नै जहाजहरूलाई बारूदी सुरुङ बिछ्याइएको जोखिमपूर्ण समुद्री मार्गबाट यात्रा गर्न प्रोत्साहित गरेको आरोप लगाएको छ । इरानी नौसेनाले अमेरिकाले यस्तो गतिविधि जारी राखे जवाफी आक्रमणको दायरा विस्तार गर्ने चेतावनी दिएको छ । इरानका अनुसार पश्चिम एसियामा रहेका अमेरिकी सैन्य अखडासमेत निशानामा पर्न सक्छन् ।

होर्मुज जलमार्गमा जहाजको आवतजावत नियन्त्रण गरिरहेको इरानको दाबीबारे अमेरिकी पक्षको प्रतिक्रिया भने सार्वजनिक भएको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार इरानसँग कुनै प्रकारको वार्ता भइरहेको नरहेको बताएका छन् । उनले चाँडै नयाँ घटनाक्रम विकसित हुन सक्ने संकेत दिए । ट्रम्पले सैन्य र आर्थिक दुवै क्षेत्रमा अमेरिका इरानभन्दा निकै बलियो अवस्थामा रहेको दाबी गरेका छन् ।

अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’को रिपोर्टअनुसार अमेरिका र इजरायलले अमेरिकी मध्यावधि निर्वाचनलगत्तै इरानमाथि नयाँ सैन्य आक्रमण गर्ने योजनाहरू तयार पारेका छन् । सम्भावित आक्रमणमा इरानका ऊर्जा केन्द्र, आणविक प्रतिष्ठान तथा क्षेप्यास्त्र र ड्रोन निर्माण केन्द्रलाई निशाना बनाउने योजना समावेश रहेको बताइएको छ । अमेरिकाले नोभेम्बरको सुरुआतसम्म पश्चिम एसियामा आफ्नो सैन्य उपस्थिति थप सुदृढ गर्ने तयारी गरिरहेको पनि रिपोर्टमा जनाइएको छ ।

यसैबीच, सम्भावित अमेरिकी आक्रमणको आशंकाबीच इरानले पनि कडा प्रतिकार गर्ने चेतावनी दिएको छ । इरानको रिभोल्युसनरी गार्टसका प्रवक्ता होसैन मोहिबीले अमेरिकालाई लक्षित गर्दै ‘मदर अफ अल बम्ब्स’ भए इरानले ‘फादर अफ अल बम्ब्स’ देखाउने चेतावनी दिएको बताइएको छ ।

इरानका राष्ट्रपति मसुद पेजेस्कियानले वर्तमान परिस्थिति इरान, पश्चिम एसिया र समग्र विश्वका लागि अनुकूल नरहेको बताएका छन् । उनले चौतर्फी दबाब र युद्धको धम्कीका बाबजुद इरान आफ्नो अडानमा दृढ रहेको र आगामी दिनमा पनि कायम रहने स्पष्ट पारेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1d ago
इरानको आणविक अडानले तेलको मूल्यमा १ प्रतिशत वृद्धि

इरानको आणविक अडानले तेलको मूल्यमा १ प्रतिशत वृद्धि

काठमाडौं । इरानले प्रशोधित आणविक सामग्री देशबाहिर लैजान नदिने बताएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब १...

#इरान #तेल
Compare →
Hamro Patro News
2d ago
इरानले अर्जेन्टिनाको नौसेना र वायु सेनालाई घोषणा गर्‍यो ‘आतंकवादी संगठन’

इरानले अर्जेन्टिनाको नौसेना र वायु सेनालाई घोषणा गर्‍यो ‘आतंकवादी संगठन’

काठमाडौं- इरानले अर्जेन्टिनाको नौसेना र वायुसेनालाई ‘आतंकवादी संगठन’ घोषणा गरेको छ । यसअघि अर्जेन्टिनाले यसै वर्ष जुनमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) लाई आतंकवादी संगठन घोषणा गरे...

#इरान #नौसेना
Compare →
Onlinekhabar
20h ago
गुल्मीमा असिना पानीले धानबालीमा क्षति

गुल्मीमा असिना पानीले धानबालीमा क्षति

२७ कात्ति, गुल्मी । धान भित्र्याउने तयारीमा रहेका गुल्मीका किसानलाई तिहारको भाइटीकाको दिन परेको असिनापानीले निराश बनाएको छ । असिनापानीका कारण जिल्लाको इस्मा गाउँपालिका–१ भराह, गुर्वामा पाक्न लागेको धानबालीमा ठूलो क्षति पुगेको छ । गुर्वामा मात्रै …

#क्षति
Compare →
Nagarik News
1d ago
असिना पानीले भोजपुरका किसानको पाकेको धानबालीमा क्षति

असिना पानीले भोजपुरका किसानको पाकेको धानबालीमा क्षति

जिल्लाका विभिन्न स्थानमा बुधबार अचानक असिना पानी परेपछि पाकेर भित्र्याउने तयारीमा रहेको धानबालीमा क्षति पुगेको छ।

#क्षति
Compare →

Related Stories

World News
Build #2611