Trending
Prev Story
Next Story

आफूलाई अपग्रेड गर्न नसक्दा कम्युनिस्ट जनमत खुम्चियो, अब कम्तीमा चुनावी एकता गरौं: वर्षमान

Nagarik News •
November 22, 2026 • 04:07 PM
5
5 reads 0 reactions

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ ले बदलिएको समाज र वर्ग संरचनाअनुसार रूपान्तरण हुन नसक्दा नेपालमा कम्युनिस्ट जनमत खुम्चिएको स्वीकार गर्दै वामपन्थी शक्तिहरूबीच एकता वा कार्यगत एकतामा जोड दिएका छन्।

आफूलाई अपग्रेड गर्न नसक्दा कम्युनिस्ट जनमत खुम्चियो, अब कम्तीमा चुनावी एकता गरौं: वर्षमान

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ ले बदलिएको समाज र वर्ग संरचनाअनुसार रूपान्तरण हुन नसक्दा नेपालमा कम्युनिस्ट जनमत खुम्चिएको स्वीकार गर्दै वामपन्थी शक्तिहरूबीच एकता वा कार्यगत एकतामा जोड दिएका छन्।

भरतपुरमा आयोजित मार्क्सवादी ज्ञान केन्द्रको छैटौं साधारण सभा तथा अन्तरक्रियामा बोल्दै पुनले तत्काल पार्टी एकता सम्भव नभए पनि सरकार, संसद्, निर्वाचन र सडक संघर्षमा कार्यगत एकता गर्नुपर्ने प्रस्ताव अघि सारे।

‘पहिलो भनेको लेफ्टहरू मिल्ने नै हो। सकिन्छ एकता, सकिँदैन कमसेकम चुनावमा कार्यगत एकता गरेर जानुपर्छ,’ उनले भने। वामपन्थीबाहेक संविधान, गणतन्त्र, संघीयता, समावेशिता र राष्ट्रिय स्वाधीनताको पक्षमा रहेका शक्तिहरूबीच पनि सहकार्य आवश्यक रहेको उनले औंल्याए।

नेपालमा कुनै समय दुई तिहाइ बहुमतसम्म पुगेको कम्युनिस्ट जनमत १५-१६ प्रतिशतमा खुम्चिनुमा समयअनुसार पार्टीहरूलाई रूपान्तरण गर्न नसक्नु मुख्य कारण रहेको उनको विश्लेषण थियो।

‘हामीले आफूलाई अपग्रेड गर्न सकेनौं, आफूलाई अपडेट गर्न सकेनौं, मार्क्सवादलाई विकास गर्न सकेनौं भन्ने कुरा हामी स्वीकार्नुपर्छ,’ पुनले भने।

पछिल्ला दुई दशकमा सडक, पूर्वाधार, शिक्षा, स्वास्थ्य, आर्थिक विकास तथा वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणका कारण नेपाली समाजको वर्ग संरचना बदलिएको उनको भनाइ थियो।

गरिबीको रेखामुनि रहेको जनसंख्या घट्दै मध्यम वर्ग विस्तार भए पनि कम्युनिस्ट पार्टीहरू नयाँ वर्गको चाहना र आकांक्षा सम्बोधन गर्न असफल भएको उनले स्वीकार गरे।

आर्थिक हैसियत बढाएका व्यक्ति तथा समुदायको बदलिएको जीवनशैली र आकांक्षालाई बुझ्न नसक्दा मध्यम वर्ग पार्टीबाट टाढिएको र त्यसले कम्युनिस्ट आन्दोलनको आधार कमजोर बनाएको उनले बताए।

युवा जनशक्तिको विस्तार, डिजिटल प्रविधिको पहुँच र वैदेशिक रोजगारीमा रहेका नेपालीको बढ्दो संख्याले नेपाली समाजको चरित्र बदलिएको उनको ठहर थियो।

सो अवसरमा पुनले पुँजीवादी व्यवस्था अन्तिम संकटमा फसेको दाबी गर्दै विश्वभर कम्युनिस्ट, वामपन्थी र समाजवादी विचारप्रति आकर्षण बढ्न थालेको बताए। अमेरिका र युरोपेली देशका जनतासमेत कम्युनिस्ट विचारधाराप्रति आकर्षित भएको उनको दाबी थियो।

विश्व राजनीति एकध्रुवीय व्यवस्थाबाट बहुध्रुवीयतातर्फ अघि बढिरहेको उल्लेख गर्दै उनले परम्परागत पुँजीवादी व्यवस्थाले वर्तमान संकटको समाधान दिन नसकेको बताए।

प्रकाशित: ६ मंसिर २०८३ २१:५२ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
7h ago
विश्वभर कम्युनिस्ट जनमत बढ्दै गएको छ, नेपालमा पनि बढाउँछौं : वर्षमान

विश्वभर कम्युनिस्ट जनमत बढ्दै गएको छ, नेपालमा पनि बढाउँछौं : वर्षमान

भरतपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले पुँजीवादी व्यवस्था अन्तिम संकटमा फसेको र विश्वभर कम्युनिस्ट, वामपन्थी र समाजवादी विचारप्रति आकर्षण बढ्न थालेको बताएका छन् । चितवन...

#कम्युनिस्ट #वर्षमान #जनमत
Compare →
Onlinekhabar
3d ago
एमाले पङ्क्ति हतास छ, जहाँ भेट्यो त्यहीँ पार्टी मिलाऔं भन्छ : वर्षमान पुन

एमाले पङ्क्ति हतास छ, जहाँ भेट्यो त्यहीँ पार्टी मिलाऔं भन्छ : वर्षमान पुन

३ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले दक्षिणपन्थी, स्वेच्छाचारी र फासिस्ट प्रवृत्तिविरुद्ध लड्न वामपन्थी र प्रजातान्त्रिक शक्तिहरूसँग सहकार्य गर्ने बताएका छन् । दैलेखमा आयोजित नेकपाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय निराशा र …

#कम्युनिस्ट #वर्षमान
Compare →
Arthasansar
1w ago
नेपाल संवत्काे  अवसरमा प्रधानमन्त्रीको शुभकामना  : ‘चाडपर्वहरूले सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउँछन्’

नेपाल संवत्काे अवसरमा प्रधानमन्त्रीको शुभकामना : ‘चाडपर्वहरूले सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउँछन्’

प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने...

#एकता
Compare →

Related Stories

Politics & Governance
Build #2612