Trending
Prev Story
Next Story

‘कांग्रेसलाई कांग्रेसकै नेता-कार्यकर्ताले हराउँछन्, एकजुट भए कसैले हराउन सक्दैन’

Nagarik News •
November 22, 2026 • 03:54 PM
6
6 reads 0 reactions

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी एकजुट भएर अघि बढे कसैले हराउन नसक्ने बताएका छन्।

‘कांग्रेसलाई कांग्रेसकै नेता-कार्यकर्ताले हराउँछन्, एकजुट भए कसैले हराउन सक्दैन’

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी एकजुट भएर अघि बढे कसैले हराउन नसक्ने बताएका छन्।

देउवा समूहको रुपन्देही जिल्ला अधिवेशनको आइतबार भैरहवामा उद्घाटन गर्दै कोइरालाले कांग्रेसलाई कांग्रेसकै नेता-कार्यकर्ताले हराउने गरेको बताए।

नेताहरूको ध्यान पद र पैसामा भन्दा राष्ट्रको विकासमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।

गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा देशमा मेडिकल कलेज, विश्वविद्यालय, सडक तथा हवाई सेवाको विस्तार भएको स्मरण गर्दै कोइरालाले कांग्रेसको इतिहास र सिद्धान्त बलियो रहेको उल्लेख गरे। साथै धर्मनिरपेक्षता र धार्मिक स्वतन्त्रताको पक्षमा आफ्नो धारणा स्पष्ट रहेको उनले बताए।

कार्यक्रममा कांग्रेसका पूर्वउपसभापति तथा पूर्वगृहमन्त्री विमलेन्द्र निधिले संविधानको रक्षा र सफल कार्यान्वयनमा जोड दिए। तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र कांग्रेसको सुझबुझबाट संविधान जारी भएको उनले बताए।

सो अवसरमा पूर्वमन्त्री एनपी साउदले नेता परिस्थिति, मुद्दा र आवश्यकताले निर्माण गर्ने धारणा राखे।

प्रकाशित: ६ मंसिर २०८३ २१:३९ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
2d ago
कांग्रेस एकताबद्ध भए कुनै शक्तिले हराउन सक्दैन : शशांक कोइराला

कांग्रेस एकताबद्ध भए कुनै शक्तिले हराउन सक्दैन : शशांक कोइराला

गोरखामा देउवा समूहको जिल्ला अधिवेशन उद्घाटन गर्दै कोइरालाले आगामी निर्वाचनमा एक भएर गए बहुमतको सरकार बन्ने दाबी गरे ।

#कांग्रेस #कोइराला #हराउन
Compare →
Onlinekhabar
2d ago
आरजु र मलाई जेनजीले बचाएका हुन्, त्यसमा ठूलो षडयन्त्र थियो : शेरबहादुर देउवा

आरजु र मलाई जेनजीले बचाएका हुन्, त्यसमा ठूलो षडयन्त्र थियो : शेरबहादुर देउवा

५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका बेला आफू र पत्नी डा. आरजु राणा देउवालाई जेनजीहरूले नै बचाएको बताएका छन् । शनिबार कांग्रेस(देउवा पक्ष)को गण्डकी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका …

#कांग्रेस #बताए
Compare →
Hamro Patro News
6h ago
कांग्रेस देउवा समूह गोरखाको सभापतिमा ओम गुरुङ निर्वाचित

कांग्रेस देउवा समूह गोरखाको सभापतिमा ओम गुरुङ निर्वाचित

काठमाडौं– नेपाली कांग्रेस देउवा समुह गोरखाको सभापतिमा ओम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । कांग्रेस देउवा समूह गोरखाको जिल्ला अधिवेशन शुक्रबारबाट शुरु भएको थियो । गुरुङसहित भूगोल थापा र मीन नेपा...

#कांग्रेस
Compare →
Arthasansar
1d ago
नेपाली कांग्रेस सोलुखुम्बुको जिल्ला अधिवेशन सम्पन्न, जिल्ला सभापतिमा सूर्य बहादुर राई निर्वाचित

नेपाली कांग्रेस सोलुखुम्बुको जिल्ला अधिवेशन सम्पन्न, जिल्ला सभापतिमा सूर्य बहादुर राई निर्वाचित

नेपाली कांग्रेस सोलुखुम्बुको नियमित १५ औं जिल्ला अधिवेशन मिति २०८३ मंसिर ४ गते नेपाली कांग्रेसका पुराना नेता प्रेमध्वज बस्नेतको संयोजकत्वमा...

#कांग्रेस
Compare →

Related Stories

Politics & Governance
Build #2612