Trending
Prev Story
Next Story

आरजु र मलाई जेनजीले बचाएका हुन्, त्यसमा ठूलो षडयन्त्र थियो : शेरबहादुर देउवा

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका बेला आफू र पत्नी डा. आरजु राणा देउवालाई जेनजीहरूले नै बचाएको बताएका छन् । शनिबार कांग्रेस(देउवा पक्ष)को गण्डकी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका …

आरजु र मलाई जेनजीले बचाएका हुन्, त्यसमा ठूलो षडयन्त्र थियो : शेरबहादुर देउवा

५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका बेला आफू र पत्नी डा. आरजु राणा देउवालाई जेनजीहरूले नै बचाएको बताएका छन् ।

शनिबार कांग्रेस(देउवा पक्ष)को गण्डकी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘मेरो श्रीमती आरजु र मलाई मारिसकेका हुन्, हामी बाँचेका हौं हेर्नुस् । यहाँ अहिलेसम्म घाउ छ,’ देउवाले भने, ‘हेलिकप्टर ल्यान्ड गर्न दिएन । घर जाने बाटोमा सारा मान्छे बसिदिएर, सारा मान्छे बसे हामीले बचाउन सकेनौं भने । पछि आर्मी गाडी पठाएर आर्मीको क्याम्पमा हामी बस्यौं । आर्मी क्याम्पमा मेरो श्रीमती र मेरो उपचार भएर बाँचेका हौं ।’

त्यो बेला जेनजीले नै आफूलाई बचाएको उनले सुनाए । ‘मलाई जेनजीहरूले बचाएको हो । फोटोमा देखिन्छ बचाउनेहरू । जेनजीको नाममा ५० वर्षमाथिकाहरूले ढुंगामुडा हाने,’ देउवाले भने ।

त्यसो हुनुका पछाडि धेरै ठूलो षडयन्त्र रहेको उनले बताए । ‘त्यसमा धेरै ठूलो षडयन्त्र थियो,’ उनले भने, ‘लौ ठिक छ, ओलीजी प्रधानमन्त्री थिए, मेरी श्रीमती मन्त्री थिइन । गृहमन्त्री थिए रमेश लेखक । भट्टराई निवास किन हानेको ?’

त्यो बेला बीपी कोइरालाका बुबाले बनाएको घरदेखि गणेशमान सिंहको घर हानेको उनले स्मरण गराए । ‘देशभरि पार्टी अफिसमा हानियो । यो कांग्रेसको खिलाफको षडयन्त्र हो भन्ने बुझ्नुपर्दछ,’ देउवाले भने ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
20h ago
'कांग्रेस देउवाको हातमा जानुपर्छ' भन्ने रास्वपा सांसदको संवाद विवादमा, श्रीराम न्यौपानेले के भने ?

'कांग्रेस देउवाको हातमा जानुपर्छ' भन्ने रास्वपा सांसदको संवाद विवादमा, श्रीराम न्यौपानेले के भने ?

नेपाली कांग्रेस शेरबहादुर देउवाकै नेतृत्वमा जानुपर्ने आशय व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले चीन भ्रमणका क्रममा गरेको अनौपचारिक कुराकानीको भिडियो सार्वजनिक भएपछि विवाद ...

#शेरबहादुर-देउवा #कांग्रेस #देउवा
Compare →
Nagarik News
9h ago
जेनजी आन्दोलनका क्रममा भागेका कैदी पक्राउ

जेनजी आन्दोलनका क्रममा भागेका कैदी पक्राउ

जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट भागेका लागूऔषध मुद्दाका एक कैदी पक्राउ परेका छन्।

#जेनजी
Compare →
Ekantipur
9h ago
देउवा समूहको बागलुङ सभापतिमा छन्त्याल निर्विरोध

देउवा समूहको बागलुङ सभापतिमा छन्त्याल निर्विरोध

अधिवेसन उद्घाटन गर्न पुगेका पुर्व सभापति शेरबहादुर देउवाले अबको आफ्नो जीवन लोकतन्त्रकालागि समर्पित गर्ने बताए ।

#शेरबहादुर-देउवा #देउवा
Compare →

Related Stories

Politics & Governance
Build #2612