Trending
Prev Story
Next Story

देउवा समूहको बागलुङ सभापतिमा छन्त्याल निर्विरोध

Ekantipur •
November 21, 2026 • 04:02 AM
4
4 reads 0 reactions

अधिवेसन उद्घाटन गर्न पुगेका पुर्व सभापति शेरबहादुर देउवाले अबको आफ्नो जीवन लोकतन्त्रकालागि समर्पित गर्ने बताए ।

देउवा समूहको बागलुङ सभापतिमा छन्त्याल निर्विरोध

अधिवेसन उद्घाटन गर्न पुगेका पुर्व सभापति शेरबहादुर देउवाले अबको आफ्नो जीवन लोकतन्त्रकालागि समर्पित गर्ने बताए ।

बागलुङ — कांग्रेसको देउवा समूहले शुक्रबार आयोजना गरेको बागलुङ जिल्ला अधिवेशनले सागर छन्त्याललाई सभापति चयन गरेको छ । शुक्रबार राती भएको बन्दसत्रमा छन्त्याल निर्विरोध सभापति चयन भएका हुन् ।

उपसभापतिमा महेन्द्र आचार्य र शैलेश घर्ती तथा सचिवमा हरिबहादुर जिसी ‘सन्तोष’ र धर्म घर्ती चयन भएका छन् । सहसचिवमा ढालेन्द्र गौतम र मिलन केसी चयन भए ।

क्षेत्रीय अधिवेसनमा महिला, दलीत, युवा समूहबाट महाधिवेसन प्रतिनिधि छनौट गरेको यो समूहले जिल्लामा भने महिला रहित पदाधिकारी बनाएको छ । पार्टीले अन्य सदस्यहरुको भने नाम सार्वजनिक गरेको छैन ।

अधिवेसन उद्घाटन गर्न  पुर्व सभापति शेरबहादुर देउवा आएका थिए । उनले अबको जीवन लोकतन्त्रकालागि समर्पित गर्ने बताए ।

यसअघि अदालत र पार्टी सभापति गगन थापा प्रति आक्रोशित देखिदै आएका देउवाले शुक्रबारको कार्यक्रममा भने अदालतले न्याय दिनेमा आश्वस्त रहेको बताए ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
5d ago
कांग्रेस देउवा समूहको तेह्रथुम सभापतिमा डिल्लीराम नेपाल

कांग्रेस देउवा समूहको तेह्रथुम सभापतिमा डिल्लीराम नेपाल

३० कात्तिक, तेह्रथुम । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको तेह्रथुम सभापतिमा डिल्लीराम नेपाल चयन भएका छन् । आइतबार सदरमुकाम म्याङलुङमा भएको अधिवेशनबाट जिल्ला सचिवमा जगन्नाथ दङ्गाल सहित २९ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो …

#शेरबहादुर-देउवा #देउवा #समूहको
Compare →
Hamro Patro News
5d ago
जनसम्पर्क समिति अमेरिकाको सभापतिमा सञ्जीव श्रेष्ठ सर्वसम्मत निर्वाचित

जनसम्पर्क समिति अमेरिकाको सभापतिमा सञ्जीव श्रेष्ठ सर्वसम्मत निर्वाचित

• नेपाली कांग्रेसको जनसम्पर्क समिति अमेरिकाको तेस्रो अधिवेशनले सञ्जीव श्रेष्ठलाई सभापति चयन गर्दै नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। • सभापति शेरबहादुर देउवाले प्रवासमा रहेका नेपालीहरूको मातृभू…

#शेरबहादुर-देउवा #चयन #सभापतिमा
Compare →
Nagarik News
1w ago
अब पदको अपेक्षा छैन, कसैले स्वार्थअनुसार कांग्रेस नियन्त्रण गर्न सक्दैन: देउवा

अब पदको अपेक्षा छैन, कसैले स्वार्थअनुसार कांग्रेस नियन्त्रण गर्न सक्दैन: देउवा

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूलाई अब कुनै पदको अपेक्षा नरहेको र पार्टी तथा देशका लागि निरन्तर योगदान गर्ने बताएका छन्।

#शेरबहादुर-देउवा #देउवा
Compare →

Related Stories

Technology
Build #2612