बुटवल । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले रुपन्देही जिल्ला अधिवेशन मङ्सिर ६ गते गर्ने भएको छ । शुक्रबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा अधिवेशन व्यवस्थापन समितिका संयोजक अधिवक्ता कृष्णप्रसाद पोखरेलले अधिवेशन भैरहवास्थित सनस्टार होटलमा हुने जानकारी दिए ।
उनका अनुसार अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । अधिवेशनअघि आइतबार बिहान ११ बजे भैरहवास्थित बुद्धचोकबाट र्याली निकालिनेछ । यसअघि जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )