Trending
Prev Story
Next Story

सुनसरीमा ठूलो परिमाणमा लागुऔषध सहित १३ जना पक्राउ

Ekantipur •
November 21, 2026 • 04:02 AM
11
11 reads 0 reactions

इनरुवा जिल्ला प्रहरी कार्यालय सुनसरीले विभिन्न स्थानबाट ठूलो परिमाणमा लागुऔषध सहित १३ जनालाई शुक्रबार पक्राउ गरेको छ ।

सुनसरीमा ठूलो परिमाणमा लागुऔषध सहित १३ जना पक्राउ

इनरुवा जिल्ला प्रहरी कार्यालय सुनसरीले विभिन्न स्थानबाट ठूलो परिमाणमा लागुऔषध सहित १३ जनालाई शुक्रबार पक्राउ गरेको छ ।

काठमाडौँ — इनरुवा जिल्ला प्रहरी कार्यालय सुनसरीले विभिन्न स्थानबाट ठूलो परिमाणमा लागुऔषध सहित १३ जनालाई शुक्रबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार अररिया जिल्ला बसमतीया बेलहा–०८ का २० बर्षीय पंकजकुमार खत्वे, २० बर्षीय महेशकुमार शर्मा, २५ बर्षीय मन्तोष शर्मा, इटहरी–०४ का २२ बर्षीया राजेश रिसिदेव, ७ का २० बर्षीय सञ्जय अधिकारी, ४ का ३९ बर्षीय सन्तकुमार खड्का, उदयपुर चौदण्डीगढी–५ का ३४ बर्षीय उदितनारायण चौधरी, राज कुमार डङगोल, धरान–१५ का २५ बर्षीय सौरभ जिमि, २० का २२ बर्षीय सुगम राई, १४ का २१ बर्षीय अविजित निरौला, १३ का २५ बर्षीय आशिष राई र मोरङ लेटाङ–१ का २६ बर्षीय हरि लिम्बु रहेको सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

लागु औषध नियन्त्रण ब्युरो बिराटनगर, जिल्ला प्रहरी कार्यालय सुनसरी र बिभिन्न युनिटबाट खटिएको प्रहरीको टोलीले गोप्य सूचनाको आधारमा चेकजाच गर्ने क्रममा १३ जनालाई लागुऔषध सहित नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक मल्लले बताए ।

सुनसरी कोसी गाउँपालिका–१ लौकही केराघारीमा बिआर ५० त २४९४ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा भारत बिहार अररिया जिल्ला थाना बसमतिया बेलहा–८ का पंकज, महेश र मन्तोषलाई ब्राउन सुगर जस्तो देखिने पदार्थ ४२.२७ ग्राम सहित नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक मल्लले जानकारी दिए । नियन्त्रणमा लिएकाको बिषयमा अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

भोक्राहा नरसिंह गाउँपालिका–६ स्थित हुलाकी राजमार्गमा भारतबाट नेपाल तर्फ आउदै गरेका इटहरी–४ का बस्ने राजेश, सञ्जय र सन्तलाई शंका लागि खानतलासी गर्दा उनीहरुको साथबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १.४३ बरामद भएको प्रहरी उपरीक्षक मल्लले बताए ।

त्यसैगरी इटहरी–५ आइतबारेमा उदयपुर चौदण्डीगढी नगरपालिका–५ का उदितलाई शंका लागि खानतलासी गर्दा लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८.६५ ग्राम बरामद भएको उहाँले जानकारी दिए ।

त्यसैगरी धरान–१४ हात्तिसार पथमा लागू औषध विक्री वितरण भईरहेको विशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले राजकुमारको घरमा चेकजाच गर्दा धरान–१५ का सौरभ, २० का सुगम, १४ का अविजित, १३ का आशिष र मोरङ लेटाङ–१ का हरि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ परेकाकोबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ १२४.४७ ग्राम, डाइक्लोमेन ५९३० ट्याब्लेट, नाइट्रोजन ४४५ ट्याब्लेट, स्पासप्रोक्सीभोन ६५ ट्याब्लेट र ट्रामाडोल १५ क्याप्सुल बरामद भएको उनले बताए ।

पक्राउ परेकाहरु ठुलो कारोवारी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेकाको बिषयमा थप अनुशन्धान भइरहेको सुनसरीका प्रहरी उपरीक्षक मल्लले बताए ।

नेपाल नेपाल न्यूज बैंक न्युज एजेन्सी हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
सुनसरीमा ठूलो परिमाणमा लागुऔषध सहित १३ जना पक्राउ

सुनसरीमा ठूलो परिमाणमा लागुऔषध सहित १३ जना पक्राउ

सुनसरीमा ठूलो परिमाणमा लागुऔषध सहित १३ जना पक्राउ इनरुवा जिल्ला प्रहरी कार्यालय सुनसरीले विभिन्न स्थानबाट ठूलो परिमाणमा लागुऔषध सहित १३ जनालाई शुक्रबार पक्राउ गरेको छ । मंसिर ५, २०८३ नेपाल न्यूज...

#सुनसरी #परिमाण #लागुऔषध
Compare →
Onlinekhabar
1d ago
एफबीआईको मोस्ट वान्टेड लागुऔषध माफिया पक्राउ, सेनाले हेलिकप्टरबाट चलायो गोली

एफबीआईको मोस्ट वान्टेड लागुऔषध माफिया पक्राउ, सेनाले हेलिकप्टरबाट चलायो गोली

५ मंसिर, काठमाडौं । अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईको मोस्ट वान्टेड सूचीमा रहेका लागुऔषध माफिया फाउस्टो इसिद्रो मेजा फ्लोरेसलाई मेक्सिकोको सेनाले पक्राउ गरेको छ। सीएनएनका अनुसार, शुक्रबार राति एक बेसबल खेल चलिरहेकै बेला उनलाई पक्रन सैन्य …

#लागुऔषध
Compare →
Nagarik News
1d ago
लागुऔषधसहित १७ जना पक्राउ

लागुऔषधसहित १७ जना पक्राउ

दमक नगरपालिका–८ वसन्त मार्गबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ एक ग्राम ४७० मिलिग्राम र नगद २७ हजार रुपैयाँसहित दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।

#लागुऔषध #सहित
Compare →

Related Stories

World News
Build #2612