Trending
Prev Story
Next Story

बच्चाले आ’ गो खेलाउँदा मकवानपुरमा घर ज’लेर नष्ट

Nagarik News •
November 22, 2026 • 04:01 PM
6
6 reads 0 reactions

बकैया गाउँपालिका-६ उपचौरमा आइतबार बिहान आगलागी हुँदा एउटा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।

बच्चाले आ’ गो खेलाउँदा मकवानपुरमा घर ज’लेर नष्ट

बकैया गाउँपालिका-६ उपचौरमा आइतबार बिहान आगलागी हुँदा एउटा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।

स्थानीय प्रकाश बलको काठले बनेको र खरले छाएको दुई तले घरमा बिहान करिब ७ बजे अचानक आगलागी भएको हो। घरमा कोही नभएको अवस्थामा बच्चाहरूले आगो खेल्ने क्रममा आगलागी भएको प्रहरीले जनाएको छ।

स्थानीय बासिन्दाको प्रयासमा बिहान ८ बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। आगलागीबाट कुनै मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जानकारी दिएको छ।

आगलागीमा घरसहित भित्र रहेका अन्नपात, लत्ताकपडा र भाँडाकुँडा जलेर करिब ७ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

प्रकाशित: ६ मंसिर २०८३ २१:४६ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Onlinekhabar
2d ago
सर्लाहीमा अवैध गाँजा खेती नष्ट

सर्लाहीमा अवैध गाँजा खेती नष्ट

६ मंसिर, जनकपुरधाम । प्रहरीले मधेश प्रदेशमा अवैध गाँजा खेती नष्ट गर्ने अभियान सञ्चालन गरेको छ । उक्त अभियान अन्तर्गत सर्लाही प्रहरीले लालबन्दी नगरपालिका–१४ र १५ स्थित चुरे क्षेत्रमा लगाइएको अवैध गाँजा खेती नष्ट गरेको हो …

#नष्ट
Compare →

Related Stories

Technology
Build #2612