धनकुटा । धनकुटाका दुग्ध उत्पादक किसानले कच्चा दूधको खरिद मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न सरकारसँग माग गरेका छन् ।
जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ धनकुटाले दूध उत्पादन लागत बढेको तर किसानले पाउने मूल्य नबढेको भन्दै मूल्य समायोजन गर्न माग गरेको हो । आइतबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष नारद कटुवालले हाल किसानले प्रतिलिटर ५० देखि ५५ रुपैयाँ मात्र पाउँदै आएको बताउँदै उक्त मूल्य बढाएर कम्तीमा ८० रुपैयाँ पुर्याउनुपर्ने माग गरे ।
Read full story at source ( ratopati.com )