Trending
Prev Story
Next Story

इन्डोनेसिया मिठाइ कारखाना आगलागी : मृतकको संख्या ६ पुग्यो, ३३ जना बेपत्ता

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
4
4 reads 0 reactions

इन्डोनेसियाको बान्टेन प्रान्तस्थित सेराङ जिल्लाको सिकान्डेमा मिठाइ कारखानामा आगलागी घटनामा मृत्यस हुनेको संख्या ६ पुगेको छ । अझैं ३३ जना बेपत्ता छन् । शनिबार साँझ कारखानामा आगलागी भएको थियो । राष्ट्रिय खोज तथा उद्धार एजेन्सी (बासार्नास) …

इन्डोनेसिया मिठाइ कारखाना आगलागी : मृतकको संख्या ६ पुग्यो, ३३ जना बेपत्ता

इन्डोनेसियाको बान्टेन प्रान्तस्थित सेराङ जिल्लाको सिकान्डेमा मिठाइ कारखानामा आगलागी घटनामा मृत्यस हुनेको संख्या ६ पुगेको छ । अझैं ३३ जना बेपत्ता छन् ।

शनिबार साँझ कारखानामा आगलागी भएको थियो । राष्ट्रिय खोज तथा उद्धार एजेन्सी (बासार्नास) का अनुसार आइतबार दिउँसोसम्म ६ जनाको शव बाहिर निकालिएको छ । घटनामा अन्य चार जना घाइते भएका छन् ।

आइतबार बिहानसम्म आगो नियन्त्रणमा आइसकेको थियो । आगलागी हुँदा कारखानाभित्र धेरै कर्मचारी काम गरिरहेका थिए । आगो फैलिन थालेपछि उनीहरू ज्यान जोगाउन बाहिर निस्कने प्रयास गरेका थिए ।

आइतबार बिहान कारखानाको गेटबाहिर बेपत्ता कर्मचारीका परिवारजन आफ्ना आफन्तको खोजीमा थिए । उनीहरूमध्ये सिती जौहरी पनि आफ्ना भाइ मुहम्मद मारुफिनको प्रतीक्षामा थिइन् । आगलागी भएदेखि नै भाइसँग उनको सम्पर्क हुन सकेको छैन ।

इन्डोनेसियाली अनलाइन समाचार पोर्टल कोम्पास डटकमसँग कुरा गर्दै सितीले कारखाना व्यवस्थापनले अहिलेसम्म कुनै जानकारी नदिएको बताइन् ।

‘कारखाना व्यवस्थापनबाट अहिलेसम्म कुनै जानकारी आएको छैन । मेरो भाइलाई के भयो भन्ने पनि बताइएको छैन,’ उनले भनिन् ।

विद्यालयको पढाइ पूरा गरेदेखि नै उनका भाइ उक्त कारखानामा काम गर्दै आएका थिए । सात वर्षको एउटा सन्तानका पिता रहेका भाइ सकुशल भेटिने र छिट्टै घर फर्किने आशामा सिती अझै प्रतीक्षारत छिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
9h ago
इन्डोनेसियाको मिठाई कारखानामा आगलागी हुँदा तीन जनाको मृत्यु, ३६ जना बेपत्ता

इन्डोनेसियाको मिठाई कारखानामा आगलागी हुँदा तीन जनाको मृत्यु, ३६ जना बेपत्ता

इन्डोनेसियाको मिठाई कारखानामा आगलागी हुँदा तीन जनाको मृत्यु, ३६ जना बेपत्ता स्थानीय उद्धार अधिकारीका अनुसार शनिबार दिउँसो सेराङ जिल्लास्थित फोनुसा अगुङ मुलिया कारखानामा आगलागी भएको हो मंसिर ६, २०...

#कारखाना #आगलागी #इन्डोनेसिया
Compare →
Nagarik News
9h ago
इन्डोनेसियाको मिठाई कारखानामा आ’गलागी हुँदा तीन जनाको मृ’त्यु, ३६ बेपत्ता

इन्डोनेसियाको मिठाई कारखानामा आ’गलागी हुँदा तीन जनाको मृ’त्यु, ३६ बेपत्ता

इन्डोनेसियाको राजधानी जकार्ताको पश्चिममा रहेको एक मिठाई उत्पादन गर्ने कारखानामा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता भएका छन्।

#कारखाना #आगलागी #इन्डोनेसिया
Compare →
Ekantipur
3h ago
कीर्तिपुरमा सिरक–डसना उद्योगमा आगलागी, २५ लाखसम्मको क्षति

कीर्तिपुरमा सिरक–डसना उद्योगमा आगलागी, २५ लाखसम्मको क्षति

विकास चौधरीले सञ्चालन गर्दै आएको उद्योगमा आइतबार दिउँसो करिब २:३० बजे आगलागी भएको हो ।

#आगलागी
Compare →
Bizshala
8h ago
रसुवा–भोटेकोशी बाढीमा बेपत्ता थप ७४० जनाको विवरण सार्वजनिक, ७ दिनभित्र दाबी पेश गर्न आग्रह

रसुवा–भोटेकोशी बाढीमा बेपत्ता थप ७४० जनाको विवरण सार्वजनिक, ७ दिनभित्र दाबी पेश गर्न आग्रह

काठमाण्डौ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा–भोटेकोशी बाढीमा बेपत्ता भएका थप ७४०...

#बेपत्ता
Compare →
Arthasansar
6d ago
बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बुंगल नगरपालिका–१० को टुमेडामा बिहान...

#बेपत्ता
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612