Trending
Prev Story
Next Story

अस्ट्रेलियन ओपनको छनोट चरणमा अभिषेक बास्तोलालाई वाइल्डकार्ड

Nagarik News •
November 22, 2026 • 12:34 PM
5
5 reads 0 reactions

अस्ट्रेलियन ओपनको छनोट चरणमा वाइल्डकार्ड पाउने बस्तोला पहिलो नेपाली खेलाडी हुन्। छनोट चरणमा आठ खेलाडी सहभागी हुँदैछन्।

अस्ट्रेलियन ओपनको छनोट चरणमा अभिषेक बास्तोलालाई वाइल्डकार्ड

नेपाली टेनिस खेलाडी अभिषेक बस्तोला अस्ट्रेलियन ओपन २०२७ को एसिया–प्यासिफिक वाइल्डकार्ड प्लेअफ खेल्न चीनको छेङ्दु पुगेका छन्। नोभेम्बर २३ देखि २८ सम्म सिचुआन इन्टरनेसनल टेनिस सेन्टरमा हुने प्रतियोगितामा उनले पुरुष एकलतर्फ प्रतिस्पर्धा गर्नेछन्।

अस्ट्रेलियन ओपनको छनोट चरणमा वाइल्डकार्ड पाउने बस्तोला पहिलो नेपाली खेलाडी हुन्। छनोट चरणमा आठ खेलाडी सहभागी हुँदैछन्। तीमध्ये चार खेलाडीले वरीयताका आधारमा र चार जनाले वाइल्डकार्डमार्फत स्थान बनाएका छन्। छनोटबाट चार खेलाडी १६ जनाको मुख्य प्लेअफमा प्रवेश गर्नेछन्। मुख्य प्लेअफको विजेताले आगामी जनवरीमा मेलबर्नमा हुने अस्ट्रेलियन ओपनको पुरुष एकल मुख्य ड्रमा स्थान बनाउनेछ।

पोखरामा आठ वर्षको उमेरदेखि टेनिस खेल्न थालेका बस्तोलाले लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै आएका छन्। सन् २०१२ मा प्रशिक्षण र छात्रवृत्तिको अवसर खोज्दै थाइल्यान्ड पुगेका उनले त्यहाँको प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै छात्रवृत्ति प्राप्त गरेका थिए।

त्यसपछि उनले अन्तर्राष्ट्रिय टेनिस महासंघ (आईटीएफ) का जुनियर प्रतियोगितामा सहभागिता जनाउँदै विश्व जुनियर वरीयतामा करिब ७७०औँ स्थानसम्मको यात्रा तय गरे। सन् २०१३ मा चीनको नान्जिङमा आयोजित एसियाली युवा खेलकुदमा टेनिसतर्फ नेपालको प्रतिनिधित्व गर्ने पहिलो पुरुष खेलाडी बनेका उनी चार संस्करणका एसियाली खेलकुदमा सहभागी हुने पहिलो नेपाली टेनिस खेलाडीसमेत हुन्।

सन् २०२३ मा आईटीएफ विश्व वरीयतामा प्रवेश गर्ने पहिलो नेपाली पुरुष खेलाडी बनेका बस्तोलाको नाममा डेभिस कपमा नेपाली खेलाडीले हासिल गरेको सर्वाधिक सात एकल जितको कीर्तिमान छ।

उनले अमेरिकी विश्वविद्यालयको एनसीएए डिभिजन–१ मा टेनिस खेल्ने पहिलो नेपाली खेलाडीको इतिहाससमेत बनाएका छन्। अब उनको लक्ष्य चीनमा हुने प्लेअफ जित्दै ग्रान्डस्लामको मुख्य प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्नु हो।

छेङ्दुको प्रतियोगिता बस्तोलाका लागि ग्रान्डस्लामको मुख्य ड्रमा पुग्ने महत्वपूर्ण अवसर बनेको छ।

प्रकाशित: ६ मंसिर २०८३ १८:१९ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1d ago
टेनिस: अस्ट्रेलियन ओपनकाे वाइल्डकार्ड पाउन अभिषेक छेन्दुतर्फ

टेनिस: अस्ट्रेलियन ओपनकाे वाइल्डकार्ड पाउन अभिषेक छेन्दुतर्फ

नेपाली टेनिस खेलाडी अभिषेक बास्तोला अस्ट्रेलियन ओपन एसिया–प्यासिफिक वाइल्डकार्ड प्लेअफ खेल्नका लागि चीनको छेन्दु गएका छन् ।

#अस्ट्रेलियन #ओपन #वाइल्डकार्ड
Compare →
Onlinekhabar
6d ago
एकदिवसीय विश्वकप छनोटमा सुपर सिक्स चरण हटाइयो

एकदिवसीय विश्वकप छनोटमा सुपर सिक्स चरण हटाइयो

३० कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२७ को एकदिवसीय विश्वकप छनोट प्रतियोगिताबाट सुपर सिक्स चरण हटाएको छ। यसअघि लगातार तीन संस्करणमा प्रयोग गरिएको सुपर सिक्सको संरचना हटाउँदै आईसीसीले आगामी छनोट प्रतियोगिता नयाँ …

#छनोट #चरण
Compare →
Hamro Patro News
3d ago
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा

काठमाडौं । कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय खेलकुद परिषद्ले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मंसिर १६ देखि २७ ...

#चरण
Compare →

Related Stories

Sports
Build #2612