Trending
Prev Story
Next Story

भारत भ्रमणमा राष्ट्रहित सर्वोपरि ठान्न कांग्रेस महामन्त्री पौडेलको आग्रह

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमण सफल र फलदायी होस् भन्दै शुभकामना व्यक्त गरेका छन्। उनले आन्तरिक राजनीतिक मतभेदभन्दा मुलुकको राष्ट्रिय हित सधैँ माथि रहने …

भारत भ्रमणमा राष्ट्रहित सर्वोपरि ठान्न कांग्रेस महामन्त्री पौडेलको आग्रह

६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमण सफल र फलदायी होस् भन्दै शुभकामना व्यक्त गरेका छन्। उनले आन्तरिक राजनीतिक मतभेदभन्दा मुलुकको राष्ट्रिय हित सधैँ माथि रहने बताएका छन्।

प्रधानमन्त्री शाहको भारत भ्रमणलाई लक्षित गर्दै आफ्नो धारणा सार्वजनिक गरेका पौडेलले प्रधानमन्त्रीको कार्यशैली र सरकारका विभिन्न विषयमा कांग्रेसको गम्भीर असहमति रहे पनि अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गर्दा सबैले राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्ने बताएका हुन्।

उनले प्रधानमन्त्रीको कूटनीतिक भ्रमणअघि राज्यका सम्बन्धित निकाय र राजनीतिक दलहरूसँग आवश्यक परामर्श नगरी अगाडि बढ्नु संस्थागत अभ्यास र लोकतान्त्रिक मूल्यका दृष्टिले उचित नभएको टिप्पणी गरेका छन्।

‘आन्तरिक राजनीतिका सन्दर्भमा प्रधानमन्त्रीज्यूको कार्यशैली र थुप्रै विषयप्रति हाम्रा गम्भीर असहमति हुन सक्छन्। अझ, सिङ्गो देशको प्रतिनिधित्व गर्ने महत्त्वपूर्ण कूटनीतिक भ्रमणअघि राज्यका सम्बन्धित निकाय र राजनीतिक दलहरूसँग आवश्यक परामर्शसमेत नगरी अगाडि बढ्नु संस्थागत अभ्यास र लोकतान्त्रिक मूल्यको दृष्टिले उचित होइन,’ पौडेलले भनेका छन्।

यद्यपि, उनले आन्तरिक राजनीतिक असहमति र मतभेदलाई अन्तर्राष्ट्रिय सम्बन्धमा हाबी हुन दिन नहुने धारणा राखेका छन्। परराष्ट्र नीति र अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व हुने विषयमा आन्तरिक विमतिलाई थाती राखेर राष्ट्रिय स्वाभिमान र हितका पक्षमा उभिनु सबैको साझा दायित्व भएको उनको भनाइ छ।

पौडेलले प्रधानमन्त्री शाहले भारत भ्रमणका क्रममा नेपालको दीर्घकालीन हितलाई केन्द्रमा राखेर द्विपक्षीय मुद्दाहरू स्पष्ट रूपमा उठाउने विश्वाससमेत व्यक्त गरेका छन्। विगतदेखि नेपालले निरन्तर उठाउँदै आएका विषयलाई उच्च प्राथमिकताका साथ प्रस्तुत गर्न उनले प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।

नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक तथा जनस्तरमा समेत प्रगाढ रहेको उल्लेख गर्दै पौडेलले यस सम्बन्धलाई सार्वभौम समानता, आपसी विश्वास र सम्मानको आधारमा थप सुदृढ बनाउनुपर्ने बताएका छन्।

उनका अनुसार दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रयाससँगै नेपालको राष्ट्रिय हितमा ठोस उपलब्धि हासिल गर्नु भ्रमणको मुख्य प्राथमिकता हुनुपर्छ।

प्रधानमन्त्री शाहको भारत भ्रमणले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप मजबुत बनाउनुका साथै नेपालको दीर्घकालीन हितमा सकारात्मक परिणाम ल्याउने अपेक्षा गर्दै पौडेलले भ्रमण सफल र फलदायी होस् भन्ने शुभकामना दिएका छन्।

पौडेलको अभिव्यक्तिले प्रधानमन्त्रीको आन्तरिक कार्यशैलीप्रति असहमति राख्दै पनि राष्ट्रिय हित र कूटनीतिक विषयमा साझा धारणा बनाउनुपर्ने कांग्रेसको दृष्टिकोणलाई प्रतिबिम्बित गरेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1h ago
प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक हुने विश्वास छ - प्रवक्ता खरेल

प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक हुने विश्वास छ - प्रवक्ता खरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण उपलब्धिमूलक हुने विश्वास व्यक्त गरेका छन् । भारत भ्रमणका लागि प्रस्थान गरेका प्रधान...

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Arthasansar
2h ago
दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । उनी केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका...

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Bizshala
4h ago
प्रधानमन्त्री बालेन भारत भ्रमणमा निस्किएपछि विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

प्रधानमन्त्री बालेन भारत भ्रमणमा निस्किएपछि विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) औपचारिक भारत भ्रमणमा जाने भएपछि ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले...

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Nagarik News
4h ago
प्रधानमन्त्रीसँग भारत भ्रमणमा ३५ जना सदस्य टोली, को-को हुन् ? (सूचीसहित)

प्रधानमन्त्रीसँग भारत भ्रमणमा ३५ जना सदस्य टोली, को-को हुन् ? (सूचीसहित)

प्रधानमन्त्री बालेन्द्र शाह ३५ सदस्यीय टोलीको नेतृत्व गर्दै आज नयाँदिल्ली प्रस्थान गर्दै छन्।

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Ekantipur
45m ago
प्रधानमन्त्रीको भारत भ्रमणमा नेपाली श्रमिकका मुद्दा उठाउन माग

प्रधानमन्त्रीको भारत भ्रमणमा नेपाली श्रमिकका मुद्दा उठाउन माग

भारत जाने नेपाली कामदार भन्छन्, ‘प्रधानमन्त्रीको भारत भ्रमणमा बैंकिङ सुविधा, श्रमिक सुरक्षा, बीमा, क्षतिपूर्ति र सीमामा हुने सास्तीका हाम्रा समस्या पनि उठाइयोस्।'

#भारत #भ्रमण
Compare →

Related Stories

Politics & Governance
Build #2612