Trending
Prev Story
Next Story

कवि तथा गीतकार टीका चाम्लिङको निधन

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

६ मंसिर, खोटाङ । कवि तथा गीतकार टीका चाम्लिङको निधन भएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला खाम्ला ठेगाना भएका ५३ वर्षीय चाम्लिङको क्यान्सरका कारण मंसिर ५ गते राती निधन भएको हो । संगीत …

कवि तथा गीतकार टीका चाम्लिङको निधन

६ मंसिर, खोटाङ । कवि तथा गीतकार टीका चाम्लिङको निधन भएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला खाम्ला ठेगाना भएका ५३ वर्षीय चाम्लिङको क्यान्सरका कारण मंसिर ५ गते राती निधन भएको हो ।

संगीत तथा नाट्य प्राङ्गणमा श्रद्धाञ्जली सभापछि जन्मथलोमा लगेर दाहसंस्कार गर्ने तयारी भइरहेको आफन्त सुरेश राईले बताए ।

२०८० सालदेखि क्यान्सरसँग लड्दैआएका चाम्लिङको बिएण्डबी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । एक पटक क्यान्सरलाई जितेका चाम्लिङको दोश्रो पटक अर्को ठाउँमा क्यान्सर दोहोरिएको थियो ।

२०३० माघ ४ गते जन्मिएका चाम्लिङका दुई सयभन्दा बढी गीत रेकर्ड छन् । लामो समयदेखि गीत, कविता र संस्कृतिका क्षेत्रमा योगदान पुर्‍याउँदै आएका चाम्लिङका ‘जाउँ सँगी गाउँघरैमा, आलु तामाले’ चर्चित गीत हुन् । चाम्लीङका श्रीमती र एक छोरा छन् ।

चाम्लिङका सधैँभरि, गीति अडियो-२०५८, राखौऊ सम्झना, लोकजुहारी शब्द संकलन-२०५९, सोमबारे हाटैमा, लोक जुहारी शब्द सड्ढलन-२०५९, सपनाको रङ, गीतिकाव्य–२०६०, समयको रङ, गीतिकाव्य-२०६४, जूनको बस्ती, गीतिकाव्य-२०६८, मुन्दुम र मालिङ्गो, गीतिकाव्य-२०७१, बागी कविता, कविताकाव्य-२०८० लगायत प्रकाशित छन् ।

चाम्लिङले २०६१ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी आधुनिक गीत-सङ्गीत सम्मेलनमा रचनातर्फ सर्वोत्कृष्ट गीतकार, २०७५ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी बाल गीत-सङ्गीत सम्मेलनमा रचनातर्फ सर्वोत्कृष्ट गीतकार, २०७३ सालमा नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको नेपाली प्रतिभा पुरस्कार, २०७२ सालमा खोटाङ सेवा समाज, बेलायतको खोटाङ प्रतिभा पुरस्कार, २०७८ सालमा कोशी प्रदेश सरकारको प्रदेश भाषा, साहित्य, कला र संस्कृति सम्मान लगायतका दर्जर्नौ सम्मान तथा पुरस्कार पाएका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1d ago
तीन दशकदेखि सक्रिय पत्रकार सेर्माको निधन

तीन दशकदेखि सक्रिय पत्रकार सेर्माको निधन

क्यान्सर रोगबाट पीडित सेर्माको मंसिर ४ गते राति काठमाण्डौमा निधन भएको हो ।

#निधन #क्यान्सर
Compare →
Nagarik News
3h ago
रहेनन् स्रष्टा टीका चाम्लिङ

रहेनन् स्रष्टा टीका चाम्लिङ

नेपाली गीत, कविता र संस्कृतिका क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका टीका चाम्लिङ खोटाङमा जन्मिएका स्थापित गीतकार, कवि र संस्कृतिकर्मी हुन्।

#चाम्लिङ #टीका
Compare →
Hamro Patro News
23h ago
‎कवि तथा गीतकार दीपा मेवाहाङको ‘आउँछन् होला’ सार्वजनिक

‎कवि तथा गीतकार दीपा मेवाहाङको ‘आउँछन् होला’ सार्वजनिक

कवि तथा गीतकार दीपा मेवाहाङको गीत ‘आउँछन् होला’ सार्वजनिक भएको छ । दीपा मेवाहाङ राई अफिसियल युट्युब च्यानलमा सार्वजनिक गीतमा मेलिना राईको स्वर रहेको छ । ‎ ‎माया प्रेमको भावलाई समेटिएको गीतको म्युज...

#कवि #गीतकार
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612