नेपाली गीत, कविता र संस्कृतिका क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका टीका चाम्लिङ खोटाङका स्थापित गीतकार, कवि र संस्कृतिकर्मी हुन्।
उनको वास्तविक नाम टीकाराम राई हो। उनको साहित्यिक नाम टीका चाम्लिङ हो। उनी दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–१३, खाम्लामा २०३० माघ ४ गते जन्मिएका हुन्। गीत, कविता, गीतिकाव्य तथा यात्रासंस्मरण लागेका उनका
दुई सयभन्दा बढी गीत विभिन्न गायक–गायिकाको स्वरमा रेकर्ड भएका छन्।
गीतिअडियो–२०५८ राखौँ सम्झना, लोकजुहारी शब्द सङ्कलन–२०५९, सोमबारे हाटैमा, लोकजुहारी शब्द सङ्कलन–२०५९, सपनाको रङ, गीतिकाव्य–२०६०, समयको रङ गीतिकाव्य–२०६४, जूनको बस्ती, गीतिकाव्य–२०६८, मुन्दुम र मालिङ्गो, गीतिकाव्य–२०७१, बागी कविता, कविताकाव्य–२०८० प्रकाशित छन्।
नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको प्रतिभा पुरस्कार (२०७३), खेमराज गुरुङ प्रतिभा पुरस्कार (२०८१) जस्ता विविध सम्मानबाट सम्मानित छन्।
कवि तथा गीतकारका रूपमा सम्मानित, रेडियो नेपालबाट आयोजित आधुनिक संगीत सम्मेलनमा प्रथम रेडियो नेपाललगायत दर्जनभन्दा बढी संस्थाबाट पुरस्कृत भएको विवरण पनि पाइन्छ।
नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानको प्राज्ञसभा सदस्य,गीतकार संघ नेपालका सदस्य, साहित्य, गीतसङ्गीत, लोकसंस्कृति तथा मुन्दुमसम्बन्धी खोज र अनुसन्धानमा सक्रिय थिए।
जाउँ सङ्गी गाउँघरैमा, आलु तामाले उनका चर्चित गीत हुन्। नेपाली गीतिसाहित्यका क्षेत्रमा लामो समयदेखि क्रियाशील स्रष्टा हुन्। गीत लेखनसँगै गीतिकाव्य, कविता र लोकसंस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा उनको योगदान छ। उनका प्रकाशित कृति र प्राप्त सम्मानले नेपाली साहित्य तथा सङ्गीत क्षेत्रमा उनको सिर्जनात्मक यात्रालाई परिचित गराउँछन्।
प्रकाशित: ६ मंसिर २०८३ ०८:३१ आइतबार