भारतको राजस्थानस्थित कोटामा सडक किनारमा रोकिराखेको ट्रकमा तीर्थयात्री बोकेको एउटा क्रुजर गाडी ठोक्किँदा ९ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य केही घाइते भएका छन्।
समाचार एजेन्सी पीटीआईका अनुसार श्रद्धालु बोकेको गाडी ट्रकमा ठोक्किएर दुर्घटना भएको हो।
कोटाका अतिरिक्त जिल्ला कलेक्टर राजेश जोशीले समाचार एजेन्सी एएनआईलाई दिएको जानकारीअनुसार शम्भुपुरानजिकै मध्यरातको समयमा १६ जना सवार गाडी ट्रकमा ठोक्किएको थियो। दुर्घटनामा ९ जनाको ज्यान गएको हो।
उनका अनुसार दुर्घटनामा परेका सबै महाराष्ट्रका बासिन्दा हुन्। उनीहरू खाटूश्यामजीको दर्शन गरेर महाराष्ट्र फर्किंदै थिए। मृतक सबै एउटै परिवारका सदस्य रहेको बताइएको छ।
राजेश जोशीले घाइतेहरूलाई गुणस्तरीय उपचार उपलब्ध गराउनु अहिलेको प्राथमिकता रहेको बताए। दुर्घटनामा ज्यान गुमाएकाहरूको शव परीक्षण भइरहेको पनि उनले जानकारी दिए।
प्रकाशित: ६ मंसिर २०८३ १०:०९ आइतबार