Trending
Prev Story
Next Story

धादिङको रुवीभ्यालीमा गाडी दुर्घटना हुँदा एकको मृत्यु, ७ जना घाइते

Ekantipur •
November 20, 2026 • 03:32 AM
2
2 reads 0 reactions

रुवीभ्याली गाउँपालिकाको बोराङमा राति साढे एक बजे भएको दुर्घटनामा घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ।

धादिङको रुवीभ्यालीमा गाडी दुर्घटना हुँदा एकको मृत्यु, ७ जना घाइते

रुवीभ्याली गाउँपालिकाको बोराङमा राति साढे एक बजे भएको दुर्घटनामा घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ।

काठमाडौँ — उत्तरी धादिङको रुवीभ्याली गाउँपालिकास्थित बोराङमा गएराति बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।

बोराङको बतासे एकादशी जात्रा हेरेर फर्कँदै गरेको बोलेरो गाडी राति करिब साढे एक बजे दुर्घटनामा परेको वडाध्यक्ष प्रशान्त तामाङले जानकारी दिए । मृतकको सनाखत हुन बाँकी छ ।

घाइतेहरूको स्थानीय स्तरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको घटनास्थलमा रहेका स्थानीय लालमान तामाङले बताए ।

पोषनाथ अधिकारी कान्तिपुर मिडिया ग्रुपका धादिङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1h ago
धादिङमा जिप दुर्घटना : एक महिलाको मृत्यु, चालकसहित ९ घाइते

धादिङमा जिप दुर्घटना : एक महिलाको मृत्यु, चालकसहित ९ घाइते

४ मंसिर, काठमाडौं । धादिङको रुबीभ्याली गाउँपालिका–४ कलदाङमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालकसहित नौ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार गएराति १:५५ बजे लापाबाट …

#दुर्घटना #धादिङ #मृत्यु
Compare →
Hamro Patro News
21h ago
भैँसे सुमो दुर्घटनामा मृत्यु भएका तीनै जना र घाइते सातै जनाको पहिचान खुल्यो

भैँसे सुमो दुर्घटनामा मृत्यु भएका तीनै जना र घाइते सातै जनाको पहिचान खुल्यो

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैंसेमा भएको सुमो दुर्घटनामा मृत्यु भएका तीनै जना र घाइते सातै जनाको पहिचान खुलेको छ। दुर्घटनामा मृत्यु हुनेमा रौतहटको चन्द्रनिगाहपुरकी २५ वर्षीया अनुसा ...

#दुर्घटना #मृत्यु #घाइते
Compare →
Nagarik News
3d ago
बझाङ अटो दुर्घटना: बेपत्ता बालक पनि मृ’त भेटिए, मृ’तक संख्या चार पुग्यो

बझाङ अटो दुर्घटना: बेपत्ता बालक पनि मृ’त भेटिए, मृ’तक संख्या चार पुग्यो

बझाङको बुङ्गल नगरपालिका-१० टुमेडामा भएको अटो दुर्घटनामा बेपत्ता रहेका चार वर्षीय बालक पनि मृत भेटिएका छन्।

#दुर्घटना #रहे
Compare →

Related Stories

Sports
Build #2612