Trending
Prev Story
Next Story

दाङमा बस दुर्घटना हुँदा १४ यात्रु घाइते

Ekantipur •
November 19, 2026 • 08:02 AM
3
3 reads 0 reactions

५३ जना सवार बस दुर्घटनापछि घाइतेहरू अस्पताल भर्ना भएका छन् भने प्रहरीले चालक राजकुमार विकलाई नियन्त्रणमा लिएको छ।

दाङमा बस दुर्घटना हुँदा १४ यात्रु घाइते

५३ जना सवार बस दुर्घटनापछि घाइतेहरू अस्पताल भर्ना भएका छन् भने प्रहरीले चालक राजकुमार विकलाई नियन्त्रणमा लिएको छ।

दाङ — पूर्वपश्चिम राजमार्गअन्तर्गत लमहीमा बस दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् ।

बुटवलबाट कोहलपुरतर्फ जाँदै गरेको भे १ ख ३१३० नम्बरको बस बिहीबार बिहान लमही नगरपालिका–९, शिवखोलानजिक अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।

दुर्घटनामा लुम्बिनी भ्रमण गरी कोहलपुर फर्किरहेका यात्रु घाइते भएका छन् ।

घटनापछि बस चालक कोहलपुर नगरपालिका–१४, हवल्दारपुर, बाँके निवासी २६ वर्षीय राजकुमार विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसमा चालक र सहचालकसहित ५३ जना सवार रहेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेज पठाइएको छ ।

घाइते हुनेमा बाँकेको बैजनाथ गाउँपालिका–४ निवासी २० वर्षीया पूर्णिमा थापा, २२ वर्षीया अनिषा सुनार, बर्दियाको बाँसगढी नगरपालिका–३ निवासी १९ वर्षीय जीवन सुनार, ३० वर्षीय सन्दीप सुनार र १८ वर्षीया सन्ध्या सुनार छन् ।

यस्तै, बाँसगढीकै १८ वर्षीया निरुता सुनार, ११ वर्षीया प्रज्ञा सुनार, १६ वर्षीया आकृति सुनार, १९ वर्षीय हरिकृष्ण नेपाली र १८ वर्षीया मनिषा सुनार घाइते छन् ।

अन्य घाइतेहरूमा १५ वर्षीया पूजा सुनार र दीपक सुनार, १६ वर्षीया पुष्पा सुनार र २२ वर्षीय करण सुनार रहेको प्रहरीले जनाएको छ ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2h ago
भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

हेटौँडा । मकवानपुरमा भएकाे सुमो दुर्घटनामा मृत्यु र घाइते भएकाहरूको पहिचान खुलेको छ । भीमफेदी गाउँपालिका–१, भैँसेस्थित राप्ती खोलामा सुमो दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने सातजना घाइते छन् ...

#घाइते #दुर्घटना
Compare →
Onlinekhabar
2h ago
लुम्बिनी भ्रमण सकेर कोहलपुरतर्फ जाँदै गरेको बस दुर्घटना, १४ जना घाइते

लुम्बिनी भ्रमण सकेर कोहलपुरतर्फ जाँदै गरेको बस दुर्घटना, १४ जना घाइते

३ मंसिर, काठमाडौं । दाङको लमहीमा भ्रमण बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । लमही नगरपालिका-९ शिव खोला नजिकै पूर्वपश्चिम राजमार्गमा भे१ख ३१३० नम्बरको बस आज बिहान दुर्घटनामा परेको हो । लुम्बिनी भ्रमण गरी …

#घाइते #दुर्घटना
Compare →
Nagarik News
2h ago
भीमफेदी सुमो दुर्घटना : तीन मृ'तक र सात घाइतेको पहिचान खुल्यो (नामसहित)

भीमफेदी सुमो दुर्घटना : तीन मृ'तक र सात घाइतेको पहिचान खुल्यो (नामसहित)

मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेस्थित हेटौँडा–भैँसे सडकखण्डमा सुमो दुर्घटना हुँदा दुई महिलासहित तीन जनाको मृत्यु भएको छ भने दुर्घटनामा अन्य सात जना घाइते भएका छन्।

#घाइते #दुर्घटना
Compare →
Bizshala
3d ago
इरानमा बस दुर्घटना : कम्तीमा १० जनाको मृत्यु, १८ घाइते

इरानमा बस दुर्घटना : कम्तीमा १० जनाको मृत्यु, १८ घाइते

काठमाण्डौ । इरानको पश्चिमी प्रान्त इलाममा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने १८ जना...

#दुर्घटना #घाइते
Compare →
Arthasansar
2d ago
बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बुंगल नगरपालिका–१० को टुमेडामा बिहान...

#दुर्घटना
Compare →

Related Stories

World News
Build #2612