Trending
Prev Story
Next Story

रोकेर राखेको ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

Onlinekhabar •
November 20, 2026 • 11:00 AM
3
3 reads 0 reactions

४ मंसिर, काठमाडौं । चितवनमा रोकेर राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । चितवनको राप्ती नगरपालिका–१ महादेवटारस्थित सडकमा रोकी राखेको मधेश प्रदेश ०३–००२ ख २८३४ नम्बरको ट्रकमा बा.प्र.०२–०४७ प ८०३३ नम्बरको मोटरसाइकल ठक्कर …

रोकेर राखेको ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

४ मंसिर, काठमाडौं । चितवनमा रोकेर राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

चितवनको राप्ती नगरपालिका–१ महादेवटारस्थित सडकमा रोकी राखेको मधेश प्रदेश ०३–००२ ख २८३४ नम्बरको ट्रकमा बा.प्र.०२–०४७ प ८०३३ नम्बरको मोटरसाइकल ठक्कर खाएको थियो ।

उक्त दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–२ बस्ने ३० वर्षीय अतिज श्रेष्ठको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

ट्रक चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
5h ago
मोटरसाइकलबाट खसेर २७ वर्षीय युवकको मृत्यु

मोटरसाइकलबाट खसेर २७ वर्षीय युवकको मृत्यु

जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडि बसपार्कबाट थानाभर्‍याङतर्फ जाँदै गरेको मोटरसाइकलबाट खसेर २७ वर्षीय विदुर विश्वकर्माको मृत्यु भएको हो ।

#मोटरसाइकल #मृत्यु
Compare →
Nagarik News
1d ago
धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्कियो, दुई युवकको मृत्यु

धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्कियो, दुई युवकको मृत्यु

बाह्रदशी गाउँपालिका–५ चारपाने–राजगढ सडकमा धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा दुई जना युवकको मृत्यु भएको छ।

#मोटरसाइकल #मृत्यु
Compare →
Hamro Patro News
1d ago
धान काट्ने मेसिनसँग मोटरसाइकल ठोक्किँदा झापामा २ को मृत्यु

धान काट्ने मेसिनसँग मोटरसाइकल ठोक्किँदा झापामा २ को मृत्यु

धान काट्ने मेसिनसँग मोटरसाइकल ठोक्किँदा झापामा २ को मृत्यु झापाको बाह्रदशीमा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुवैको घटनास्थलमै मृत्यु भएको हो । धान काट्ने मेसिनका चालक भने फरार छन् । मंसिर ३, २०...

#मोटरसाइकल #मृत्यु
Compare →
Bizshala
1h ago
काठमाण्डौमा टीभीएसको पहिलो प्रिमियम तथा ईभी शोरुम सञ्चालन, बाढीप्रभावित क्षेत्रका संस्थालाई २५ मोटरसाइकल सहयोग

काठमाण्डौमा टीभीएसको पहिलो प्रिमियम तथा ईभी शोरुम सञ्चालन, बाढीप्रभावित क्षेत्रका संस्थालाई २५ मोटरसाइकल सहयोग

काठमाण्डौ । टीभीएस मोटर कम्पनीले नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्ससँगको सहकार्यमा काठमाण्डौमा आफ्नो पहिलो...

#मोटरसाइकल
Compare →

Related Stories

National (Nepal)
Build #2612