Trending
Prev Story
Next Story

नेटो इनोभेसन कोषमा क्यानडा आबद्ध, २५औँ सदस्य राष्ट्र बन्यो

Ekantipur •
November 22, 2026 • 05:02 AM
3
3 reads 0 reactions

क्यानडा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को इनोभेसन कोष (एनआईएफ) मा औपचारिक रूपमा आबद्ध भएको छ ।

नेटो इनोभेसन कोषमा क्यानडा आबद्ध, २५औँ सदस्य राष्ट्र बन्यो

क्यानडा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को इनोभेसन कोष (एनआईएफ) मा औपचारिक रूपमा आबद्ध भएको छ ।

काठमाडौँ — क्यानडा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को इनोभेसन कोष (एनआईएफ) मा औपचारिक रूपमा आबद्ध भएको छ । यससँगै क्यानडा उक्त कोषमा सहभागी हुने २५औँ नेटो सदस्य राष्ट्र तथा उत्तर अमेरिकाबाट आबद्ध हुने पहिलो देश बनेको छ ।

क्यानडाका रक्षामन्त्री डेभिड म्याकगिन्टीले शनिबार कोषमा आबद्धतासम्बन्धी वार्ता सम्पन्न भएको र क्यानडा औपचारिक रूपमा सदस्य बनेको घोषणा गरेका हुन् ।

क्यानडाको राष्ट्रिय रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार कोषमा आबद्धतासँगै क्यानडाले १० करोड क्यानडेली डलरभन्दा बढी (करिब सात करोड अमेरिकी डलर) योगदान गर्नेछ । उक्त रकमबाट कोषले क्यानडाका स्टार्टअप कम्पनी तथा विभिन्न लगानी कोषमा लगानी गर्न सक्नेछ ।

मन्त्रालयका अनुसार क्यानडाको सहभागिताले त्यहाँका रक्षा प्रविधि क्षेत्रमा काम गर्ने नवप्रवर्तकहरूलाई एक अर्ब युरोभन्दा बढी (करिब एक अर्ब १० करोड अमेरिकी डलर) लगानीयोग्य पुँजीमा पहुँच उपलब्ध गराउनेछ ।

यसले क्यानडाका रक्षा प्रविधि विकासकर्ता तथा उद्यमीहरूलाई लगानीका नयाँ अवसर प्रदान गर्नुका साथै युरोपेली नेटो सदस्य राष्ट्रहरूसँग रक्षा क्षेत्रमा लगानी सहकार्य विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।क्यानडाको सहभागिताले नेटोअन्तर्गत रक्षा प्रविधि, नवप्रवर्तन र रणनीतिक लगानीमा अन्तर्राष्ट्रिय सहकार्य थप मजबुत हुने विश्वास गरिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1h ago
नेटो इनोभेसन कोषमा क्यानडा आबद्ध, २५औँ सदस्य राष्ट्र बन्यो

नेटो इनोभेसन कोषमा क्यानडा आबद्ध, २५औँ सदस्य राष्ट्र बन्यो

नेटो इनोभेसन कोषमा क्यानडा आबद्ध, २५औँ सदस्य राष्ट्र बन्यो क्यानडा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को इनोभेसन कोष (एनआईएफ) मा औपचारिक रूपमा आबद्ध भएको छ । मंसिर ६, २०८३ रासस/सिन्ह्वा काठमाड...

#क्यानडा #कोष #नेटो
Compare →
Nagarik News
1d ago
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन हदैसम्म प्रयास गर्ने लुम्बिनी विकास कोषको प्रतिबद्धता

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन हदैसम्म प्रयास गर्ने लुम्बिनी विकास कोषको प्रतिबद्धता

लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्मा र सदस्य-सचिव ई. सन्तोष पाण्डेय लगायतको टोलीले शुक्रबार कपिलवस्तुको तिलौराकोट, निग्रोधराम कुदान र गोटीहावाको अवलोकन भ्रमण र निरीक्षण गरेका छन्।

#कोष
Compare →
Onlinekhabar
1d ago
रुसी उपविदेशमन्त्रीले भने- युक्रेनलाई नेटो सदस्यता दिने कुरा हामीलाई स्वीकार्य छैन

रुसी उपविदेशमन्त्रीले भने- युक्रेनलाई नेटो सदस्यता दिने कुरा हामीलाई स्वीकार्य छैन

रुसी उपविदेशमन्त्री सर्गेई र्‍याबकोभले युक्रेनलाई नेटो सदस्यता दिने कुरा रुसका लागि स्वीकार्य नहुने बताएका छन् । रुसले युक्रेनको सुरक्षा प्रत्याभूतिसम्बन्धी विषयमा छलफल गर्नुअघि नेटो (उत्तर एटलान्टिक सन्धि सङ्गठन) को सदस्यता नलिने आफ्नो मागलाई युक्रेनले स्वीकार …

#नेटो
Compare →
Bizshala
3d ago
वैकल्पिक लगानी कोषमा सेबोनको नयाँ प्रस्तावः २५ लाखमै लगानीदेखि विदेशी पुँजी भित्र्याउनेसम्म

वैकल्पिक लगानी कोषमा सेबोनको नयाँ प्रस्तावः २५ लाखमै लगानीदेखि विदेशी पुँजी भित्र्याउनेसम्म

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले वैकल्पिक लगानी कोषको दायरा फराकिलो बनाउँदै नयाँ नियमावली ल्याउने तयारी...

#कोष
Compare →
Arthasansar
3d ago
वैकल्पिक लगानी कोष नियमावली, २०८३ को मस्यौदा सार्वजनिक, २५ लाखमै भेन्चर क्यापिटलमा लगानीको प्रस्ताव

वैकल्पिक लगानी कोष नियमावली, २०८३ को मस्यौदा सार्वजनिक, २५ लाखमै भेन्चर क्यापिटलमा लगानीको प्रस्ताव

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ‘वैकल्पिक लगानी कोष नियमावली, २०८३’ को मस्यौदा सार्वजनिक गरेको छ । प्राइभेट इक्विटी र भेन्चर...

#कोष
Compare →

Related Stories

World News
Build #2612